Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यसरी व्यवस्थित गर्दै छन् प्रचण्ड- आफु र पार्टीलाई

\"prachanda-intकाठमाडौं । सोमबार एमाओवादी मुख्यालय पेरिसडाँडामा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार भेटघाटका लागी मिडियाकर्मीहरुलाई निम्त्याएका थिए । पत्रकारहरु जम्मा भइसक्दा समेत प्रचण्ड भने पदाधिकारीहरुसँगको छलफलमा छन् भन्ने सुचना आयो । पत्रकारहरुविच खासखुस चल्न थाल्यो –कतै प्रचण्डले कुनै ठुलै घोषणा गर्न लागेका त होइनन् ? पछि प्रचण्डको सचिवालय मार्फत थाहा भयो कि प्रचण्डले पत्रकारहरुसँग बोल्नुअघि उपलब्ध पदाधिकारीसँग ‘बोल्ने विषय’का बारेमा छलफल गरेका थिए । केही समयअघि एमाओवादीको सहायक संगठन वाइसीएल नेपालको राष्ट्रिय भेलामा पुगेका प्रचण्डले उसैगरी नेतृत्व छनौटको प्रक्रियालाई चूनावमा लैजाने की सहमतिमार्फत गर्ने भन्ने विषयमा एक्लै निर्णय गरेका थिएनन् । उनले दिउसो लगत्तै स्थायि समिति बोलाएर निर्णय गराए । प्रचण्डको सचिवालयका सदस्य प्रकाश दाहालका अनुसार कुनै पनि निर्णय प्रचण्ड आजकल एक्लै गर्दैनन् । पदाधिकारी वा स्थायि समितिमा माइनट गराएर मात्रै गर्ने गरेका छन् । भ्याएसम्म पेरिसडाँडा आउँछन् प्रचण्ड आजकाल भ्याएसम्म दिनको एकपटक पेरिसडाँडाको मुख्यालयमा आउँछन् । नेता कार्यकर्तासँग पार्टी कार्यालयमै छलफल गर्छन् र कार्यकर्तालाई समय दिन्छन् । पछिल्लो केन्द्रिय समितिको बैठकपश्चात लगातार प्रचण्ड पेरिसडाँडा आउन थालेका हुन् । सचिवालय व्यावस्थित प्रचण्डले आफ्नो निजी सचिवालयमा पूरानो टिममा परिवर्तन मात्रै गरेनन् थप मजबुत र व्यवस्थित समेत बनाएका छन् । उनको निजी सचिवालयले सकेसम्म कामहरुको व्यवस्थापनमा कुनै आलोचना हुन नपाओस् भनेर ध्यान दिने गरेको देखिन्छ । सचिवालयले प्रचण्डको वेभसाइड दैनिक अपडेट गर्ने, मोबाइल एप्स निर्माण तथा संचालन गर्ने, फेसुबक तथा ट्विटरजस्ता सामाजिक संजाललाई संचालन तथा अपडेट गर्ने काम गरिरहेको छ । ति समाजिक संजाल तथा वेभहरुमा प्रचण्डको कार्यक्रम तालिका समेत सार्वजनिक गर्ने गरिएको छ भने प्रचण्ड आफै पनि नियमित रुपमा ति संजाल तथा साइडहरु भिजिट गर्ने गरेको सचिवालय सदस्य प्रकाश दाहालले बताए । निर्णय गर्दा संस्थागत गर्न प्रचण्ड पछिल्लो समय बढी नै तल्लिन् छन् । ‘हिजोहिजो गलत भए प्रचण्डलाई अपजस र सहि भए अरुलाई जस जाने जस्तो भएको थियो’–सचिवालयका एक सदस्इले बताए । अब जसअपजस दुवै संस्थागत भएको छ । प्रचण्डको व्यवस्थापनबाट पार्टी तथा प्रचण्ड आफै समेत व्यवस्थित हुँदै गएको अनुभूति माओवादी नेता तथा कार्यकर्ताले गर्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: