Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सागमा विकासले रजत पदक जिते

काठमाडौं । भारतको गुवाहाटीमा जारी १२औँ दक्षिण एसियाली खेलकुदमा शनिबार भारोत्तोलन खेलका खेलाडी विकास थापाले नेपालका लागि दोस्रो पदक जितेका छन् ।६२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले रजत पदक हात पार्दै नेपाललाई दोस्रो पदकसमेत दिलाएका हुन् ।

\"Bikashगुवाहाटीस्थित भोगेश्वर फुकानी इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा विकासले क्लिन एण्ड जर्कतर्फ १३० केजी र स्न्याचतर्फ ११२ केजीसहित कुल २४२ केजी भार बहन गरेका थिए ।

यसअघि नेपाल प्रहरीकी खेलाडी देवी चौधरीले भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै नेपालका लागि पहिलो पदक दिलाएकी थिइन् ।

स्क्वासमा अरहान्त क्वार्टरफाइनलमा प्रवेश

नेपालको स्क्वास खेलाडी अरहान्तकिशोर सिंह भारतमा जारी १२ सागको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गुवाहाटीस्थित सिटी कन्ट्री स्क्वासहलमा शनिबार अरहान्तले बङ्गलादेशका महमद सोपन फरवेजलाई ३–२ को सेटमा हराएर उनी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अरहान्तले १२–१०, १३–१५, ९–११, ११–८, ११–५ को नतिजा निकालेका छन् । क्वार्टर फाइनलमा अरहान्तले पाकिस्तानका नासिर एकवालसँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टर फाइनलमा नासिरलाई हराउन सके अरहान्तको कम्तीमा काँस्य पदक पक्का हुनेछ ।

दुई वर्ष बेलायतको वाइस्लिफे कलेजमा पढेर नेपाल फर्किएका अरहान्त सागको छनोट प्रतियोगितामा च्याम्पियन भएका थिए ।

शनिबारकै अर्को खेलमा पहिलो बरियतामा अमृत थापामगर बङ्गलादेशका मोहमद सुमनसँग ३–२ को सेटमा पराजित भएका छन् ।

पहिलो सेटमा ११–९ को अग्रता बनाएका अमृत दोस्रो र तेस्रो सेटमा क्रमशः ६–११, ५–११ ले पछि परे । चौथो सेटमा ११–३ को अग्रता बनाए पनि अन्तिम सेटमा अमृत ११–५ ले पराजित भएका थिए ।

सागको पौडीमा दुई राष्ट्रिय रेकर्ड ब्रेक

भारतमा जारी १२औँ दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीका दुई खेलाडीहरुले राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् ।

शनिबार गुवाहाटीमा भएको खेलमा शोफिया शाह र गौरिका सिंहले पुरानो राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेका छन् । दुवैले हिट्स चरणमा नयाँ रेकर्ड कायम गरेका हुन् ।

शोफिया शाहले २०० मिटर फ्रिस्टाइलतर्फ २ मिनेट १३ दशमलव ८१ सेकेन्डमा नयाँ रेकर्ड कायम गरिन् । उनले गौरिका सिंहको नाममा रहेको १ मिनेट १४ सेकेन्डको रेकर्ड ब्रेक गरेकी हुन् ।

त्यस्तै गौरिका सिंहले १०० मिटर बटरफ्लाइमा नयाँ रेकर्ड कायम गरेकी छन् । उनले २ मिनेट १४ दशमलव ६८ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भइन् ।

बाह्रौँ दक्षिण एसियाली खेलकुदमा आठ प्रतिस्पर्धीको सामना गरेकी गौरिका पाँचौँ हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन् । त्यस्तै सोनिरा विष्ट २०० मिटर ब्रेस्टोकमा आठौँ भएकी छन् ।

उनले ३ मिनेट १८ दशमलव ११ सेकेन्ड समय लिँदै आठौँ भएकी हुन् । त्यस्तै २०० मिटर ब्रेसस्टोकमा शुभम् श्रेष्ठ पाँचौँ भएका छन् । उनले २ मिनेट ५० दशमलव ४५ सेकेन्डमा दूरी पार गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending