Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

क्यानडा पठाइदिने भन्दै २१ लाख ठगी गर्ने पक्राउ

\"arrest\"उदयपुर । क्यानाडा पठाइदिने झूठो प्रलोभन दिएर २१ लाख रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारबाही थालेको छ । ठगी गर्नेमा झापाका मीना खड्का र ओखलढुङ्गा सिस्नेरी घर भई काठमाडौँ बस्दै आएका वर्ष ४७ का इन्द्रबहादुर थापा रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । थापा र खड्काले क्यानाडा लाने भनेर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ का प्रेमबहादुर खड्का र ६ का लेखबहादुर पाठक तथा शिव खड्काबाट मङ्सिर १४ गते जनही रु सात लाखका दरले रकम लिएको पीडितले बताएका छन् । पीडितलाई मङ्सिरमै क्यानाडा लाने भनेर भारतको पश्चिम बङ्गालको बागडोगरा विमानस्थलमा पु¥याएर दुबै अभियुक्त फरार भएका थिए । रकम कुम्ल्याएर झापामा गोप्यरुपमा जग्गा प्लटिङ गरिरहेको बेला पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । रकम फिर्ता गर्ने सर्तनामासहित कागज गरेपछि बिहीबार उनीहरुलाई छाडिएको हो । अर्का ठग सिन्धुलीको नेत्रकाली गाविस–६ का प्रेमबहादुर आले भने फरार छ । ठगीमा पक्राउ गरिएकालाई मुद्दा चलाउने अधिकार प्रहरीसँग नभएको र यस्ता मुद्दा श्रम विभाग तथा वैदेशिक रोजागर विभागले हेर्ने हुँदा रकम फिर्ता गर्ने कबूलपछि उनीहरुलाई छाडिएको उदयपुरका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: