Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दलीय सहमतिः एकै दिनमा होला त चमत्कार ?

[caption id=\"attachment_48242\" align=\"alignnone\" width=\"660\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमांकन विवादको टुंगो लगाउन आफू भारत भ्रमणमा जानुअघि नै राजनीतिक समिति गठन गर्ने बताए पनि विहीबारसम्म कुनै सहमति बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जानुअघि नै समिति बन्ने बताइरहेका छन् । तर दलहरुबीच सीमांकनबारे सुझाव दिन बनाइने राजनीतिक संयन्त्रको कार्यविधि (टीओआर) मै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री फागुन ७ गते भारत भ्रमणमा जाने भएकाले फागुन ४ भित्रै समिति बनाउने प्रमुख दलहरुले निर्णय नै गरेका थिए । तर त्यस समयभित्र कुनै वार्ता र संवादहरु हुन सकेनन् । त्यसपछि बुधबार मात्रै बसेको प्रमुख तीन दल–मधेसी मोर्चाको बैठकमा पनि कार्यविधिमै सहमति जुट्न सकेन । यतिका दिन गम्भीर छलफल नगरेका दलहरुले एकै दिन कुनै चमत्कार गर्ने सम्भावना नरहेको मोर्चाका नेताहरु बताउँछन् । मधेसी मोर्चाको पछिल्लो चाहना   आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सीमांकन विवाद मिलाउन गठन गर्नुअघि नै मधेसमा दुई प्रदेशको ग्यारेन्टी चाहन्छ । तर प्रमुख दलका नेताहरु भने त्यसविषयमा समितिले नै अध्ययन गरी निर्णय गर्नुपर्ने पक्षमा छन् । बुधबारको बैठकमा पनि तराई मधेस, हिमाल र पहाडमा सीमांकनबारे अध्ययन गरी समस्या समाधान गर्न सुझाव दिने भनी संयन्त्रको कार्यविधिबारे सरकारकातर्फबाट उपप्रधानमन्त्री भीम रावलले प्रस्ताव गरेका थिए । कार्यविधिको भाषामा अल्झन  उक्तः प्रस्तावलाई मोर्चाका नेताहरुले भने ठाडै अस्वीकार गरिदिए । रावलको प्रस्ताव अस्वीकार गर्दै उनीहरुले मधेसमा दुई प्रदेशको अडान कायम राखेका थिए । दुई प्रदेशबारे सम्बोधन गर्ने भाषा कार्यविधिमै उल्लेख गरिनुपर्ने अडान मोर्चाले लियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण अघि नै संयन्त्र बनाउने भन्दै बुधबार तीन दल र मधेसी मोर्चाको छलफल डाकेका थिए । सीमांकनबारे सुझाव दिन बनाइने राजनीतिक संयन्त्रको टीओआरबारे दलहरुबीच अझै सहमति जुट्न नसके पनि प्रधानमन्त्री ओलीले भने आफ्नो भारत भ्रमण अघि नै समिति बन्ने बताउँदै आएका छन् । आफ्नौ भारत भ्रमणको समय २४ घण्टा पनि नभएको अवस्थामा पनि उनले समिति गठन हुने दाबी गर्छन् । तर समिति निर्माणका लागि गम्भीरतापूर्वक छलफल भने अझै भएको छैन । ब्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोलेका उनले भारत भ्रमणमा जानुअघि नै प्रदेश सीमांकन विवाद टुंग्याउन राजनीतिक समिति गठन भइसक्ने दाबी गरेका थिए । प्रधानमन्त्री ओली फागुन ७ गते शुक्रबार विहानै भारत प्रस्थान गर्ने भएकाले सहमतिका लागि विहीबार एक दिन मात्र समय छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: