Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

उपचार नपाइ सुशीलले प्राण त्याग्नुको कारण यस्तो छ

\"sushil-srandhali\"काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला उपचार नपाई घरमै मृत्युवरण गर्नुपरेको समाचारले देश तातेको छ । गरिबी, अभाव र पहुँच नभएर उनले उपचार नपाएको दुनियाँ मान्न तयार छैन । किनकी उनी पूर्व प्रधानमन्त्री हुन्, सबैभन्दा पुरानो र सबैभन्दा ठूलो पार्टीका सभापति हुन्, प्रमुख प्रतिपक्षी दलका नेता हुन् । यी सबै हुुनुका बाबजुद पनि तीन चारदिनदेखि थलिंदासमेत उनलाई उपचारको लागि अस्पताल लगिएन । उनको उपचारको संलग्न डाक्टर करवीरनाथ योगी टिचिङ अस्पतालमा  १३ कल फोन गर्दा पनि फोन नउठ्दा अस्प्ताल लान नसकेको कुतर्क गरिरहेका छन् ।  १३ कलको सट्टा तीन कलमा फोन नउठेपछि दुई कोइराला निवास महाराजगन्जबाट दुई किलोमिटर पनि नरहेको अस्पतालमा गाडीमा दुई मिनेटमा पुगि उनले किन  एम्बुलेन्स ल्याउन उचित ठानेनन् ? किन  १३ कल गरेर बसे ? टिचिङ अस्पतालले फोन नउठाएको भए नजिकैको  गंगालाल, न्यूरो अस्प्तालमा पनि सुविधासम्पन्न एम्बुलेन्स थिए त्यहाँबाट किन मगाउन उचित ठानेनन् । अस्प्पतालमा फोन नउठेपछि ठूला नेताका  डाक्टर सबै अस्पतालका निर्देशक र सिनियरहरुसँग राम्रो हिमचिम उनको, सिधैं निर्देशक र सिनियर डाक्टरसँग सहयोग मागेनन् ? उनी चौतर्फी प्रश्नले घेरिएका छन् ।
कम बोल्नुपथ्र्यो र  भित्र कुटनीति गर्नुपर्ने भूमिकामा उनी थिए । अन्ततः गत मंगलबार बिहान १२ः५० बजे नबोलीकनै उनी अस्ताउन पुगे  
डाक्टरको लाचारी त छँदै  छ । कोइरालाको सचिवालय पनि उत्तिकै जिम्मेवार छ । किनकी उनी तीनचार दिनदेखि बिरामी भएका उनलाई किन उपचार गर्न अस्पताल लगिएन ? महाधिवेशनका कार्यक्रम चलिंरहँदा बिरामी भएको प्रचार बाहिर जाँदा आफ्नो पक्ष हार्छ भनेर पूर्व प्रधानमन्त्रीको स्वास्थ्इमा खेलवाड गर्ने कस्तो सचिवालय हो यो ? कोइरालाको स्वास्थ्यभन्दा कोइराला खानदानको  राजनीतिक विरासतलाई थमाउन यसो गरिएको हो भने के यो मानवीय हुन सक्छ ?  होइन भने जवाफ किन दिइदैंन । आफ्ना नेताको स्वास्थ्यभन्दा राजनीतिक विरासतलाई ठूलो ठान्ने पराकाष्ठा आखिर के का लागि ? बाथरूममा लडे तर, किन अस्पताल लगिएन् ? टाउकाेमा चाेट लागेकाे हल्ला भयाे तर, किन के भएकाे हाे बाहिर ल्याइएन ? जब उनी आफू प्रधानमन्त्रीको उम्मेदवार नबनी राष्ट्रपति बन्न चाहेको भए कसैले रोक्न सक्ने थिएन । तर, उनलाई रोकियो, राष्ट्रपति बने कोइराला खानदानको विरासत देउवातिर जान्छ, त्यसैले प्रधानमन्त्रीमा उम्मेदवारी दिनुपर्छ, भावी सभापतिमा उठ्नुपर्छ । तर, उनी महाधिवेशनसम्म पनि थामिन सकेनन् । गुपचुपमै अन्तिम श्वास लिए । उनको बिमारलाई गुपचुप राख्दा उनी थलिंदै  गएका छन् र मृत्यु भइहाल्ला भनेर सचिवालय र परिवारका निकटले सोचेनन् होला तर, यस्तो नसोचेर उनीहरुले गल्ती गरे । सुशील आफैंमा सोझा, शालीन, त्यागी नेता थिए । यो कसैबाट पनि छिप्दैन । उनको सरलताले यो कुरालाई पुष्टि गर्दछ । तर, उनी अरुबाट चलाइए, घेरिए, जसका कारण उनी बोल्न सकेनन् । बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाको भित्रिया भएर काम गरेका सुशील कम बोल्ने भूमिकामा थिए । सायद उनले  कम बोल्नुपथ्र्यो र  भित्र कुटनीति गर्नुपर्ने भूमिकामा उनी थिए । अन्ततः गत मंगलबार बिहान १२ः५० बजे नबोलीकनै उनी अस्ताउन पुगे । कोइरालाको निधनपछि महाराजगन्ज, सानेपा, रंगशाला र आर्यघाट पुग्नेहरु अधिकांशले सोध्ने एउटै प्रश्न हो, सुशीलदालाई किन अस्पताल लगिएन ? तर, जवाफ दिने कसले ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: