Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सबै माओबादी एकता गर्ने प्रचण्डको उद्धघोष

\"prachanda-1 काठमाडौं । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै माओवादीहरु एक हुने बताएका छन् । माओबादी २१ औं जनयुद्ध दिबसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सबै सच्चा देशभक्तलाई एकता गर्ने प्रतिबद्धता जनाए । पहिला माओवादी धाराहरुलाई एकताबद्ध गरेर तथा सच्चा कम्युनिष्ट र बामपन्थी शक्तिलाई एकताबद्ध गरेर इतिहासको जिम्मेवारी पूरा गर्ने उनले बताए । देशको परिवर्तन माओवादीका योजना अनुरुप भएको दाबी गर्दै प्रचण्डले केही हप्ताभित्रै माओवादीहरु एक हुने बताए । ‘समाजबादी कार्यदिशालाई अघि बढाउन सबै माओवादी एकता गछौं,’ उनले भने, “पहिला माओबादी धाराहरुलाई एकताबद्ध गरेर तथा सच्चा कम्युनिष्ट र बामपन्थी शक्तिलाई एकताबद्ध गरेर ईतिहासको जिम्मेवारी पुरा गर्नुछ ।” जुट्दा र फुट्दा के हुन्छ त्यो सबै माओबादीले महसुस गरेको उल्लेख गर्दै उनले अब जुटेर अघि बढ्ने बताए । उनले २०५२ सालको फागुन १मा जनयुद्ध घोषणा गर्दा देखिनै आफु सबै देशभक्त लाई एकताबद्ध गरेको बताउर्दै शान्तिप्रक्रियापछि माओबादी फुट्नु दुभाग्य भएको बताए । १६ हजार सहिदको बलिदानले १० बर्षमै देशमा गणतन्त्र आएको दाबी गदै अब सबै माओबादी एकता गरेर क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने प्रतिवद्धता दोहोर्याए । उनले भने दश बर्षे जनयुद्धका मद्धाहरु सस्थागत गर्न सबै माओबादी मिल्नुको बिकल्प नभएको भन्दै भूकम्पपछिको पुननिर्माणमा जुटेर समृद्ध मुलुक बनाउनुपर्ने बताए । आर्थिक विकास हुँदैमा सुख हुँदैन एमाओवादी अध्यक्ष प्रचण्डले आर्थिक विकास हुँदैमा सबै जनाले सुख नपाउने बताए । एमाओवादी परित्याग गरी आर्थिक विकासका लागि भन्दै नयाँ शक्तिमा लागेका डा. बाबुराम भट्टराईतर्फ इंगित गर्दै उनले आर्थिक विकास हुँदैमा जनता धनी नहुने बताए । आर्थिक समृद्धि भनेको सामाजिक न्यायको सिद्धान्त हुनुपर्ने उनको भनाइ छ । सबै माओवादी जुटे दश वर्षमै समाजवाद प्रचण्डले सबै माओबादी जुट्ने र राष्ट्रिय एकता गर्ने हो भने अबको दश बर्पमा नेपाललाई समाजबादी देश बनाउने दाबी गरे । उनले सबै माओबादी, बामपन्थी, सच्चा कम्युनिष्टहरुको उद्देश्य अबको दशक समाजबादको दशक हुनुपर्ने बताए । प्रचण्डले नेपालको संबिधानले सबैको अधिकार सुनिष्चित गरेका बताउदै संबिधान महिलाहरुको सक्रिय सहभागितामा बनेको बताए । उनले अब नयाँ तवरले देशको क्रान्ति पुरा गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: