Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

ढेवाजु स्मृति सङ्गीत पुरस्कार दीप श्रेष्ठलाई

\"deepकाठमाडौ । गायक तथा सङ्गीतकार दीप श्रेष्ठ ‘लालबहादुर–चण्डेश्वरी ढेवाजु सङ्गीत स्मृति पुरस्कार’बाट सम्मानित हुने भएका छन । स्व.लालबहादुर–चण्डेश्वरी ढेवाजुका परिवारद्वारा स्थापित तथा सङ्गीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित ५१ हजार एक सय एक रूपैयाँ राशिको राष्ट्रिय पुरस्कार यस पटक गायक श्रेष्ठलाई प्रदान गरिने भएको हो। विगत पाँच दशकदेखि नेपाली गीत, सङ्गीतको क्षेत्रमा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै पुरस्कार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट समिति संयोजक, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए । ‘नेपाली गीत–सङ्गीत क्षेत्रमा दिइने यो राष्ट्रिय स्तरको पुरस्कार हो’–छनोट समिति संयोजक श्रेष्ठले भने–‘नेपाली सङ्गीत क्षेत्रमा श्रेष्ठले महŒवपूर्ण योगदान पु¥याएका छन्, उनको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौं।’ तीन–तीन वर्षमा दिइने पुरस्कार प्रदान गर्न ढेवाजु परिवारले पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्। १४ वर्षको उमेरमै ‘म पत्थरको देउता होइन’ गीत रेकर्ड गराएका श्रेष्ठलाई पुराना र नयाँ पुस्ताको संयोजन गर्ने गायकको रूपमा पनि लिने गरिएको छ। बुबा जयनारायण र आमा इन्दिरा श्रेष्ठको कोखबाट सन् १९५० डिसेम्वर ६ मा धरानमा जन्मिएका श्रेष्ठका ‘मेरो आँखामा बादल छाइरह्यो’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा’, ‘मेरी मायालु’, ‘हुँ यात्री एउटा’ जस्ता दजनौं गीत लोकप्रिय छन्। यो पुरस्कारबाट यसअगाडि सरोजगोपाल वज्राचार्य, बाबा राणा, कल्याण शेरचन, श्यामलाल श्रेष्ठ, अमृत गुरूङ, रामभक्त जोजिजू र धनबहादुर गायक सम्मानित भइसकेको अध्यक्ष विजुक्छेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending