Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

त्यसपछि पार्टीलाई किरण–प्रचण्डहरुले एकलौटी बनाउन थाले : निर्मल लामा

पार्टी फू्ट भएर नयाँ एकताकेन्द्र बन्यो । (नेकपा(एकताकेन्द्र) २०५१ सालमा फूटेपछि दुइवटा पार्टी बन्यो । नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) । म चाहिँ पार्टीमा विस्तारैविस्तारै अवकास लिंदै जान थालेँ । तर, साथीहरुलाई म अवकासमा बस्न चाहेको सम्बन्धमा कुनै कुराबाट पनि चित्त बुझाउन सकिएन । त्यसको लागि मैले अर्को उपाय अपनाउन थाले, त्यो हो दिउँसै रक्सी खाने । मैले के सोचेँ भने जबसम्म म रक्सी खाएर बसेको हुँन्न तबसम्म साथीहरुले मलाई पार्टी कामबाट अबकास दिनुहुन्न । साथीहरु मलाई पार्टीमा दिउँसो बोलाउन आउनुहुन्थ्यो । म चाहिँ त्यही बेला रक्सी आएर बस्थेँ ।
मैले अर्को उपाय अपनाउन थाले, त्यो हो दिउँसै रक्सी खाने । मैले के सोचेँ भने जबसम्म म रक्सी खाएर बसेको हुँन्न तबसम्म साथीहरुले मलाई पार्टी कामबाट अबकास दिनुहुन्न ।
पार्टी–काम कम गर्दै जाने क्रममा म केन्द्रीय कार्यालयमा पनि कम जान थालेँ । पार्टी कार्यालयमा कम जान थालेपछि मलाई घरमा आएर बोलाउन थालियो । पार्टीबाट कसैले मलाई बोलाउन आउँदा उसलाई एकछिन कोठैमा राखेर म बाहिर आई दुईचार गिलास रक्सी खान्थेँ । त्यसपछि मात्र त्यो व्यक्तिलाई भेट्थेँ । अनि म उलाई सोध्थेँ, ‘के काम छ ? ’ उसले ‘दाइ मिटिङ छ, जाऔं’ भन्दा म मुख खोलेर ‘आँ’ गरी रक्सीको गन्ध सुँघाएर सोध्थेँ, ‘अब पनि म जाने हो ? ’ मलाई पार्टीबाट बोलाउन आउने व्यक्तिले अप्ठेरो मान्दै भन्थ्यो, ‘दाइ अहिले पनि ... यो त भएन नी !’ \"nirmal-lama-235x200\" जवाफमा म भन्थेँ, ‘ म मिटिङमा आउन्नँ । म ‘रिटायर्ड’ भइसकेँ । म पार्टी विरोधी होइन । पार्टीसँग मेरो कुनै मतभेद भएर म पार्टीमा आउन्नँ भनेको हाइन । पार्टीभित्र मतभेद हुनु भनेको अस्वभाविक पनि होइन । म चाहन्छु, नयाँ साथीहरुले जिम्मेवारी लिऊन् । नयाँ साथीहरु अगाडि बढून् । ’ साथीहरु विस्तारै म कहाँ कम आउन थाले । ठीक, त्यही बेला मलाई क्यान्सर भएको थाहा भयो । मलाई क्यान्सर भएपछि पार्टीभित्रका मेरा साथीहरु, पार्टीबाहिरका राजनीतिक व्यक्तिहरु, बुद्धिजीवीहरु र आम जनताहरुले मलाई ठूलो सम्मान, सहयोग तथा सहानुभूति प्रदान गरे । त्यसबाट मलाई ‘होइन, मैले अझै केही गर्नुपर्छ, मैले अहिल्यै काम गर्न छाड्नुहुन्न’ भन्ने भाव पैदा ग¥यो । त्यसकारण मैले ‘अहिले के गर्ने ? ’ भन्नेबारे केही खाका बनाइसकेको छु । त्यो खाका भन्नाले अहिले समाजमा जुन विकृति, विसङ्गति छ, त्यसको विकल्प के भन्ने हो अथवा त्यसबारेको राजनीतिक कार्यक्रम प्रस्तुत गर्ने हो ।
मलाई के लाग्छ भने सबभन्दा पहिलो कुरो, मैले महाधिवेशनमा प्रस्तुत गर्ने कार्यक्रम कुनै पनि हालतमा माक्र्सवादबाट विचलित भएको हुँदैन ।
त्यो कार्यक्रम भ्याएछु भने पार्टीमा प्रस्तुत गर्छु अथवा पार्टी केन्द्रमा राख्छु । केन्द्रले त्यसलाई स्वीकार गर्छ भने म कार्यान्वयन गरौं भन्छु । स्वीकार गर्दैन भने महाधिवेशन तुरुन्त बोलाइदेऊ भन्छु । छ महिनाभित्रमा त्यो कार्यक्रम तलदेखि माथिसम्म छलफल गराएर महाधिवेशन बलाल्न म पार्टी केन्द्रमा अनुरोध गर्छु । सम्भव भएमा त्यस कार्यक्रमबारे सार्वजनिक रुपमा नै ࢉछलफल गर्न लगाऊँ भनेर म पार्टीलाई भन्छु । महाधिवेशनमा मेरो वैकल्पिक कार्यक्रम हा¥यो भने म चुप लागेर बस्छु । त्यसबेला त्यसरी बस्नु सिवाय मेरो अर्को विकल्प रहन्न । मलाई के लाग्छ भने सबभन्दा पहिलो कुरो, मैले महाधिवेशनमा प्रस्तुत गर्ने कार्यक्रम कुनै पनि हालतमा माक्र्सवादबाट विचलित भएको हुँदैन । दोस्रो कुरो, त्यो व्यवहारिक हुन्छ । तेस्रो, त्यसले अलिहको राजनीतिलाई समातेर त्यसको राजनीतिक समाधान खोज्छ । माक्र्सवादी समाधान होइन । यो समाधानले माक्र्सवादी समाधानको नजिक पु¥याउँछ । \"Comrade-Nirmal-Lama-02\" बहुदल आएर संविधान निमार्ण भएपछि पहिलो आमनिर्वाचन घोषणा भयो । एकताकेन्द्रको नेतृत्वमा करिबकरिब बहुमत नै बहिष्कार गर्ने पक्षमा थियो । केन्द्रीय कमिटीको बैठक बस्नुअघि म विरामी भएर वीर अस्पतालको जनरल वार्डमा भर्ना भएको थिएँ । डाक्टर सुन्दरमणि दीक्षितको वार्डमा । मलाई बेस्करी ज्वरो आएको थियो । १०५ डिग्री फरेनहाइट को ज्वरो । त्यस्तो अवस्थामा मैले केन्द्रीय कमिटीलाई लेख्नुपर्ने भयो– चुनावमा भाग लिनुपर्छ । बहुदलीय व्यवस्था जनताको एउटा विजय हो । त्यो विजयलाई उपयोग गर्नुपर्छ । त्यो विजयलाई फूलजडी भरेर ‘म्याग्नाकार्टा’ पायौं प्रजातन्त्र पायौं भनेर होइन । कमसेकम चुनावमा भाग लिने अधिकार पायौं । पार्टी खोल्ने अधिकार पायौं । त्यसैले बहुदलको चुनावलाई उपयोग गर्नुपर्छ । यी कुराहरुलाई समावेश गरेर पार्टीलाई चारपाँच पेजको चिठी लेखेँ ।
उनीहरुले भने,‘ खत्तम हुन्छ । माक्र्सवाद डुब्छ । क्रान्ति डुब्छ ।’ मैले भनें, ‘ ठीक छ, तिमीहरुको माक्र्सवाद बचाऊ, तिमीहरुको क्रान्ति बचाऊ।
साथीहरुले त्यो चिठी पढे र त्यसबारेमा छलफल गरे । म अस्पतालबाट डिस्चार्ज भएर फर्केँ । केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा भाग लिनेसम्मन मान्यो । तर, पार्टीको नामा होइन, स्वतन्त्रको रुपमा । बहुदलको त्यत्रो लहर आइराखेको थियो । त्यस्तो समयमा स्वतन्त्र भएर चुनाव लड्ने कुरो आयो । अचम्म ! मैले भने, ‘जनताले थुक्छ है ! पञ्च भन्छ ! त्यसकारण पार्टीको नाममा लड्नुपर्छ । पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउनुपर्छ । ’ उनीहरुले भने,‘ खत्तम हुन्छ । माक्र्सवाद डुब्छ । क्रान्ति डुब्छ ।’ मैले भनें, ‘ ठीक छ, तिमीहरुको माक्र्सवाद बचाऊ, तिमीहरुको क्रान्ति बचाऊ। तिमीहरुको क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि बचाऊ, अर्को पार्टी खोलेर चुनाव लड !’ के खोल्ने ? के खोल्ने ? उनीहरु अल्मलिए । ‘कुनै नाम राखेर खोल । अरुसँग मिलेर गर्ने हो भने उनीहरुसँग पनि सल्लाह गर । कृष्णदास, रोहित आदिसँग सल्लाह गर ।’ \"nirmal साथीहरुले साँच्नै कृष्णदास र रोहितहरुसँग कुराकानी गरे । संयुक्त जनमोर्चा नाम राखेर नयाँ पार्टी खोल्ने निर्णय भयो । तर, निर्णय त्यस्तो दिनमा भयो, जसको भोलिपल्ट निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने समय सकिँदै थियो । रातभरि बसेर पार्टीको कार्यक्रम, विधान, नीति सबै बनाउनुपर्ने भयो । अरु सबैले ‘ म त सक्दिनँ’ भन्दै पन्छिए । हाम्रो तर्फबाट निनु, कृष्णदास र रोहितको तर्फबाट एकजना बसेर रातभरिमा पार्टीको विधान, कार्यक्रम र नीति तयार पारिए । भोलिपल्ट दिउँसोभरि मस्यौदा सच्याएर ४ बजेतिर निर्वाचन आयोगमा गई ‘संयुक्त जनमोर्चा, नेपाल’ पार्टी दर्ता गरियो ।
त्यसपछि संयुक्त जनमोर्चाको अध्यक्ष बाबुराम भट्टराई भने । उनी अध्यक्ष बन्ने बित्तिकै मोर्चाभित्रका मानिसहरुलाई भटाभट निकाल्न थालिए । निनुलगायत सबैजसो मान्छे कार्वाहीमा परे ।
नयाँ पार्टी दर्ता भयो । संयुक्त मोर्चाको रुपमा । त्यसमा कृष्णदास पनि थिए, रोहित पनि थिए । तर, हाम्रो एकताकेन्द्र पार्टीले त्यस मोर्चालाई आफ्नो एकलौटी हतियार बनाउन खोज्यो । उसले कृष्णदास र रोहितलाई अत्याउन थाल्यो । फसाद भयो । मैले कृष्णदाससित हात जोडेर भनेँ,‘कृष्णदासजी !हामी संयुक्त मोर्चासम्म आइपुगेका रहेनछौँ । तिमीले यो मोर्चा छोडिदऊ ।’ उसले भन्यो, ‘हो र ? साँच्चै तिमीलाई गाह्रो नै प¥यो र ? ’ मैले भनेँ, ‘ हो, गाह्रो प¥यो । ’ ‘लु छोडिदिन्छु,’ उसले मेरो कुरामा सहमति जनायो । उसले कुनै अप्ठ्यारो नमानी नै छोडिदियो । त्यसपछि बाँकी थियो रोहित । उसले पनि हाम्रो कुरा बुझिसकेको थियो । उसले पनि चाँडै जनमोर्चा छोडिदियो । त्यसपछि संयुक्त जनमोर्चाको अध्यक्ष बाबुराम भट्टराई भने । उनी अध्यक्ष बन्ने बित्तिकै मोर्चाभित्रका मानिसहरुलाई भटाभट निकाल्न थालिए । निनुलगायत सबैजसो मान्छे कार्वाहीमा परे । पहिलेका मान्छेहरुलाई भटाभट कार्वाही गरी बाबुरामले किरण र प्रचण्डका मानिसहरु भर्न थाले । उनीहरुले आफ्नो बहुमत बनाएर संयुक्त जनमोर्चालाई एकलौटी बनाउन थाले । \"nirmal-lama-900x450\" त्यतिखेर संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी जम्मा ११ जना जनप्रतिनिधिहरु संसद्मा थिए । संयुक्त जनमोर्चालाई एकलौटी बनाइसकेपछि बाबुराम–किरण–प्रचण्डहरुले ती ११ जना सांसदहरुलाई आफ्नो मातहतमा राखी जथाभावी चलाउन थाले । लिलामणि पोखरेललाई उनीहरुले संसदीय दलको नेताबाट हटाए । उनीहरुले कताबाट हो कताबाट संसदीय दलको नेता अमिक शेरचनलाई बनाए । त्यस्तो अवस्थमा हामीले समेत अमिक शेरचनलाई शंकाको घेरामा राख्यौँ । हामीले सोच्यौं, उ पनि हामीलाई छोडेर किरण–प्रचण्डहरुतर्फ नै गयो ।
पार्टीलाई किरण–प्रचण्डहरुले एकलौटी बनाउन थालेपछि पार्टी फेरि फुट्यो । पार्टी फुटेपछि फेरि पनि हामी एकताकेन्द्र नै भयौं । उनीहरु ‘मशाल’ भए ।
तर पछि थाहा भयौं, अमिकको बारेमा हामीले जे सोच्यौं, त्यो गलत रहेछ । उसले त त्यो संकटको घडीमा संकटमोचनको निम्ति मात्र अन्तरिम रुपमा उनीहरुलको प्रस्ताव स्विकारको रहेछ । पछि त उसले छोडेर आइहाल्यो नी ! पार्टीलाई किरण–प्रचण्डहरुले एकलौटी बनाउन थालेपछि पार्टी फेरि फुट्यो । पार्टी फुटेपछि फेरि पनि हामी एकताकेन्द्र नै भयौं । उनीहरु ‘मशाल’ भए । नेकपा(चौम) फेटेर एकता दुइटा मशाल बनेका थिए । एउटा मोटो मशाल, अर्को पातलो मसाल । पछाडि मोटो मशाल श्रमिक संगठन र चौम मिलेर एकताकेन्द्र बनेको थियो । त्यो एकताकेन्द्रमा बाबुरामहरु पातलो मसालबाट फुटेर आएका थिए । तर, त्यो एकताकेन्द्र फेटेर पछि एकताकेन्द्र र मोटो मशाल बन्न पुग्यो । अहिलेको पार्टी एकताकेन्द्र पछिल्लोपटक बनेको नयाँ एकताकेन्द्र हो । निर्मल लामाको आत्मकथा सर्वहारा राजनीतिबाट 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy