Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

थाइल्याण्डबाट फर्केका एमाओबादी सचिब राजनितिमा सक्रिय हुने

\"barshamanकाठमाडौं ।एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ थाइल्याण्डमा उपचार गरी मंगलबार स्वदेश फर्किएका छन् । उनले आफ्नो उपचार सफल भएर फर्किएको र अब केहि समयमै राजनीतिमा सक्रिय हुने बताए । मंगलबार स्वदेश फर्किएका अनन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘ शुभेच्छुकहरुले देश र जनताप्रति जे आशा गरेर मेरो स्वास्थ्य लाभको कामना गरिरहनु भएको थियो म त्यो पूरा गर्नेछु ।’ अनन्तले आफुलार्ई ‘टक्सिक हेपाटाइटिस’को पुष्टि भएका बताउदै थप उपचारकोलागी एक महिनापछि बैंकक जाने जानकारी दिए । जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्लीमा लगेर उपचार गरिएको थियो । त्यहाँ केहि समय उपचार गरी नेपाल फर्किए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा ४७ दिनसम्म भर्ना गरेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि पनि दुई महिना ७ दिनसम्म फलोअपका लागि अनन्त बैंककमै बसेका थिए । अनन्तलाई स्वागत गर्न एमाओवादीका नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’, लिलामणि पोख्रेल, नारायण दाहाल लगायतका नेता(कार्यकर्ताहरु विमानस्थल पुगेका थिए । कोईरालाको निधन दुखद एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ नेपाल आउँदा आउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको खबर पाउँदा आफूलाई अत्यन्त दुःख लागेको अनन्तले बताए । उनले काईरालाको निधनले नेपाली राजनितीमा अपुरणिय क्षति पुगेको समेत बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: