Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

माटाका भाँडा वनाउने पेशा पुस्ता हस्तान्तरण नहुँदा लोप हुदै

\"Potteryजाजरकोट । रुकुम चौरजहारी नगरपालीका टाँटागाउँमा माटाका भाँडा वनाउने पूर्खेउली पेशा लोप हुदै गईरहेको छ । परम्परागत पेशामा नयाँ पुस्ताका युवा युवतीहरु सम्लग्न नभएपछि माटाका भाँडा वनाउने पेशा लोप हुन थालेको हो । केही वर्ष पहिले धेरैले चल्तीमा रहेको माटाका भाँडा वनाउने पेशा हाल गाउँका दुई जनाले मात्र चलाई रहेका छन् । पेशा चलाउनेमा ५० वर्षिय प्रशाल कमाल र ४५ वर्षिय टरे कमाल रहेका छन् । कमाल समुदायको पेशाको रुपमा रहेको माटाका भाँडा वनाउने कार्य हाल गाउँकै दुई जनाले मात्र गर्दा पेशा लोप हुन थालेको पत्रकार गोपाल रेग्मीले वताए । वनजंगल विनास हुदै जानुले पेशा निकै जटिलता वन्दै जानु, नागरिक समुदायहरुमा आधुनिकताको तिव्र प्रभावले पनि पेशा लोप हुदै जानुको मुख्य कारण भएको हुन सक्ने पत्रकार रेग्मीको ठहर छ । नागरिक समुदाय सुलभताको खोजी गर्दै अगाडी वढी रहेका कारण माटाको भाँडाहरु प्रयोग गर्नुको सट्टा प्लास्टिकका भाँडाहरु प्रयोग गर्न थालेको पेशामा सम्लग्न प्रशाद कमालले वताउनुभयो । गाउँमै उत्पादन गरिएका माटाका भाँडाहरु विक्री नभएपछि विस्तारै पेशालाई छोडेर अन्य कामको पेशातिर लाग्नु परेको कमालको भनाई छ । ६ महिना सम्म वनाएका माटाका भाँडाको कमाई ४० देखि ५० हजार सम्म हुने कमालले जानकारी दिए । हाल घरवाटै माटाको प्रति गाग्री ३ सय ५०, गमला ६ सय र भुट्की सय रुपैयामा विक्री गर्ने गरिएको छ । पुर्खेउली पेशाका रुपमा रही आएको माटाका भाँडा वनाउने पेशा सिक्नका लागी आफ्ना दुवै छोराले नचाहेको र सिकाउनलाई पनि आफुले जोड नदिएको प्रशादको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: