Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कोइरालाको अवसान र कांग्रेसको राजनीति

\"Nepali-Congress-Office-NC\"काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसको राजनीति संशयको घेरामा उभिएको छ । लामो समयदेखिको कोइराला विरासतमा रुमल्लिएको नेपाली कांग्रेसको नेतृत्व अब कोइराला क्याम्पबाट अलग भएको छ । कांग्रेसको १३ महाधिवेशनको सन्निकटमा आइपुग्दा पार्टी सभापति कोइरालाको निधन भयो । उमेरले ७८ वर्ष पार गरेका कोइराला आफ्नो राजनीतिको लामो समयसम्म पार्टीको नेतृत्व तहमा पनि थिएनन् भने लाभका पदहरु पनि कहिल्यै प्राप्त गरेनन् । जब गिरिजाप्रसाद कोइरालाको निधन भयो, तब मात्रै सुशीलले पार्टीको नेतृत्व सम्हाल्ने मौका पाए । पार्टीको कार्यकारी सभापति हुँदै जीवनको उत्तराद्र्धमा १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए । लामो समयसम्मको प्रजातान्त्रिक आन्दोलनमा समाहित भएका कोइरालाले जीवनको उत्तराद्र्धमा पार्टी नेतृत्व सम्हाल्ने मौका पाएसँगै मुलुकै कार्यभार सम्हाल्ने अवसर पनि प्राप्त गरे । संविधान जारी हुनु महान उपलब्धी   कांग्रेसमा सादगी नेताको पहिचान बनाएका कोइराला प्रधानमन्त्री पदमा आसिन भइरहँदा दशकौंदेखिको संविधानसभाबाट नयाँ संविधान लेख्ने नेपालीको चाहनालाई पूरा गर्न अग्रणी भूमिका खेले । फलस्वरुप उनैको प्रयासमा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान जारी भए पनि संविधानका अन्तरबस्तुहरुमा असहमति जनाउँदै मुलुकको एक भाग मधेस अहिले पनि आन्दोलित छ । तर पनि संविधान जारी गर्ने ऐतिहासिक कार्यको जस भने कोइरालाले नै प्राप्त गरेका छन् । फेरि पनि नेतृत्वको आकांक्षा आसन्न १३ औं महाधिवेशनमा पनि पार्टी नेतृत्वकै आकांक्षी देखिएका कोइरालाले आफूलाई फेरि एक पटक नेतृत्व प्रदन गर्न पार्टीका नेता कार्यकर्तासँग अपिल गरिरहेका थिए । क्यान्सर जस्तो रोगलाई जितेर आएका कोइरालाको पछिल्लो समय स्वास्थ्य निकै कमजोर बन्दै गएको थियो । त्यसैले पार्टी नेतृत्वको आकांक्षीहरुले कोइरालाको स्वास्थ्यमाथि पनि बेलाबेलामा प्रश्न उठाउने गरेका थिए । त्यही भएर होला, कोइरालाले केही समयअघि मात्रै आफू स्वस्थ रहेको र पार्टी चलाउन सक्ने हैसियत रहेको अभिब्यक्ति नै दिएका थिए । खासगरी कांग्रेस संस्थापन पक्षमै लामो समयदेखि रहँदै र सहयोग गर्दै आएका कार्यवाहक सभापति रामचन्द्र पौडेलले अब आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनले पार्टीका नेताहरुलाई आफूले त्याग गर्दै आएको स्मरण गराउँदै अब आफूलाई नेतृत्व दिनुपर्ने तर्क पेश गर्दै आएका छन् । त्यतिमात्र होइन, उनले अब पुरानै शैली र वृद्ध नेताहरुबाट पार्टी चल्न नसक्नेसमेत भन्दै हिँडे । मृत्युमा संशय महाधिवेशन आउन एक महिनामात्रै बाँकी रहेको अवस्थामा आफूलाई स्वस्थ र अझै एक कार्यकाल पार्टी चलाउन सक्छु भन्ने शाहस बोकेका कोइरालाको सोमवार विहान निधन भयो । क्यान्सरलाई जितेका कोइरालाको स्वास्थ्य पनि पछिल्लो समय गम्भीर थिएनन् । सामान्य रुघाखोकी र निमोनियाले सताइएका कोइरालाले घरमै रहेका बेला देहत्याग गरे । फेरि पनि पार्टी नेतृत्व हत्याउन लागि परेका कोइरालाको अस्पतालसमेत लैजान नपाइ पुरानै ब्यथाले मृत्यु भएको कुरा आशंकाको घेरामा छ । सामान्य पेट दुख्दा विदेश उपचार गर्न जाने नेताहरु गम्भीर विरामी पर्दा समेत नजिकको अस्पतालसमेत नलगिएको र विरामी भएको कुनै खबर नै बाहिर नआएको कुराले अहिले सनसनी मच्चिएको छ । आसन्न महाधिवेशनको कारण पनि कोइरालाको निधनलाई लिएर एक किसिमको आशंका र चर्चा गरिनु मनासिव हुन सक्छ । कोइरालाको निधनलाई संशयको घेरामा राखेर पार्टीको आगामी नेतृत्वका लागि राजनीति गर्न संस्थापन पक्षका नेताहरुलाई एक अस्त्र बन्न पनि सक्छ । अबको राजनीति नेपाली कांगेसका सभापति कोइरालाको निधनपछि अबको नेतृत्व कोइराला क्याम्पबाट भने बाहिर जाने निश्चित भएको छ । तर पार्टी नेतृत्वको आकांक्षी भने निर्विरोध कोही छैनन् । स्वर्गीय कोइरालाले नै नेतृत्व लिने भने पनि संस्थापन पक्षकै नेता पौडेलले आफू अब कसैको प्रलोभनमा नपर्ने बताएका थिए । पौडेलको यो अभिब्यक्तिले पनि के बुझिन्छ भने उनी जसरी पनि नेतृत्वका लागि प्रतिष्पर्धी बन्नेछन् । आफू अध्यक्ष बन्नका लागि बाधक बनेका कोइरालाकै निधनपछि भने पौडेललाई नेतृत्वको दावी गर्ने बाटो अझै खुलेको अवस्था छ । पौडेलले संस्थापनको कित्ताबाट अध्यक्षको दाबी गरिरहँदा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा अबको नेतृत्व आफ्नो हातमा आउनेमा ढुक्क छन् । कोइराला छँदै आफूले नेतृत्व हत्याउन साम, दाम, दण्ड, भेदको नीति अपनाएका देउवा फेरि पनि नेतृत्व हत्याउन सबै अस्त्र प्रयोग गर्नेमा विमति हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: