Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

एसपीसहित १८ प्रहरी कारबाहीमा

काठमाडौं । धनकुटाका विभिन्न ठाउँमा हुने व्यावसायिक गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना प्रहरी कारबाहीमा परेका छन् । गाँजाखेती संरक्षणमा धनकुटा प्रशासन, राष्ट्रिय अनुसन्धान आयोग र सशस्त्र प्रहरी बलको पनि संलग्नता देखिएको छ ।\"Dhankuta\" अञ्चल प्रहरी कार्यालयका एसएसपी पवन खरेलको नेतृत्वमा बनेको छानबिन समितिले धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डे सहितलाई कारबाही गरेको हो । पाण्डेसहित १४ प्रहरीलाई नसिहत दिइएको छ । तल्लो तहका प्रहरीले गाँजा खेतीका बारेमा पाण्डेलाई जानकारी गराए पनि फाड्ने आदेश नदिएको बताइएको छ । नसिहत पाउनेको एक वर्षसम्म बढुवा हुदैन । उनीहरू एक वर्ष विदेश जान पाउदैनन् भने एक वर्षसम्म पुरस्कृत पनि हुदैनन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट सरुवा भइसकेका प्रहरी निरीक्षक नारायण भट्टराईलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । त्यसअघि प्रहरी चौकी त्रिवेणीका असई नरेश विक, प्रहरी चौकी आँखिसल्लाका असई लोकबहादुर धिमाल र जिल्ला प्रहरी कार्यालय धनकुटाका घुमुवा असई शिव शर्मा निलम्बनमा परेका थिए । निलम्बनमा परेकाहरूको जागिर नै जानसक्ने बताइएको छ । उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । ठुलो कारबाही गर्न निलम्बन गरिएको बताउँदै एसएसपी खरेलले उनीहरुले जागिरबाटै हट्नुपर्ने हुनसक्ने बताए । छानबिन समितिले आरोपित प्रहरी र स्थानीयबासीसँग सोधपुछ गर्दा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र सशस्त्र प्रहरीको पनि संलग्नता रहेको खुलेको थियोे । छानबिन प्रतिवेदनले उनीहरू प्रति पनि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । धनकुटाको छिन्ताङ, आहाले, खोकु र मुगा गाविसमा हुँदै आएको गाँजा खेतीबाट छिन्ताङ निवासी योगेन्द्र राई र कुमार मंग्रातीले प्रहरी प्रशासनका लागि रकम उठाउने गरेका थिए । करिब एक करोड रुपैयाँ उठाएर दुवै जना फरार भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending