Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एसएलसी सकिएलगत्तै विद्यार्थीलाई परिचयपत्र वितरण गरिने

\"Office-of-the-Controller-of-Examinations\"काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो । यसबारे जानकारी दिँदै परीक्षा नियन्त्रक खगेन्द्र नेपालले भने एसएलसीको नतिजा सार्वजनिक हुँदा परीक्षार्थीको विवरण गल्ती आउने हुँदा विद्यार्थीलाई सच्याउन धेरै दिन लाग्ने र दुःख हुने भएकाले यसपटक त्यस्तो गल्ती कम गर्न परीक्षा सकिएको दिन परीक्षार्थीले परीक्षा फाराममा लेखेकोे विवरण उल्लेख गरी परिचयपत्र वितरण गर्ने भएका छौँ ।” यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने उनले आग्रह समेत गरेका छन । यसले परीक्षाफल सार्वजनिक गर्दा परीक्षार्थीको विवरणमा हुने गल्ती निकै कम हुने उनले दावी गरे । यस वर्ष लेटर गे्रडिङ प्रणालीमा परीक्षाफल सार्वजनिक गर्ने भएकाले परीक्षाफल सार्वजनिक हुनअघि कुनै गल्ती नहोस् भनेर यस्तो व्यवस्था गर्न लागेको हो । यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको जसमध्ये सबभन्दा धेरै काठमाडौँमा ९५ केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक केन्द्र निर्धारण गरिएको छ । आगामी चैत १८ गतेबाट सुरु हुने एसएलसी परीक्षामा यस वर्ष देशभरबाट छ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक नेपालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: