Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कोइराला एक असल सहयात्री र अथक योद्धा – प्रचण्ड

\"prachanda\"काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनमा आफूले एक असल सहयात्री गुमाएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री कोइरालालाई श्रद्धाञ्जलि दिन मंगलबार अपरान्ह दशरथ रङ्गशाला पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा कोइरालाको अभाव खट्किरहने बताए ।

देशको ठूलो पार्टीको नेताको हैसियतले संविधानसभाबाट संविधान जारी गर्ने समयमा कोइरालाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको र दीर्घकालसम्म मुलुक र नेपाली जनताले सम्झिरहने स्पष्ट पारे ।

पछिल्लो समयमा मुलुकलाई राष्ट्रिय एकताका साथ अगाडि बढाउने सदीक्षा कोइरालाको रहेको भन्दै अध्यक्षप्रचण्डले भने ‘‘‘मधेसवादी दललाई समेत सहमतिमा ल्याएर राष्ट्रिय समस्यालाई समाधान गर्नुपर्छ भन्नेमा उहाँको जोड थियो ।’

उच्चस्तरीय राजनीतिक संयन्त्रको केही दिन पहिलेको बैठकमा राष्ट्रिय समस्यालाई समाधान गर्न गम्भीरताका साथ लाग्न आफूले राखेको प्रस्ताव समेत सभापति कोइरालाले स्वीकार गर्नुभएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले संविधानको सहज कार्यान्वयनमा अभाव महसुस भइरहने उल्लेख गरे ।

‘उहाँलाई लोकतान्त्रिक आन्दोलनका स्थापित व्यक्तित्व र अथक योद्धाका रुपमा चिन्दछु । मुलुक र जनताले उहाँले खेल्नुभएको योगदानको चिरकालसम्म सम्झना गर्नेछन्’ प्रचण्डले भने ।

आफू पार्टी कामको सिलसिलामा पूर्वाञ्चलको भ्रमणमा रहेको र आज बिहान उहाँको निधन भयो भन्ने खबर सुन्दा आफूलाई पत्यार नलागेको प्रचण्डको भनाइ थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: