Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

यस्तो थियो पुष्पलाल श्रेष्ठको पृथ्वीनारायण शाह सम्बन्धि धारणा

मानदेव प्रथमको पालाबाट नेपालमा एक केन्द्रीय सामन्ती सत्ता कायम गर्ने प्रक्रिया रुंपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहाको नेतृत्वमा सन १७४३ मा नुवाकोट हमलाबाट सुरु भई काठमाडौं उपत्यका बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्काे पुरा ४५ बर्ष लाग्यो । आजको साँधमा पूर्वमा मेची, पश्चिममा महाकाली, उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नकोलागि नेपालमा सबै गरी ७१ बर्षको संघर्ष भएको छ । यस संघर्षलाई हामीले विभिन्न राजा र रजौटा अथबा सामन्ती सरदारको बिचको संघर्षका रुपमा मात्र लिनु– जसरी आजसम्मको इतिहासकारहरुले पेश गर्दछन् । गलत हुनेछ । यसको निमित्त हामीले त्यसबखतको बास्तविक सामजिक स्थितिको खोजी गर्न आवश्यक छ । अनि हामीले वास्तविक रुपमा समाज बिकासमा जनताद्धारा खेलिएका भूमिका पत्ता लगाउन सक्नेछौ । जनआन्दोलनको वास्तविक इतिहास त्यही हो । चार राज्य–समूहहरुम\"Puspalal-shrestha-266x300\"ध्ये सबभन्दा पहिले काठमाडौं उपत्यकामा व्यक्तिगत सम्पतिको उत्पति हुन गयो । बन्द व्यापारको केन्द्र त्यही भयो । यसको असर पछि क्रमशः पश्चिम नेपालमा पनि फैलन थाल्यो । ते्रहौं शताब्दी सम्ममा पश्चिमामा पनि कविला समाजको हस भई राजतन्त्रको बिकास भयो । अठारौं शताब्दीतिर आई त्यस इलाकामा पनि जमीनमा व्यक्तिगत सम्पति देखिनुको साथै चीन र भारतसँग बन्दव्यापार गरी लाभान्वित हुने एक वर्ग देखिन लाग्यो ।   पूर्व नेपालमा किराँती कविला समाजमा व्यापारका केन्द्रहरु देखिए तापनि जमिनमा व्यक्तिगत सम्पति उति साह्रो रुपमा देखा पर्न आएको थिएन र अठारौं शताब्दीको पूर्र्वाद्धकालसम्म अर्थात पृथ्वीनारायण शाहको नुवाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमाा एकातिर विभिन्न इलाकीय राजतन्त्र भाईभारदार तथा सरदारसहित देखा पर्दछन् भने अर्कोतिर साहु महार्जन व्यापारीका साथैं उद्योगपति बिभिन्न तहका किसान मजदुर तथगा मध्यमवर्गिय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीय रुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बिचमा आपसी प्रतिस्प्रर्धाको निमित्त हुने संघर्षले गर्दा देशको उद्योग, बन्दव्यापार खेपतिपाती आदीलाई नोक्सान पुगेको हुनाले त्यसबखतको ईलाकिय सामन्ती राज्यको व्यवस्थाबाट नेपालका बिभिन्न राज्यमा विभक्त भई बसेका भूमिपति उद्योगपति बन्दव्यापारी विभिन्न तहका मध्यम वर्गीय जनता असन्तुष्ट थिए । उनिहरुले उक्त व्यवस्थाको विरुद्ध विभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहान्थे विभिन्न इलाकीय सामान्ती राज्यको सट्टा एक केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना होस्, जसले देशमा शान्ति व्यवस्था गर्न सकोस् र उद्योग बन्दव्यापार, खेतीपानी फलोस् फुलोस् ।   पृथ्वीनारायण शाहलाई जसैजसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो, उसै उसै जनलाई उक्त वर्गहरुको सहयोग र समर्थन प्राप्त हुँदै गयो । एकहत्तर वर्षको लामो संघर्ष मुख्य रुपले दुई विरोधी शक्ति (१) इलाकीय सामन्ती व्यवस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य तथा तिनका समर्थक, (२) इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्य सत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरुको बीचको संघर्ष थियो ।   यस्ता संघर्षहरु, अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा वार आफप दि रोजेज । त्यस युद्धमा जसरी हेनरीलाई त्यससमयका सबै प्रगतिशील वर्गले समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्वहरुले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तराष्ट्रिय कारण पनि छ, जसले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो ।   त्यसताका अंग्रेज साम्राज्यवादले नेपाल चीनबीचको व्यापारमा आँखा गाडेको थियो । भारत वर्षमा आफ्नो कब्जा जमाउनुको साथै अंग्रेजी साम्राज्यवाद नेपाललाई अधीन गर्न चाहहान्थ्यो । नेपाली उद्योगपति र बन्दव्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रीय राज्यसत्ताको निमार्ण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दव्यापारको स्वार्थ रक्षा हुन सकोस् र नेपालमा यसरी एकहत्तर वर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यसत्ताको स्थापना भएपछि विभिन्न सामन्ती राज्इको साँध मासिई एक केन्द्रीय सामान्ती सरदारहरुले आफ्नो निहित स्वार्थको निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताको विरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो ।   यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो । पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्द व्यापारको नीति अपनाए । उनको नीति थियो–‘ प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन् ,” यसको मतलब जनताको शोषणमा वृद्धि गरेर नै शाही परिवार र सामन्ती भाइ–भारदार मोटाउन सक्छन् भन्ने हुन्छ । नेपाली आन्दोलनको एक समिक्षाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies