Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सरकारी कार्यालयमा नै चुरोट–सुर्ती

\"smoking\" भक्तपुर। सरकारले कुनै पनि सार्वजनिकस्थलको २०० मि वरपर चुरोट सुर्ती लगायत धूमपानजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाए पनि यहाँका नियमन निकायमै खुला रुपमा यस्ता सामग्री पाइन्छ ।

नियमन निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, जिविस र जिल्ला अदालतको खाजाघरमै खुला रुपमा चुरोट तथा सुर्तीको खुलमखुल्ला बिक्री एवम् सेवन गरिएको सेवाग्राहीको गुनासो आउँदा पनि ती निकायले बेवास्ता गरेका छन् ।

सार्वजनिक निकायको १० देखि २० मिको दूरीमा नै सरकारको धूमपानसम्बन्धी नियमको पालना नभएपछि आफूहरुलाई असर परेको विद्यार्थीले गुनासो गरेका छन् । सार्वजनिकस्थलका रुपमा रहेका सरकारी कार्यालयसँगैको शारदा उमावि, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको ढोकैमा खुला रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण एवम् सेवन हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फ रहेको दुई, भक्तपुर अदालतको परिसरभित्र रहेको एक र स्काउट भवन नजिकै रहेको एक खाजाघरमा सरकारी कार्यालयका कर्मचारी नै चुरोट तथा सुर्ती सेवन गरिरहेका हुन्छन् । कर्मचारीले नै सरकारी नियमलाई गिज्याइरहेको विद्यार्थी बताउँछन् । जिविसका र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सञ्चालन गर्दै आइरहेको खाजाघरमा पनि धूमपान निषेध क्षेत्रको पालना भएको छैन ।

सहायक प्रजिअ शिवराज जोशीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर छिट्टै अनुगमन गरी यस्तो भेटिए कारबाही गरिने बताए । उनले भने–“कोही कसैले करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कक्कड, चिलिम, सुल्पा, खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पाउँदैनन्, सबै सरकारी कार्यालयलाई हाताभित्र र सार्वजनिकस्थलमा यस्ता गतिविधि नगर्न निर्देशन दिइने छ ।”

सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई रु १०० जरिवाना र बिक्रीवितरण गरे रु १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । सार्वजनिकस्थलमा धूमपान गर्ने व्यक्ति कर्मचारी भएमा विभागीय कारबाहीसम्म गरिने नियम भए पनि कार्यान्वयन हुन सकेको छैन । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: