Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

माओवादीहरुबीच एकता हुने हल्ला मात्रै कि यथार्थता ?

\"prachanda_mohan काठमाडौं । केही समयता माओवादीहरुबीचको एकताको हल्ला निकै चलेको छ । माओवादी नेताहरु एकताका लागि छलफल र बहसमै छन् । शान्तिप्रक्रियामा आएसँगै माओवादी नेताहरुको छुट्टाछुट्टै माओवादी पार्टीहरु भएपछि शक्ति कमजोर भएको भन्दै फेरि एकताका लागि कस्सिएका हुन् । सबै माओवादी पार्टीहरु एक हुनुपर्ने बहस चले पनि पछिल्लो समय एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीचको एकता प्रक्रिया नजिक पुगेको मात्र होइन, फागुन १ को जनयुद्ध दिवसकै दिन एकता गर्ने चर्चा चलेको थियो । तर फागुन १ गते नै एकता हुन नसके पनि अब केही दिनभित्रै एकता हुने माओवादी नेताहरुले बताएका छन् । चार वर्ष अघि पार्टी फुटाएर फुटको औचित्य पूरा गर्न नसकेको माओवादीहरु एकताका लागि नजिक पुगेर पनि कार्यकर्ताहरुलाई भने एकता हुन नसक्ने भ्रम बाँडिरहेका छन् । सार्वजनिक कार्यक्रममा सबै माओवादीका नेताहरुले सबै माओवादी पार्टीहरु एकता आवश्यक रहेको बताउने गरे पनि पार्टीको आन्तरिक कार्यक्रमहरुमा भने विचारमा नमिल्दासम्म एकता नहुने बताउँदै आएका छन् । माओवादी एकताको कुरा हल्ला मात्रै हो कि साँच्चै एकता हुन लागेको हो त ? ‘एकताको कुरा हल्ला मात्र होइन, साच्चिकै एकता हुन लागेको हो’, वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्य भन्छन्– ‘नेताहरुबीचको संवाद सहमति नजिक पुगिसकेको छ ।’ वैद्य माओवादी खासगरी एमाओवादीको हेटौंडा महाधिवेशनबाट पारित कार्यदिशाप्रति असन्तुष्ट छ । हेटौंडा महाधिवेशनले जनवादी क्रान्ति सम्पन्न भइसकेको ठहर गर्दै समाजवादी क्रान्तिमा लाग्ने ठहर गरेको थियो । एकताका लागि प्रचण्ड–वैद्यबीच लामो समयको छलफल र संवादपछि सहमति नजिक पुगेको स्रोतको दाबी छ । यसअघि वैद्य माओवादीले पेश गरेको एकताको ६ सर्त मध्ये ५ वटा सर्त पूरा भइसकेको स्वयं वैद्यकै नेताहरुले बताएका थिए । पछिल्लो समय हेटौ्रंडा महाधिवेशनको कार्यदिशालाई समेत सच्चाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले समाजवादी कार्यदिशाको ठाउँमा त्यसभन्दा अघिको कार्यदिशासहितको दुई पृष्ठ लामो एकता प्रस्ताव वैद्यलाई बुझाइसकेका छन् । प्रचण्डले बुझाएको उक्त प्रस्तावमा वैद्य सकारात्मक देखिएका वैद्य माओवादीका नेताहरु बताउँछन् । एमाओवादी र वैद्य माओवादीबीच मात्र नभई माणि थापा र मात्रिका यादवसँग पनि एकताको लागि छलफल भइरहेको छ । चार नेता सम्मिलित वार्ताले एमाओवादी अध्यक्ष प्रचण्ड र क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यलाई एकताको मिलन विन्दु खोज्दै केही बुँदाहरु ल्याउन निर्देशन दिएको थियो । सोही अनुसार प्रचण्डले दुई पृष्ठको एकता प्रस्ताव वैद्यलाई बुझाएका थिए । त्यसबारेमा वैद्यले पनि आफ्नो तर्फबाट केही बुँदा तयार गरेपछि पुनः छलफल गरी निर्णयमा पुग्ने माओवादीहरुको तयारी छ । एमाओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा शनिवार एक कार्यक्रममा बोल्दै केही साताभित्रै सबै माओवादी एकता हुने बताएका थिए । स्रोतका अनुसार एकता नजिक पुगेकै कारण वैद्य माओवादीको केही दिनअघि बसेको केन्द्रीय सचिवालय समितिको बैठकले एकै पटक ४५ सदस्य केन्द्रीय सदस्य थप गरी १ सय ९३ सदस्यीय जम्बो केन्द्रीय समिति विस्तार गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: