Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

देउवाको हातमा कांग्रेस विरासत !

काठमाडौं । कोइराला खानदान जस्तो पारिवारिक विरासतबाट नभई आफ्नै बलबुतामा कांग्रेसमा स्थापित नेताको नाम हो शेरबहादुर देउवा । उनी तीनपटक देशको प्रधानमन्त्री बनिसकें । तर, कांग्रेसको पार्टी सभापति भने बन्न  सकेका छैनन् । पार्टी फुटाएर सभापतिको बनेको इतिहास भए पनि एउटै बनेको कांग्रेसको सभापति उनी बन्न सकेका छैनन् । तर, गिरिजाकालीनदेखि सुशीलकालीन कांग्रेसमा कोइरालाहरुलाई हल्लाउने देउवा यसपटक निक्कै  प्रभावशाली देखिएको राजनीतिक विश्लेषक र कांग्रेस नेताकै टिप्पणी छ । \"DEUBA\"राजनीतिक निरन्तरता, शक्तिशाली गुटगत प्रभुत्व, शक्तिको प्रयोग र एकपटक आफूलाई अवसर दिन भन्दै उनी यसपटक सभापतिका लागि होमिंदै छन् । आफू सभापतिमा पुग्न नसकेको भन्दै एकपटक आफूलाई न्याय गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई अपिल गरेका छन् । देश दौडाहा अभियानका क्रममा सुदुरपश्चिमदेखि चितवनसम्म आइपुग्दा प्रत्येक जिल्लामा देउवाले यसपटक आफूलाई जिताउन कार्यकर्तालाई अपिल गरेका छन् । आफूले जिते कांग्रेसको गुटबन्दी अन्त्य हुने दाबी गर्दै  सान्त्वना बटुल्ने प्रयास पनि उनले  गरेका छन् । भातृ संस्थामा प्रभाव, संसदीय दलमा बढ्दो प्रभाव, जिल्ला सभापतिमाथिको पकड जस्ता सवल पक्ष देउवाको देखिएका छन् । अर्कोतिर संस्थापनसँग असन्तुष्ट रहेका नेताहरुलाई आफूतिर ल्याउन उनले गरेको पहलले पनि उनी यसपटक संस्थापनको उम्मेदवारसँग चर्को प्रतिस्पर्धी देखिने अनुमान भइसकेको छ । अझै पाँच वर्षमा पार्टी संचालनका लागि भएका कमजोरीलाई देउवाले यसपटक मुद्दा बनाउँदैछन् । भद्रगोल भातृ संस्था, अलपत्र ४२ विभाग, नबनेको केन्द्रीय कार्यसम्पादन समिति, चुनावमा टिकट बाड्ने संसदीय बोर्डको निर्वाचन गर्नुपर्ने जस्ता विषय उठाउँदै देउवा आफ्नो पक्षमा माहोल बनाउदै कार्यकर्ताको मन जित्ने प्रयासमा छन् । यद्यपी पार्टी संचालनका लागि भएको संस्थागत भागबण्डाको दोषबाट भने देउवा पनि उम्कन सक्ने अवस्था छैन । ६० र ४० को भागबण्डामा दोस्रोमा आफ्नो राजनीतिक  लाभ लिंदै आएका उनलाई यो अभ्यासबाट आलोचना गरिन्छ । देश दौडाहाको क्रममा आफूले जिते भागबण्डा अन्त्य गर्ने बताएर गलत अभ्यास हुँदै आएको उनी स्वयंले स्वीकारेका छन् । अर्कोपक्ष संस्थापन पक्षमा भएको भद्रगोल र अनुशासनहिनताको फाइदा पनि देउवाले लिन सक्ने देखिन्छ । संस्थापनका धेरै नेता आकांक्षी हुनु र असन्तुष्ट आफूले ल्याउन सक्ने देउवाको अर्को अस्त्र हुनेछ । ‘धेरै विषय हामीतिर अनूकूल छ’ देउवा पक्षीय एक नेता भन्छन्, ‘यसपटक कार्यकर्ताहरु पनि एकपटक देउवालाई हेरौं न त, कोइरालाहरुको शासन अति भो भन्नेमा छन् ।’ कोइरालाको कार्यकाल कमजोर भएकै कारण उनको पकड कम हुँदै जाँदा र स्वास्थ्यस्थितिले पनि कमजोर भएकाले प्रचारप्रसार र कार्यकर्ता भेटघाटलाई पनि समय दिन नसकेको कारण पनि देउवाले त्यसको फाइदा पनि लिइरहेका छन् । कोइराला पक्षका रामचन्द्र पौडेलले आफैलाई भोट माग्दै हिडेका छन् । त्यसैले १३ औं महाधिवेशनबाट आफूले कांग्रेसको कोइराला एकाधिकार तोड्दै कांग्रेसको सत्ता हत्याउन देउवा जस्तोसुकै हतकण्डा अपनाउन पनि पछि पर्ने छैनन् । संस्थापनका असन्तुष्ट ठूलै नेतालाई महाधिवेशन नजिकिंदै गर्दा आफूतिर तान्ने तयारी गरेको देउवा पक्षको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies