गाईघाट (उदयपुर), नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेबाट उत्पादन हुँदै आएको गैँंडाछाप सिमेन्टको मूल्यमा फेरी वृद्धि भएको छ ।
उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा प्रतिबोरा रु २९ को दरले वृद्धि गर्ने निर्णय भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष बिमल कार्कीले बताए ।
आइतबार उद्योग बोर्डको बैठक बसेर सिमेन्टको मूल्य वृद्धि गर्ने निर्णय गरेको अध्यक्ष कार्कीको भनाई छ । यस अघि गैँंडा छाप सिमेन्टको मूल्य प्रतिबोरा बिक्री कर बाहेक रु छ सय ८५ रहेको थियो ।
डिलरहरुले भने गैँंडा छाप सिमेन्टको मूल्य सातसय ५० देखि सात सय ७५ रुपैया प्रतिबोरा बिक्री गर्दै आएका थिए । मूल्य वृद्धिसँगै डिलरले बिक्री मूल्य प्रतिबोरा आठसय ५० हुनसक्ने गैँडाछाप सिमेन्टका बिक्रेता राजु श्रेष्ठले बताए ।
यता सिमेन्टको मूल्य वृद्धि भएकोमा गैँडाछाप सिमेन्टका बिक्रेता तथा डिलर र उपभोक्ताले उद्योेगको बोर्डको निर्णयको विरोध गरेका छन् । पन्ध्र दिन भन्दा बढी समयसम्म सिमेन्ट बिक्री बन्द गरेर उद्योगको बोर्डले एकैचोटी मूल्य वृद्धि गरेकाले आम उपभोक्ता मारमा परेको कुरा यस क्षेत्रका उपभोक्ताको भनाइ छ ।
गत असारदेखि मङ्सिरसम्म गैँडाछाप सिमेन्ट बिक्री हुन नसक्दा उद्योगमा झन्डै सात लाख बोरा भन्दा बढी सिमेन्ट भन्डारन हुँदै आएको थियो । तर उद्योगले गैँडाछाप सिमेन्ट बिक्रीमा नयाँ रणनीति कार्यन्वयन गरेपछि माघ महिनाभित्र मात्र रु २७ करोड भन्दा बढीको सिमेन्ट बिक्री भएको उद्योग प्रशासनले जनाएको छ । गैँडाछाप सिमेन्टको मूल्य वृद्धि गर्न पर्ने विषयमा उद्योगका अध्यक्ष कार्की भन्छन्, “अन्य साधारण गुणस्तर भएको सिमेन्टको मूल्य नै प्रतिबोरा रु ८०० भन्दा बढी भइसक्यो, गैँडाछाप सिमेन्ट जापानीज प्रविधिबाट उत्पादित गुणस्तरिय सिमेन्ट भएकाले यसको मूल्य बढाउन अनिबार्य भएको हो ।”
अहिले सिमेन्ट बिक्रीमा सुधार आएर उद्योगमा नयाँ प्रबन्धक परिवर्तन भएसँगै पुनः गैँंडाछाप सिमेन्टको मूल्यमा वृद्धि भएको कुरा उद्योग प्रशासनले जनाएको छ । नेपाल सरकारले हालै उदयपुर सिमेन्ट उद्योगका नयाँ प्रबन्धकमा सुरेन्द्र पौडेललाई नियुक्ती गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: