Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भक्तपुरमा माछा मार्ने जात्रा

\"bhaktapur_district\"काठमाडौं। प्रख्यात मल्लकालीन नवर्दुगा नाच अर्थात माछा मार्ने जात्रा जिल्लाको विभिन्न ठाउँमा मनाइएको छ । आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने उक्त नाच गत माघ १ गतेदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएर साँघु र चाँगुनारायणमा प्रदर्शन भएछि फेरि भक्तपुर नगरमै सञ्चालन हुने जात्रा सञ्चालन समितिका सचिव रत्नमान वनमालाले बताए । नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा यो प्रदर्शन गरिने सो जात्रा सूर्यमढीबाट सरु भएको थियो । त्यसपछि दत्तात्रय, क्वाठण्डौ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा प्रर्दशन गरिएको छ । तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेमा प्रदर्शन गर्ने परम्परा छ । नवदुर्गा नाचलाई साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीकष्ठपुर, खर्पुमा प्रदर्शन गरिएपछि पुनः भक्तपुरको त्रिपुरासुन्दरी, याछेँमा प्रदर्शन गरेपछि काभ्रेको बनेपा र पनौतीमासमेत प्रर्दशन गर्ने परम्परा छ । जेठ मसान्तमा जिल्लाको ईछु गल्लिबाट पुनः सुरु हुने यो जात्रा साउनमा भलभल अष्टमीदेखि सम्पन्न हुने परम्परा रहेको बनमालाले बताए । जात्रामा देवगणले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्ने र यसै क्रममा आर्थिक रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अभावका कारण नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न चन्दा सहयोगबाट नाच सञ्चालन गर्दै आएको बनमालाको भनाइ छ । मुलुककै प्रतिष्ठा बनेको यो नाच सञ्चालनका लागि सरकार, भक्तपुर नगरपालिका र अन्य स्थानीय निकायलगायत कतैबाट पनि सहयोग नभएपछि भक्तजनले चढाएको दक्षिणामा भर पर्नुपरेको हो । नाच सञ्चालनकै लागि देवगणले सडकमा गुडेका सवारी साधनदेखि पैदल हिँड्नेहरु, व्यापारिक पसललगायतका निकायसँग भेटिका रुपमा आर्थिक सङ्कलन गर्ने गरेका छन् । मुकुण्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ वटा मकुण्डो रहने र मकुण्डो लगाएर १२ जनाले नाच्ने चलन छ । माछा मार्ने जात्रामा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रयणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्छन् । यो जात्रामा खे बजा, त बाजा र काया बाजा बजाउने तीनजना, महालक्ष्मी अर्थात सिफोद्यो बोक्न तीनजना रहने गर्छन् । जात्रामा दर्शकले सिठ्ठी बजाएर आ आ आ गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्छन् । लखेट्दा देवगणले समाउन सके भेटिदिनु पर्ने परम्परा छ । बालकदेखि किशोर, युवा र पाको उमेरका व्यक्तिसमेत देवता बन्नुपर्दा कतिपयको पढाइ छुट्ने र स्वास्थ्यमा समस्या आउने तथा रोजगारी समेत नपाउने भएपछि देवगणका परिवारलाई रोजगारीको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था र जात्रा सञ्चालन गर्न सरकारले बजेट छुट््याइदिन देवगणले माग गरेका छन् । देवता बन्न आफ्नै पैसा खर्चेर सबैलाई भोज खुवाउनुपर्ने, भोकै बसेर बिहानदेखि बेलुकासम्म गह्रौं मुकुण्डो लगाएर नाच्नुपर्ने हुँदा छाती दुख्ने, पेट पोल्ने र खुट्टा दुख्ने समस्या आउने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: