Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मधेस आन्दोलनसँगै भैरहवामा चोरको विगविगी

\"bhairahawa\"भैरहवा । लामो समयको मधेस आन्दोलनसँगै केही समय यता रुपन्देहीको भैरहवामा चोरको विगविगी बढेको छ । प्रहरीको चौविसै घण्टा निगरानी हुने ठाउँमा नै चोरी हुन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । दैनिकजसो चोरहरुले नगरक्षेत्रमा चोरी कार्यलाई तीव्रता दिँदा पनि प्रहरीले चोर समात्न नसकेको नगरवासीको गुनासो छ । अहिले भैरहवाको अञ्चलपुर, नयाँ सडक, किसोरपुर, गल्लामण्डी, दुर्गा क्लोनी लगायतका क्षेत्रमा लगातार चोरी भइरहेका छन् । चोरले विशेष गरी रातिको समयमा चोरी गर्ने गरेका प्रहरीले जनाएको छ । पुस महिनाको दोस्रो साता नयाँ सडकमा रहेको साई मोटर पार्टसको सटरमा लगाएको ताला तोडी चोरले २ लाख ५० हजार मुल्य वरावरको हेलमेट, मोविल,ग्लोप्स, क्लोज प्लेट लगायतका समानहरु चोरी गरेको थियो । मोटर पार्टसका प्रोपाइटरले चोरी भएको निवेदन जिप्रका रुपन्देहीलाई दिए पनि अहिलेसम्म प्रहरीले चोर समात्न सकेको छैन । मोटर पार्टसका सञ्चालक अनिष कशौधनले पसल चोरी भएदेखि आफु रातीको समयमा ढुक्क भएर सुत्न नसकेको बताए । पुसको अन्तिम साता पत्रकार शम्भु पन्तको घरमा राति चोरले किचनमा रहेको ग्यास सिलिन्डर चोरी गरि भाग्यो पत्रकार पन्तले प्रहरीलाई खवर गरेपनि  चोर समात्न सकेन । पुसको अन्तिम साता नै दुर्गा क्लोनीमा गणेस थापाको घरमा पानि तान्ने मोटर ,सिनपा ७ कान्छी वजारमा रहेको महेश पन्थीको कोल्ड स्टोरमा २५ हजार मुल्य वरावरको समान र नगद,सिनपा ७ मा नै यादव डेरिमा पनि १० हजार मुल्य वरावरको दुधजन्य पदार्थ र नगद  चोरी भएको प्रहरी रेकर्डमा देखिन्छ तर प्रहरी चोर पक्रन सकेको छैन । सिनपा वडा नम्वर ९ मा रहेका सकुन्तला अर्यालको घरको झयाल फोडी चोरले मोवाइल, केहि नगद र सुनको औठी चोरी गरेर फरार भयो । प्रहरीलाई खवर गरे पनि चोर पत्ता लगाउन नसकेको उनिहरुको गुनासो रहेको छ । नयाँ सडक स्थित जनकपथमा रहेका मनकामना ग्यास डिलर्स र पञ्चामृत डेरीमा माघको पहिलो हप्ता चोरले सटरमा लगाएको ताला तोडी ५० हजार मुल्य वरावरको समान र नगद चोरी गरेको छ । प्रहरी यहा पनि चोरी गर्ने चोर  तथा चोरी भएको समान पत्ता लगाउन असफल भएको डिलर्स तथा डेरी सञ्चालकहरु बताउँछन्  । डेरीकी सञ्चालक जानकीदेवी पौडेलले शान्ति सुरक्षामा वस्ने प्रहरीहरुले भैरहवाका दर्जनौ पसलहरुमा चोरी हुँदा पनि चोर पक्राउ गर्न नसक्नु दुर्भाग्य भएको वताइन् । गल्लामण्डीमा एक टुर एण्ड ट्राभल र चोरी भएका सबै क्षेत्र जिल्ला प्रहरी कार्यालयको ५० मिटर देखी १ सय ५० मिटरको नजिकको क्षेत्रमा पर्दछन भने वडा प्रहरी कार्यालय, प्रहरी विटहरुको छेउछाउमा रहेका छन् । जुन क्षेत्रमा २४ औ घण्टा प्रहरीको निगरानी र गस्ती हुने गरेको प्रहरीको भनाई छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले प्रहरीको फिलतो शान्ति सुरक्षाका कारण व्यापारीका प्रतिष्ठानहरु असुरक्षित भएको जनाउदै दैनिक चोरीका घटना बढिरहेको जनाए । उनले भने, ‘दर्जनौ ठाउमा चोरी हुदापनि चोर पक्रन रुपन्देही प्रहरी असफल भयो । अहिले व्यापारी तथा उद्योगीहरु चोरको त्रासमा रहेकाले शान्ति सुरक्षामा समस्या परेको छ ।’ उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव नारायण भण्डारीले व्यापारीहरुका पसल चोरी हुदा र व्यक्तिका घर चोरहरुको निसानामा परिरहदा पनि प्रहरी मौन हुनुको रहस्य पत्ता लगाउन नसकिएको जनाए । समाजमा शान्ति सुरक्षा कायम गर्नका लागी रुपन्देही प्रहरी असफल जस्तै भएकोले व्यापारीको सुरक्षाको लागी जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी समक्ष डेलिगेसन जाने तयारी गरिएको समेत महासचिव भण्डारीले बताए । समाजमा वढदो वेरोजगार, भारतीय नाकावन्दी, महत्वकांक्षी भावना र अशिक्षाले समेत समाजमा चोरी गर्ने वाटोतिर युवा शक्तिलाई प्रेरित भएको त्रिभुवन बिश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजाल बताउँछन् । सीमाक्षेत्रमा भारतीय समेत चोरी गर्न आउने हुनाले यसको समाधानमा शुरक्षा निकाय चनाखो हुनु पर्ने उनी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले चोरी गर्ने बिरुद्ध प्रहरी अप्रेशन जारी रहेको भन्दै केहि पक्राउ परेको र अनुसन्धान भइरहेको वताए । चोरी नियन्त्रणमा रातिको समयमा  १५ वटा प्रहरी गस्ती शिविल र युनिफर्ममा खटाइएको भन्दै प्रहरी उपरीक्षक गुरुङले प्रहरी जनताको सुरक्षामा सदैव चनाखो भएर काम गरिरहेको जनाए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले समाज अस्थिर भएकाले सुरक्षा निकायको ध्यान अन्यत्र मोडिएको अवस्थामा केहि गलत मनोभाव भएका मानिसहरुले चोरी कार्यलाई निरन्तरता दिएकाले सुरक्षा निकायले यसको नियन्त्रणमा तदारुकताका साथ लागेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: