Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

वैदेशिक सहायता ऐन ल्याउन सरकारलाई निर्देशन

\"baideshik-rojgar-mahila\" \"baideshik-rojgar\"काठमाडौं । वैदेशिक सहायता नीति, २०७१ लाई परिमार्जन गर्दै वैदेशिक सहायता ऐन ल्याउन सरकारलाई निर्देशन दिइएको छ। व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको साेमवारको बैठकले सरकारलाई सो निर्देश गर्दै वैदेशिक सहायता स्वीकार गर्दा राष्ट्रिय हितलाई ध्यान दिन समितिले आग्रहसमेत गरेको छ। समितिले दातृ निकायलाई सोझै समुदायमा पुग्न नदिई सरकारमार्फत रकम खर्च गर्ने पद्धतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन, साना आयोजनाभन्दा ठूला आयोजनामा मात्र वैदेशिक सहायता ग्रहण गर्न, वैदेशिक सहायताबाट सञ्चालित आयोजनाका नियमित अनुगमन तथा मूल्याङ्कन पद्धति स्थापना गर्न पनि सरकारलाई निर्देश गरेको छ । चालु आवमा रु २८ अर्ब ३९ करोड २१ लाख ३० हजार ९६३ परिचालन भइराखेको छ । बैठकमा समितिका सदस्यले वैदेशिक सहायतालाई सरकारले एकद्वार पद्धतिद्वारा खर्च गर्ने नीतिलाई कडाइका साथ लागू गर्न जोड दिएका थिए । उनीहरूले चालु आवलाई बजेट कार्यान्वयन वर्ष घोषणा भएका हुँदा विनियोजित बजेट खर्च हुन नसक्ने परम्परालाई अन्त्य गर्न, सरकारको खर्च गर्ने क्षमतालाई बढाउन पनि सुझाव दिएका थिए । समितिका सदस्य भरत खड्का, लालबाबु यादव, राजन भट्टराई, ललिता रेग्मी, प्रेमा लामा, अमर शर्मा, रामचन्द्र साह, अशोकुमार मण्डलले सरकार वैदेशिक सहायता लिन अगाडि भएजस्तै बजेट खर्च गर्न पनि अगाडि देखिनुपर्ने बताए । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले मन्त्रालयअन्तर्गत २३ परियोजनाका लागि रु सात अर्ब १६ करोड ४९ लाख ९८ हजार ७०२ विनियोजन भएको जानकारी गराउँदै आयोजनाका नियमित समीक्षा तथा दातृ निकायसँग पनि आवधिक प्रगति समीक्षा हुने गरेको जानकारी दिए। स्थानीय स्वायत्त शासन ऐनले मार्गदर्शन गरेका क्षेत्रमा वैदशिक सहायता लिने गरेको उनले बताउँदै सहायतालाई पारदर्शी बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताइन् । सोही मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले एक जिल्ला एक राष्ट्रिय कार्यक्रमको अवधारणाले वैदेशिक सहायता परिचालन भएको जानकारी दिए। अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले मन्त्रालयले बजेट व्यवस्थापन तथा उत्तरदायी ऐन ल्याउन लागेको जानकारी दिँदै यसले सरकारको बजेट खर्च गर्ने क्षमतालाई थप वृद्धि गर्ने बताए। (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: