Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भाडादर लागू नगर्ने चालकलाई विभागले सुरु गर्यो कार्वाही

\"index\"काठमाडौं । यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ । माघ ४ गते नै नेपाल आयल निगमले पेट्रोलमा पाँच र डिजेल एवम् मट्टितेलमा रु छ भाउ घटाएकोमा विभागले भाडा समायोजन गर्न आनाकानी गर्दै आएको थियो । माघ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएपछि मात्र विभागले माघ २४ गते भाडा समायोजन गरेको थियो । समायोजनको एक हप्तासम्म पनि व्यवसायीले यो भाडादर लागू नगरेपछि विभागले विशेष कार्ययोजनासहित कारबाहीको प्रक्रिया अघि बढाएको हो । यात्रुवाहकमा २।५३, तराईका मालवाहकमा ३।७६, पहाडका मालवाहकमा ३।२८, ट्याक्सीमा १।६५ प्रतिशत भाडा घटाउने निर्णय विभागले गरेको थियो । उक्त निर्णयपछि छोटो दूरीमा भाडाको खास असर नपरेपनि लामो दूरीमा केही भाडा घटेको छ । नयाँ भाडादरअनुसार चार किमीसम्म १३।०७ भएपनि रु १३ कायम भएको छ । तर व्यवसायीले कम्तीमा पनि रु १५ नै उठाउने गरेका छन् । उपत्यकामा २५ किलोमिटरसम्मको दूरीमा भदौ २५ गते घटाइएको भाडादरअनुसार रु २५ थियो भने अहिले रु एक घटेर रु २४ भएको छ । तर व्यवसायीले रु ३५ सम्म उठाइरहेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ । “अनुगमन र कारबाही नगरिँदा व्यवसायीमा स्वेच्छाचारिता बढेको छ” उनले भने । भदौ २५ को भाडादर लागू गर्ने क्रममा विभाग र ट्राफिक प्रहरीले सक्रियता देखाई तोकिएभन्दा रु एक बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म कारबाही गर्दा स्वेच्छाचारिता कम भएको उहाँको भनाइ छ । विसं २०७१ माघ २६ र पुस ९ गते विभागले घटाएको भाडादर पनि लागू भएको थिएन । भदौ २५ गते घटाएको भाडादर लागू गर्ने क्रममा असोज ७ गतेखेखि भारतको अघोषित नाकाबन्दी सुरु भएपछि बीचमै रोकिएको थियो । नाकाबन्दीका समयमा राज्यले सार्वजनिक यातायातलाई डिजेल उपलब्ध गराएपनि यात्रु ठगिने विभागका प्रवक्ता एवम् अनुगमन शाखा प्रमुख निर्देशक बसन्त अधिकारी बताउँछन् । सवारीका चालक र परिचालकको तजबीजमा मनपरी भाडा लिने र समितिले जरिवाना तिर्दा चालक परिचालकमा स्वेच्छाचारिता बढेकाले कारबाही सुरु गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ । माघ २४ गते सरकारले घटाएको भाडाअनुसार काठमाडौँ उपत्यकामा २५ किलोमिटरसम्मको दूरीमा अधिकतम रु २४ भन्दा बढी भाडा लिन नपाइने भनिएपनि साँखु रुटमा चल्ने साँखु बस व्यवसायी सङ्घका सवारीले पुरानोबसपार्कबाट साँखुसम्मको १८ किलोमिटरको दूरीमा स्थानीय यात्रुसँगै रु ४० सम्म भाडा असुलेको पीडित यात्रु रश्मिला श्रेष्ठ बताउँछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: