Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

चितवनको मेघौलीमा साँस्कृतिक मिनि महोत्सव हुने

\"mahotsab चितवन । पश्चिम चितवनको पर्यटकिय क्षेत्र मेघौलीमा साँस्कृतिक मिनि महोत्सव २०७२ हुने भएको छ । थारु साँस्कृतिक संग्राहलय नारायणी नगरपालिका–२ को आयोजनमा यही फागुन ११ देखि १३ गतेसम्म तीन दिन साँस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।

आयोजक कमिटिले बुधबार भरतपुरमा पत्रकार सम्मेलनगरी मेघौली खेल मैदानमा हुने साँस्कृतिक मिनि महोत्सवको बारेमा जानकारी दिएको हो । सो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक सँस्कृति एवंम् धार्मिक परम्परा भेषभुषाको संरक्षण एवंम् विकासका लागि महोत्सव आयोजना गर्न लागिएको साँस्कृतिक मिनि महोत्सवका संयोजक मायाराम चौधरीले जानकारी दिए ।

उनले महोत्सवको तयारी अहिले धमाधम भईरहेको जानकारी दिए । यस महोत्सवले मैघौलीको जैविक विविधता, धार्मिक तथा ऐतिहासिक स्थलहरु विक्रम बाबा, भोजराज बाबा, थारु, कुमाल, दराई, मगरआदिको साँस्कृतिक संग्राहलयको संरक्षण र विकासको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

सो महोत्सव आयोजना गर्नका लागि कुल ५ लाख ८० हजार रुपैयाँ खर्च र ७ लाख ४० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

महोत्सवमा स्थानीय विभिन्न जातजातिको भेषभुषा, झाकीहरु, स्थानीय खानाका परिकार, स्थानीय साँस्कृतिक झलक, होली चिरदाहलागयतका कार्यक्रमहरु रहेन साँस्कृतिक उपसमितिका संयोजक हरिचन्द्र महतोले जानकारी दिए ।

यस्तै सो महोत्सवको अवधिमा त्यहाँ प्यारा जम्पको कार्यक्रम समेत हुनेछ ।स्थानीय अगुवा डा.मनोज महतोले यस महोत्सवले सँस्कृतिको जगेर्ना गर्ने भएकाले यसलाई निरन्तरता दिने बताए।

महोत्सव अवलोकनको लागि कुनै टिकट नलाग्ने आयोजकले जनाएको छ । महोत्सवमा उपस्थित हुने दर्शकलाई प्यारा जम्पबाट पुष्प गुच्छाले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending