Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

वाईसीएल पुनः सक्रिय, विज्ञान बने अध्यक्ष

काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा दस्ता योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को तीन दिनसम्म राजधानीमा भएको राष्ट्रिय भेलाले आरसी शर्मा ‘विज्ञान’लाई अध्यक्ष चुनेको छ ।\"YCL शर्मा यसअघि वाईसीएलको कार्यवाहक अध्यक्ष थिए । तत्कालिन नेकपा माओवादीले जनयुद्धबाट शान्ति प्रक्रियामा आएसँगै संयुक्त राष्ट्रसंघको प्रमाणिकरणमा नपरेका लडाकु युवाहरुलाई समेटेर वाईसीएल गठन गरेको थियो । शान्ति प्रक्रियामा आएसँगै गठन गरिएको युवा दस्ता छोटो समयमै चर्चित बनेको थियो । सामाजिक कार्यदेखि जनकारबाहीसम्मका कामहरु पनि वाईसीएलले गर्न थालेपछि त्यतिबेला वाईसीएलले कानून हातमा लिने काम गरेको भन्दै निकै आलोचितसमेत बनेको थियो । वाईसीएलको आक्रामक संगठन देखेर अन्य राजनीतिक दलले वाईसीएल विघटन गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए । छोटो समयमै चर्चा बटुलेको वाईसीएल पछिल्लो समय भने निश्क्रिय रहेको छ । माओवादीको विभाजनसँगै कमजोर बनेको वाईसीएलले पछिल्लो समयमा राष्ट्रियस्तरका गतिविधिहरु गर्न सकेको छैन । लामो समय निश्क्रिय बनेको वाईसीएललाई पुनः सक्रिय बनाउनकै लागि राजधानीमा राष्ट्रिय भेला आयोजना गरिएको वाईसीएलले जनाएको छ । भेलाले पुरानो कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सात उपाध्यक्ष र सात सचिवसहित १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद चौलागाई ‘शैलेन्द्र’, लीला शर्मा ‘अस्मिता’, युवराज दुलाल ‘शरद’, दुर्गा अधिकारी ‘उद्गम’, हरेन्द्र यादव ‘नन्द’, राम कडरीया ‘शिखर’ र शिब फुयाँल रहेका छन् । वाईसीएलको महासचिवमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् । यस्तै सचिवमा देवजङ्ग शाही ‘अग्नी’, मणि राई, क्षीतिज लामिछाने, नारायण जिसी ‘निर्मल’ लालेन्द्र मण्डल, नरेन्द्रप्रसाद पाण्डे ‘जेम्स’ र मीनबहादुर लामा ‘ज्वाला’ र कोषाध्यक्ष सुबोध सिर्पाली चयन भएका छन् भने कोषाध्यक्ष सुबोध सिर्पाली चुनिएका छन् । भेलाले १ सय ५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । ‘नयाँ सबिधानका उपलब्धीहरुकालाई संस्थागत गदैं समाजवादको दिशामा अघि बढौँ, राष्ट्रिय स्बाधिनतासहित समृद्ध नेपालको निर्माण गर्न वाईसीएल निर्माण गरौं’ भन्ने नाराका साथ तीन दिनसम्म चलेको भेलाले देशब्यापी रुपमा संगठनविस्तार गर्ने तथा सशक्त कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । केही समयदेखि सुस्ताएको वाईसीएल पुनः परिमार्जित र सशक्त ढंगले क्रियाशील रहने नवनियुक्त अध्यक्ष शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies