Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेकपा माओवादीले जनयुद्ध दिवसमा दिनभर प्रर्दशन

\"12657385_1074034029326276_1586773283078816743_o-750\"काठमाडौ ।‘विप्लव’ नेतृत्वको नेकपा माओवादी रुपन्देहीले २१ औं जनयुद्ध दिवसको अवसर पारेर बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान समारोह सहितका कार्यक्रमहरु सम्पन्न गरेको छ । जिल्लास्तरीय सबै तहका राजनीतिक दल, वामपन्थी विश्लेषक, सामाजिक अभियान्ता, मानवअधिकारकर्मी, अधिवक्ता लगायत आम बुद्धिजीविहरुको उपस्थितमा विहान चियापान समारोह सहित सुरु गरिएको कार्यक्रमहरु दिनभर ¥याली, प्रर्दशन, कोणसभा, दिपप्रज्वलन लगायतका कार्यक्रमहरु गरी जनयुद्ध दिवसको सम्झना ग¥यो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य बसन्त श्रेष्ठ प्रज्वलनले १० बर्षे जनयुद्ध काल र १० बर्षे शान्तीकालमध्ये जनयुद्धको उपलब्धीमुलक रहेको भन्दै अहिलेको संविधानमा गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको महान जनयुद्धको शब्दसमेत उल्लेख गर्न नसकेका प्रचण्ड बाबुरामहरुले आफूहरु सफल भएको सपना नदेख्न आग्रह गरे । बामपन्थीहरुको फुट हुनु दुखको कुरा भएपनि विचार नमिल्नेहरुसँग एकता गर्नु र बार्गे्निङ्ग गर्नु आफुहरुको कुनै उद्देश्य नरहेको भन्दै अबको क्रान्तीले लड्ने मात्र होईन जितेर देखाउने उद्घोष गरे । सबै बामघटकहरुलाई एकिकृत जनक्रान्तीमा सामेल भई आआफ्नो ठाउँबाट सक्दो सहयोग गरेर भएपनि नेपाली क्रान्तीलाई गन्तव्य पु¥याउन सबैको आवश्यकता रहेको भन्दै सबैलाई क्रान्ती सफलताको लागी सहयोगको अपिल गरे । ।  शुभकामना राख्ने अधिकाशं बक्ताहरुले जनयुद्धमा लिएको उद्देश्य पुरा नगरी विचैमा रोक्नु माओवादीको गल्ती भएको भन्दै पछिल्लो समय माओवादीमा देखिएको विचलन र फुटप्रति दुख व्यक्त गरेका थिए । वक्ताहरुले माओवादी धुव्रिकरण भएर अगाडी जान सकेमा समग्र देशको हित हुने भन्दै शान्तीपूर्ण ढंगले नमिलेका कुरालाई मिलाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । शुभकामना आदानप्रदान तथा चियापान समारोह सकिएलगत्तै माओवादीले पार्टी कार्यालय पाल्पारोडस्थित रातो घरबाट व्यानर, बाजागाजासहित झण्डै एक हजार नेता कार्यकताहरुसहितको ¥यालीले बुटवल बजार परिक्रममा गर्दै सहिदपार्कमा पुगी कोणसभामा परिणत गरेको थियो । २१ औ जनयुद्ध दिवसको अवसरमा २१ वटा पट्का पड्काए बाजागाजासहित गरिएको नारा लगाईएको जुलुसमा उपस्थितहरु उत्साहित देखिन्थे । ¥यालीको कार्यक्रमलगत्तै पार्टी कार्यलयमा झण्डै हजार मैनबत्ती एकसाथ प्रज्वलन गरी सहिद दिवसको दिपावली समेत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: