Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जलविद्युत आयोजना निर्माणमा अवरोध भए सेना परिचालन हुन्छ : मन्त्री रायमाझी

\"topकाठमाडौं । उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी टोप बहादुर रायमाझीले जलविद्युत आयोजना निर्माणमा अवरोध भए सेना परिचालन गर्ने चेतावनी दिएका छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा संबोधन गर्दै उनले सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई आगडि बढाउने बताएका हुन । मन्त्री रायमापझीले आउँदो वर्ष उर्जाको क्षेत्रमा उथल पुथल वर्ष हुने भन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने र त्यति नै परिमाणमा भारतबाट विजुली आयात गरेर जनताले महसुृस गर्ने गरि आधारभुत रुपमा लोडसेडिङ् अन्त्य गर्ने दावी गरे । उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा शनिवारबाट ८० मेघावाट विद्युत आयातको उद्घाटन गर्नु हुन्छ । त्यसपछि एक देखि दुई घण्टा लोडसेडिङ घटाउने र यो वर्ष अहिलेको भन्दा लोडसेडिङ्ग बढ्न दिदैनौ ।’ मन्त्री रायमाझीले मुलुकमा उर्जा विकासको लागि प्रधानमन्त्रीको अध्यक्षतामा उर्जा संकट निवारण आयोग, उर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय उर्जा संकट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा जिल्ला स्तरीय समिति निर्वारण गरेर नियमित सहजीकरण गरिरहने जानकारी दिदै भने,‘ उर्जा विकास गरेर मात्रै भएन प्रशारण लाईन पनि चाहियो त्यसकोलागि तराई, मध्य पहाडी लोकमार्ग र रिवर बेस ट्रान्स मिसन लाईन अघि बढाउँछौ । योसँगै चीन र बंगलादेशसम्म लाईन विस्तार गर्ने कामलाई पनि अघि बढाउँछौ । काठमाडौमा पनि ट्रान्समिसन र सब स्टेशनहरु अण्डरग्राउण्ड गर्ने काम अघि बढाउँछौ ।’ मन्त्री रायमाझीले विद्युत विकासकोलागि जेनेरेसन, ट्रान्समिसन र ईन्जिनियरिङ्ग सरकारी कम्पनी निर्माण गर्ने योजना सुनाउँदै अब जेनेरेसन कम्पनीमार्फत जलासाय यूक्त आयोजनहरुको निर्माण र अध्ययन अघि बढाउने र त्यसकोलागि ईपीसीएफ, बीटी, बुट, जी टु जी, कम्पनी, प्राधिकरण वा विकास कुनै एक मोडलबाट उत्पादन गने बताए । उनले भने,‘ जुन सम्भव हुन्छ त्यही मोडलमा गएर विद्युत उत्पादन गर्ने हो । ४० देखि ५० प्रतिसत जलासाययूक्त आयोजना, १५ देखि २० प्रतिसत रनअफ दि रिभर, २५ देखि ३० प्रतिसत पीआरओआर र बाँकी बैकल्पिक उर्जामा जान्छौ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: