Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आठ वर्षसम्म पनि पुल नबन्दा विभाग घेराउ

\"Khotang\"काठमाडौं । ओखलढुङ्गा–खोटाङ जोड्ने जयरामघाटस्थित दूधकोशी नदीको पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको भन्दै सांसद सहितको समूहले आज सडक विभाग घेराउ गरेको छ । खोटाङका सांसदद्वय पाँचकर्ण राई र विशाल भट्टराई एवम् पूर्व जिविस सभापति परशुराम कार्कीको नेतृत्वमा आएको पीडित स्थानीयवासीको समूहले चाकुपाटस्थित विभागमा धर्ना दिएको हो । कार्यालय समय सुरु हुनुअघि थालिएको धर्नाले विभागका कर्मचारी एक घन्टा कार्यालय छिर्नबाट वञ्चित थिए । विसं २०६५ मा निर्माण सुरु भएको पुलको पिलर ठड्याएको आठ वर्ष पुग्दा पनि काम अगाडि बढ्न नसकेपछि धर्ना बस्न बाध्य हुनुपरेको धर्नाकारी नीतेश खड्काले बताए । “गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत सुनकोसी नदीमाथिको फोक्सिङ्टार पुल ठेक्का लागेको दुई वर्ष बित्दा पनि निर्माण सुरु हुन सकेको छैन”–उनले भने । मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल ४० किमी सडक खण्डको निर्माणमा ढिलाइ र लापरबाही समेत भएको भेटिएको धर्नामा उपस्थितको गुनासो थियो । जयरामघाटको पुल निर्माणको ठेक्का सांसद विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन÷हुलास जेभीले पाएको छ । फोक्सिङ्टारस्थित सुनकोसी नदीमाथिको पुल निर्माणको ठेक्का गौरी पार्वती कन्स्ट्रक्सनले पाएको छ । सो पुलमा ठेक्का लागेको दुई वर्ष बित्दा पनि काम सुरु भएको छैन । हलेसी–दिक्तेल ४० किमी सडक खण्डमा धुलो र हिलाले यातायात सञ्चालन गर्न गाह्रो परेकाले विभागमा घेराउ गर्नुपरेको सांसद राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: