Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ओलीलाई ‘रातो कार्पेट’ भारतको गम्भीर चालबाजी

\"oli-and-modi-660x330\" काठमाडौं । नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई भारतले ‘रातो कार्पेट’ विछ्याएपछि दलबलका साथ शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । भारतको विकल्प भारत नै हुने भन्दै भारतसँग सम्बन्ध सुधारमा लागेका प्रधानमन्त्री ओलीलाई एकाएक भारतले राजकीय भ्रमणमा निम्त्याउँदै रातो कार्पेट बिच्छ्याएपछि पहिलो भ्रमण भारतलाई बनाउँदै दिल्ली हान्निए । नयाँ संविधान निर्माणप्रति नै असन्तुष्ट जनाएको भारतले मधेस आन्दोलनको हवाला दिँदै चार महिनाभन्दा बढी समय नाकाबन्दी गरेर गम्भीर संकट निम्त्यायो । त्यतिका समयसम्मको नाकाबन्दी र मधेस आन्दोलनबाट पनि आफ्नो असन्तुष्टीलाई सम्बोधन नगरेपछि भारतले नयाँ रणनीति अपनाउँदै ‘राष्ट्रवादी’ प्रधानमन्त्रीलाई रातो कार्पेट बिछ्यायो । ‘राष्ट्रवादी’ नेताको पगरी गुथेका ओली मख्ख पर्दै भारत भ्रमणमा निस्किए पनि यसको परिणाम स्वयम् ओलीलाई नै पर्ने परराष्ट्रविदहरुको आंकलन छ । मोदीको निम्तोलाई सहस्र स्वीकार गरी प्रधानमन्त्री ओली भारत भ्रमणमा गएपछि उनी भारतविरोधी भन्ने मात्र तोडिएको छैन, भारतलाई खुश पार्न कुनै न कुनै विषयमा अवश्य चुक्नेछन् । खासगरी भारत ओलीको ‘राष्ट्रवादी’ हुँकारको नाडी छाम्न चाहेको छ । त्यसैले उसले ओलीलाई राजकीय सम्मान प्रकट गर्दै रातो कार्पेट बिच्छ्याएको छ । भारतले ओली सरकारलाई बलियो बनाइदिने मन्त्रणा गरेपछि ओलीले राष्ट्रवादी हुँकार कायम राख्दै जुनसुकै मूल्य चुकाउन पनि तयार हुनेछन् कि भारत भक्ति प्रकट हुनेछ भन्ने पनि भारतले एकै दिनमा बुझ्नेछ । हिन्दु राज्यप्रति पनि ओली भावना बुझ्ने भारतको प्रयास हुनेछ । स्रोतका अनुसार ओलीको भावना बुझ्नुअघि नै भारतले ओलीको विकल्प समेत तयार गरिसकेको छ । नेपाली कांग्रेसको १३ औं राष्ट्रिय सम्मेलन लगत्तै ओली सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउने भारतको डिजाइन छ । जसको लागि कांग्रेसको नयाँ नेतृत्वको पखाईमा भारत रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: