Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रणय दिवसः तन्नेरीको आकर्षण र पाकाको चिन्ता

\"valentines-day\"काठमाडौं । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा दिने बानीको विकास गरेको ठान्छिन । उनी भन्छिन ‘प्रणय दिवस आफँैमा नराम्रो नभए पनि सहरी युवाले प्रेमलाई फेसनका रुपमा लिई कतिको भविष्य समेत खतरामा पारेका छन् । त्यसैले यसलाई सभ्य रुपमा मनाउन सकेमा मात्र राम्रो हुन्छ ।’ विज्ञापन कम्पनीमा कार्यरत दिवस ढकाल भने यो दिवसलाई मायाप्रेम साट्ने दिनको रुपमा लिनु लिन्छन् । उनले भने —‘अहिले समय फेरिएको छ । युवा धेरै सचेत छन् । आफ्नो जीवनको निर्णय आफैं गर्ने भएकाले आफ्नो जीवन साथी रोजी उनैसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।’ प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए । आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन । सातदोबाटोका ६० वर्षीय बलराम भण्डारी प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको बताउँछन् । अहिलेका युवाले प्रेमको नाममा धेरै विकृति भित्र्याएको बताउने भण्डारीले प्रेमलाई पनि अहिलेका युवाले खेलौना बनाएको विचार व्यक्त गरे । उनले भने —हाम्रो समयमा अहिलेको जस्तो प्रेम गर्दै छाड्दै गर्ने चलन थिएन । यसरी खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के हो ? उनले त्यसैले अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्ने गरेको सुनाए । उनको जस्तै भनाइ छ माछापोखरीकी ५५ वर्षीया भगवती न्यौपानेको पनि । उनले अहिलेका युवाले प्रेमलाई नबुझेको बताइन । उनले भनिन —‘अहिलेका युवा राम्रो देख्नेबित्तिकै मन पराउने र माया गाँस्ने अनि अलिकति खटपट भए मिलाउनुको साटो तुरुन्तै छाडिदिने र अर्कापट्टि लाग्ने फेसन बनेको छ । त्यसैले अहिले सम्बन्धबिच्छेद गर्ने युवाको सङ्ख्या बढ्दो छ ।’ खासगरी युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: