Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जनाधिकार मंच दक्षिण कोरिया ख्याङग्नाममा न्यौपाने

काठमाण्डौं । जनाधिकार मंच दक्षिण कोरिया ख्याङग्नाम प्रोभिन्सको अध्यक्षमा ईश्वर न्यौपाने निर्वा्चित भएका छन । कोरिया ख्याङग्नाम प्रोभिन्स (किम्हे, बुसान,छांग्वांन, जिन्जु, गजे) क्षेत्रकालागी जनबरी ३१ मा भएको क्षेत्रीय अधिवेशनबाट न्यौपाने निर्विरोध निर्वा्चित भएका हुन । नयाँ नेतृत्वका लागि ख्याङ्नाम, किम्हेमा क्षेत्रीय अधिवेशन भएको थियो । जनाधिकार मंच दक्षिण कोरिया एनेकपा माओवादीको प्रवासी संगठन हो । \"12636940_795691243868122_1094904265_o\" अधिबेसनमा राजदुत कमान सिंह लामा प्रमुख आतिथिको रुपमा उपस्थिति थिए । कोरियामा जनअधिकार मञ्चको केन्द्रीय अधिवेशन नजिकिदै गरेको माहोलमा भएको क्षेत्रीय अधिबेशनले थप उर्जा प्रदान गरेको ठहर गर्दै मञ्चले सबैको उत्साहको लागि एकमुष्ट धन्यवाद ज्ञापन गरेको छ । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रशान्त राज बानियाँको अध्यक्षतामा भएको अधिबेशनमा किम्हे बुसान क्षेत्रमा सकृय समाजसेवीको रुपमा परिचीत यज्ञ राज सुवेदी, मञ्चका बर्तमान अध्यक्ष गणेश कालिकोटे, संरक्षक दिलिप धिताल, सल्लाहकार ईन्द्र माया तामाङ तथा स्थानीय बुद्धिजीवी तथा संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । एन आर एन, एन सी सी, मगर संघ, जन सम्पर्क समिति, ओ एन एफ, जिन्जु कोरिया एकता समाज लगायत दर्जन बढी क्षेत्रीय संघ सस्था स्पोर्ट्स क्लबका प्रतिनिधिहरु तथा मञ्चप्रति आस्थावान कोरियाबासी नेपाली समुदायको उल्लेख्यमात्रामा उपस्थिति रहेको थियो । अधिबेशनमा स्वागत मन्तव्य ईश्वर न्यौपानेले राखेका थिए भने कार्यक्रम संचालन र व्यवस्थापन ईश्वर कटायतले गरेका थिए । बर्तमान राजनीतिलाई सहकार्य र सहमतिबाट समाजमा सकारात्मक परिवर्तनको लागि जोड्नु पर्ने भन्दै धेरै बक्ताहरुले नेपाली राजनीतिले निराशाको बिचमा संभावनाको द्वार खोलेको तर्फ संकेत गरेका थिए भने राजनीति पनि समाज सेवाको राम्रो माध्यम भएकोले सबैले प्रवाशमा रहदा बस्दा यहाँको समस्यालाई हातेमालो गर्दै समाधान खोजिनु पर्नेकुरामा जोड दिएका थिए । कार्यक्रममा राजदुत लामाले कोरियाको पश्चिमी क्षेत्रमा हुने हरेक सामाजिक कामबाट आफू प्रभाबित भएको र यसले नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्न सक्ने धारणा सहित अधिबेशन सफलताको शुभकामना ब्यक्त गरे । समाजसेवी यज्ञ सुवेदीले राजनीति र समाजसंगै जोडेर लैजादा मात्र समाजको संतुलित बिकाश संम्भव रहेको बताए ।  नवनिर्वा्चित कमिटिलाई मञ्चका केन्द्रीय अध्यक्ष तथा निर्वाचन मण्डल संयोजक गणेश कालीकोटेले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।  ईश्वर न्यौपानेको अध्यक्षतामा निर्बाचित २१ सदस्यीय पदाधिकारीहरुमा तिन उपाध्यक्ष, निरज पाण्डे,नोविन्द्र कटुवाल, र रबि सुवेदी रहेका छन । समितिको सचिव सन्तोष राइ, सह सचिब सागर पोखरेल र सन्जु थापा कोषाध्यक्ष मा निबाचीत भएका हुन । सदस्यहरु– अनिश गुरुङ, धनु थापा, मिलन तामाङ, गणेश कुमार गौतम, राजन अधिकारि, मोहन अधिकारि, पाल्साङ पाख्रीन, राजेन्द्र भण्डारी, सुसान्तराज बानियाँ, स्वस्तिक चौलागाईं र सुजाता बस्नेत लगाएत रहेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: