Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पोखरामा मःम मेला : रु ५५ हजारको एउटै मःम

\"images\"पोखरा । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि रु ५५ हजारको लागतमा मःमको डल्लो प्रदर्शन गरिने छ । मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उनले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी १० लाख मःमका डल्ला बनाउने तयारी गरिसकिएको बताउनुभयो । आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा लगभग ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिए । मेलाले पोखराको पर्यटकीय विकासमा थप मद्दत पु¥याउने र यो आन्तरिकका साथै बाह्य पर्यटनको विकासका लागि पनि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ । नेपालमा पछिल्लो समय मःमः बढी प्रयोग हुने खाजाका रुपमा विकास भइरहेका बेला यसका पारखीले मेलालाई रुचाउने अपेक्षा गरिएको क्षेत्रीको भनाइ छ । चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका पारखीले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउने छन् भने दार्जिलिङ्का साथै काठमाडौँको मःमको स्वाद पनि मेलामा लिनसक्ने व्यवस्था मिलाइएको छ । मेलामा सहभागी दर्शकले पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, बिग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन सक्नेछन् । सांस्कृतिक उपसमितिका संयोजक पुजन कोइरालाका अनुसार मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेसन विक र डिजे सेसन राखिएको छ । मेला सम्पन्न गर्न रु ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने संयोजक गुरुङले बताए । “पोखरा प्राकृतिक रुपले अत्यन्त दर्शनीय स्थान भएकाले यो पर्यटकको विशेष रोजाइमा परेको छ,” उनले भने , ‘यो प्राकृतिक सुन्दरताको भरपुर उपयोगका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेकाले अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माण यहाँको आवश्यकता हो ।’ मेलाको उद्घाटन सडक बालबालिकालाई २५ वटै थरिका मःम खुवाएर गरिने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: