Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

देउवा र पौडेललाई सुशीलको शोकमा शक्तिको भोक

\"Deuba-Paudel\"काठमाडौं । आफ्ना पार्टी सभापतिको निधन भएको १२ दिन पनि नपुग्दै कांग्रेसमा शक्ति हत्याउन नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच तीव्र होड र महत्वकांक्षाले जरा गाडेको छ । २६ माघमा निधन भएका कोइरालाको शोक ९ फागुनपछि बल्ल सकिन्छ । पार्टीले पनि १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने घोषणा गरेका थियो । तर, कोइराला बितेलगत्तै महाधिवेशनमा जोड घटाउका निम्ति कोठे बैठकमात्रै भएनन्, औपाचारिक बैठक नै गरिए । पौडेलले कोइरालाको क्रियाकर्म चलिरहेको महाराजगन्जको घरमा संस्थापनको बैठक दिनहुँ जस्तो गर्दै आएका छन् । सधैं गिरिजा र सुशीलसँग हरुवाको परिचय बनाएका नेता देउवा पनि के कम आफू निकटका नेतासँग निवास बुढानिलकण्ठ र सम्पर्क कार्यालय बानेश्वरमा दिनहुँ बैठक गरिरहेका छन् । सभापतिको निधनको शोक भन्दा कांग्रेसमा आफ्नो नेतृत्व स्थापित गर्ने होडबाजी उनीहरुलाई प्रमुख लागेको छ । अधिवेशनको जोडघटाउको विषयमा चर्चा नेतामात्र होइन सामान्य कार्यकर्तादेखि केन्द्रीय सदस्यसम्मले गर्दै आएका छन् । सुशील शवयात्रामा र श्रद्धान्जलीमा समेत कांग्रेसका नेताहरु आनन्दपूर्वक संस्थापनले यहाँ बाजी मार्यो, देउवा पक्षले त्यहाँ पल्टायो जस्ता विषयमा मजाक मानीमानी बहस गरेका थिए । तर, कांग्रेसको िवरासत थाम्न तयारी अवस्थामा रहेका दुई नेताहरुले शोकको घडीसम्म कुर्न धैर्यता देखाएनन् । बिहीबार दुवै नेताले पत्रकार भेटघाटको आयोजना गर्दै आफू सभापतिमा अघि बढेको प्रष्टै बताइदिए । तर, शोकको लाजले कार्यक्रमलाई अनौपचारिक भन्न दुवैले छुटाएनन् । पत्रकारमाझ उपस्थित हुँदा उनीहरुमा कोइरालाको शोकभन्दा शक्ति हत्याउने सोच बढी रहेको बुझ्न गाह्रो हुदैनथ्यो । आफू निकटका नेतालाई दायाबाया राखेर दुवैले अब नरोकिने बरु एकअर्कालाई एडजस्ट गर्ने योजना सगर्व सुनाए । नीतिगत भन्दा नेतागत तयारी र महाधिवेशन होइन, महाचुनावको शैलीमा उनीहरु प्रस्तुत भएका थिए । रामचन्द्र पौडेलले त महाचुनावकै संज्ञा दिए । नीतिसँगै नेता पनि छनोट हुने पार्टी मेलामा नेताले ज्यादा प्राममिकता पाएकोमा भने उनले दुखेसो व्यक्त गरे । तर, पौडेल अघि पत्रकार भेटघाट गरेका देउवाले नीतिभन्दा बढी नेतामा जोड दिएका थिए । सधैं कोइरालाहरुलाई काँध थापेको, सहयोग गरेको भए पनि कोइराला थर नभएकै कारण आफूलाई हेपिएको, पेलिएको गुनासो गरे । उपस्थित संचारकर्मीसमेत सभापति कोइरालाको शोक नसकिंदासम्म यी नेताद्धयवले गरेको तयारी र घोषणालाई शोकभन्दा शक्तिको इच्छाको रुपमा चर्चा गरिरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: