Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

बाबुरामभन्दा अघि अशोक राईले बनाएका थिए नयाँ शक्ति

काठमाडौं । एकीकृत माओवादी परित्याग गरेका डा.बाबुराम भट्टराईले मुलुकमा नयाँ शक्तिको आवश्यकता भएको भन्दै नयाँ पार्टी बनाए पनि त्यो भन्दा अघि अशोक राईले नयाँ शक्ति बनाएका थिए । एमालेबाट छुट्टिएर अशोक राई समूहले मुलुकमा अब नयाँ शक्तिको खाँचो रहेको भन्दै आफूहरुले गठन गरेको संघीय समाजवादी पार्टीलाई नयाँ शक्तिको रुपमा प्रचार गरिएको थियो । \"ashok-rai\"नेपाली समाज वहुलतायुक्त समाज भएको भन्दै उक्त पार्टीले नेपाललाई अनिवार्य रुपमा वहुल राष्ट्रिय राज्यमा रुपान्तरित गर्ने नेपाली जनताको परिवर्तनको यो आकाँक्षालाई सम्वोधन गर्न नयाँ शक्तिको आवश्यकता रहेको औंल्याएको थियो । एमाले छाडेर अशोक राई नेतृत्वको नयाँ पार्टी घोषणाकै सन्दर्भमा पेश गरिएको दस्तावेजमा पूँजीवादी व्यवस्थाले पनि देशमा विद्यमान आार्थिक असमानता र वर्गीय विभेदलाई समाप्त गर्न नसकेकाले देशमा समाजवादको स्थापना गर्न नयाँ शक्तिको आवश्यकता रहेको उल्लेख छ । अशोक राईले जस्तै झण्डै एक दर्जन डाक्टर र आधा दर्जन बढी कालाकारहरु समेटेर नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद गठन गरेका भट्टराईले पनि समाजवाद उन्मुख नेपालको निर्माणमा जोड दिएका छन् । अन्तरिमक केन्द्रीय परिषद घोषणा गर्दै भट्टराईले भनेका छन्– ‘अव राजनीतिक अधिकार प्राप्तिको संघर्ष गौण र आर्थिक अधिकार सहितको राजनीतिक अधिकार मुख्य बिषय बनेको छ । उच्चदरको उत्पादन बृद्धि, भौतिक तथा मानवीय विकास, समन्याय र सम्बृद्धिका साथ प्रत्येक ब्यक्तिको क्षमताको पूर्णविकास र उपयोग हुनसक्ने समाजवाद–उन्मुख नेपालको निर्माण नेपाली राजनीतिको मुख्य कार्यभार भएको छ ।’ राईले आफूहरु नयाँ शक्तिका रुपमा उदाएको घोषणा गरे पनि दोस्रो संविधानसभाले नयाँ शक्तिको औकात देखाइदियो । अहिले मधेसको क्षेत्रीय राजनीति गरेको मधेसी जनाधिकार फोरम, नेपालसँग एकता गर्दै उपेन्द्र यादवलाई नेतृत्व दिँदै संघीय समाजवादी फोरम बनाइएको छ । एमाले छाडेर नयाँ शक्ति भन्दै नयाँ पार्टी बनाएका रार्इले जस्तै एमाअाेवादी छाडेर भट्टरार्इले नयाँ पार्टी बनाएका छन् । जसकाे अाइतबार मात्रै ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद गठन गरेका छन् । २०६९ मंसिर ७ गते नयाँ शक्तिका रुपमा संघीय समाजवादी पार्टी नेपालले नयाँ शक्ति आश्यकताबारे १० कारणसमेत सार्वजनिक गरेको थियो । \"federalsocilist-announce\" नयाँ शक्तिको आवश्यकताबारे यस्ताे थियाे राईको १० कारण १. नेपाली समाज वहुलतायुक्त समाज हो । यहाँ विभिन्न मानव समुदायहरु खास खास स्थानहरुमा सघन रुपमा वसोवास गरिरहेका छन् । इतिहासमा तिनिहरुका साना ठूला जनपदीय राज्यहरु थिए जुन राष्ट्रिय राज्यको रुपमा विकसित हुने क्रममा थिए । तर वि.स. १८२५ को राज्य विस्तारपछि तिनिहरुवीच साझेदारीको सट्टा नेपालमा तिनिहरुको अस्तित्व नामेट गर्ने र तिनिहरुलाई जर्बजस्ति विलयीकरण गरी एकल राष्ट्रिय राज्य वनाउने कार्य भयो । अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई वहिस्करणमा पारिए । गत क्रान्तिको पूरकको रुपमा भएको मधेस आन्दोलन र थरुहत लगायत आदिवासी जनजातिहरुको आन्दोलनले नेपाललाई केन्द्रीकृत र एकात्मक ढाँचावाट जातीय, भाषिक, साँस्कृतिक र क्षेत्रीय स्वायत्ततामा आधारित पहिचान सहितको संघीय राज्यमा परिणत गर्ने तथा संयुक्त राष्ट्रसंघको नीति अनुरुप आत्म निर्णयको अधिकार र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ लागू गर्ने प्रतिवद्धता व्यक्त भयो । यसले नेपाललाई अनिवार्य रुपमा वहुल राष्ट्रिय राज्यमा रुपान्तरित गर्ने छ । नेपाली जनताको परिवर्तनको यो आकाँक्षालाई सम्वोधन गर्न नयाँ शक्तिको आवश्यकता रहेको छ । २. नेपाली समाज भोक, रोग, गरिवी, आार्थिक असमानता र वर्गीय विभेदले पिरोलिएको छ । यसवाट जनतालाई मुक्त गने एक मात्र वाटो समाजवाद हो । २०६२/६३ सालमा भएको शान्तिपूर्ण जनक्रान्तिले नेपालमा लामो समयदेखि सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रलाई उखेलेर फालिदिएको छ । विश्वमै किर्तिमानी जनक्रान्तिको रुपमा चर्चित उक्त क्रन्तिले नेपालमा राजतन्त्र र जनतावीचको संघर्षमा जनताको विजयको शंखघोष गरेको छ । देशको सामाजिक आर्थिक व्यवस्थामा रहेको पूँजीवादको वढ्दो प्रभावलाई राजतन्त्रको अन्त्यले अझ फराकिलो वनाई दिएको छ र मुलुक अहिले पूँजीवादी युगमा प्रवेश गरेको छ । तर पुँजीवादी व्यवस्थाले पनि देशमा विद्यमान आार्थिक असमानता र वर्गीय विभेदलाई समाप्त गर्न सक्दैन । त्यसैले देशमा समाजवादको स्थापना गर्न नयाँ शक्तिको आवश्यकता छ । ३. नेपालको राष्ट्रियता यहाँका हजारौं वीर सपूतहरुको वलिदानीपूर्ण संघर्षले सिंचिएको छ । तर यहाँको राजनीतिक शक्तिहरुले यसलाई सत्ता स्वार्थका लागि सौदावाजीको विषय वनाउँदै आएको छ । वास्तवमा यहाँको राष्ट्रियतालाई वलियो वनाउनको लागि दुई महत्वपुर्ण पक्षहरु छन् । पहिलो, यहाँका आदिवासी जनजाति, खस समुदाय, मधेसी, दलित तथा मुस्लीम लगायत सवै जात–जाति, जनजाति तथा भाषा–भाषीहरुको एकता र दोस्रो वाह्य हस्तक्षेपवाट मुक्ति । यी दुइवटा पक्षहरुलाई एकसाथ अगाडी वढाउन सके मात्र नेपालको राष्ट्रियता सवल हुन्छ । अतः नेपालको राष्ट्रियतालाई सौदावाजी गर्ने राजनीतिक शक्तिहरुलाई खवरदारी गर्न पनि नेपालमा नयाँ शक्ति निर्माणको आवश्यकता छ । ४. लोकतन्त्रको उच्चतम रुप गणतन्त्र हो । लोकतन्त्रमा नै जनताको स्वतन्त्रता, समानता र भातृत्वको उच्चतम अभ्यास हुन्छ । तर नेपालमा गणतन्त्र संस्थागत विकास हुन सकेको छैन । अहिले पनि पुर्नउत्थानवादी शक्तिहरु नेपालमा पुनः राजतन्त्र फर्काउने प्रयासमा लागी रहेका छन् । समय समयमा २०४७ सालको संविधानको पुनस्र्थापनाको चर्चा परिचर्चा हुनुले पनि यसको संकेत गरेको छ । अतः नेपालमा गणतन्त्रात्मक राज्य व्यवस्था र शासन प्रणालीलाई संस्थागत गरी लोकतन्त्रलाई उच्चतम विकास गर्नका लागि पनि नयाँ शक्तिको आवश्यकता रहेको छ । ५. नेपालमा वहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भएको छ । नेपालमा वहुमत स्वेच्छाचारी र प्रतिपक्ष ध्वंसात्मक हुने गरेको छ । त्यसले नेपाल जस्तो वहुलतायुक्त मुलुकमा लोकतन्त्रको स्वरुप समावेशी हुन जरुरी छ भन्ने कुरा स्पष्ट छ । त्यसैले नेपाललाई समावेशी लोकतन्त्रको दिशामा लानको लागि संविधानमै स्पष्ट संयन्त्रहरुको व्यवस्था गर्न जरुरी छ । नेपालमा समानुपातिक निर्वाचन प्रणालीको प्रयोग, त्यसको आधारमा दलगत तथा समुदायगत प्रतिनिधित्व र समावेशी लोकतन्त्रको प्रारुपलाई व्यवहारमा उतार्न सकेमा मात्र मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दछ । यसको लागि इमान्दार प्रयत्न अगाडी वढाउन पनि नेपालमा नयाँ शक्ति आवश्यकता भएको छ । ६. लोकतन्त्रको एउटा महत्वपूर्ण मान्यता धर्म्निरपेक्षता हो । प्रत्येक नागरिकलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुनु पर्दछ । राज्यले कुनै एक धर्मलाई राज्य धर्म मान्ने गल्ती गर्नु हुँदैन । राज्य धर्म निरपेक्ष हुनु पर्दछ । त्यसरी नै राज्यको भाषा नीति पनि वहुभाषिक हुनु पर्दछ । देशका सम्पूर्ण नागरिकहरुले देश भित्रका कुनै दुर्र्ई भाषा तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि थप एक अन्तर्राष्ट्रिय भाषा समेत गरी सामान्यत तीन भाषा सिक्ने व्यवस्था गरिनु पर्दछ । मातृ भाषामा शिक्षाको ग्यारेण्टी गरिनु पर्दछ । संघीय सरकारले देशमा सांस्कृतिक रूपमा रहेको विविधतालाई अभिव्यक्त हुन दिनु पर्दछ । यसले देश भित्रका सवै नागरिकहरु वरावर हुन भन्ने भावना जागृत गराउँछ । यसको लागि पनि नेपालमा नयाँ शक्ति निर्माणको आवश्यकता छ । ७. नेपालमा लामो समयदेखि सवै जाति, भाषा, धर्म र संस्कृतिका जनता एक आपसमा सह अस्तित्वमा रहेका छन् । यहाँको राष्ट्रिय एकताको आधार नै सवै जातिको सह अस्तित्व र सामाजिक सद्भाव हो । तर नेपालका राजनीतिक दलहरुमा नेपालको सामाजिक संरचना प्रतिविम्वित हुन सकेन । यहाँको प्रमुख भनीएका दलहरुमै एकल जातीय नेतृत्व र वर्चस्वसमेत रहन गयो । त्यसैले ती दलहरु सामन्ति राज्य विस्तारकै वेलादेखि एकल जातीय राज्यको ढाँचामा वनेको यहाँको राज्य संरचनालाई पुर्नसंरचना गर्ने काममा वाधक वने । हामीले पहिचान सहितको संघीयता भन्नुको अर्थ जातीय राज्य होइन जातीय साझेदारी चाहेका हौं । वर्तमान राजनीतिक दलहरु यस काममा असफल भएको हुँदा राष्ट्रिय एकता, सवै जातिको सह अस्तित्व र सामाजिक सद्भावको अभिवृद्धिको लागि पनि नयाँ शक्ति आवश्यक भएको छ । ८. नेपालमा समय समयमा शसस्त्र विद्रोहहरु भएका छन् । २००७ साल, २०२८ साल तथा २०५२ सालको १० वर्षे शसस्त्र विद्रोह यसका उदाहरणहरु हुन । तर नेपालको परिवर्तनका सवै घट्नाहरुमा शान्तिपूर्ण जन आन्दोलनको वाटो नै वलशाली रहे । त्यसको वावजुद नेपालमा अहिले पनि शसस्त्र समूहहरु अस्तित्वमा छन् । हामीले मलुकमा दिगो शान्ति स्थापना गर्न त्यसका सम्पूर्ण आधारहरुलाई समाप्त गर्न जरुरी छ । मानिसले मानिसलाई गर्ने शोषणका सम्पूर्ण रुपहरुलार्ई अन्त्य नगरी दिगो शाान्ति स्थापना हुन सक्दैन । त्यसैले शान्तिपूर्ण जन आन्दोलनको वाटो नै नेपालमा परवर्तनको मूल वाटो हो भन्ने मान्यतालाई स्थापित गर्न पनि नयाँ शक्तिको आवश्यकता रहेको छ । ९. मुलुकलाई सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको दिशामा लैजानको लागि २०६२÷६३ सालको शान्तिपूर्ण जनक्रान्तिको भावना अनुरुप सामाजिक आर्थिक रुपान्तरण गर्न जरुरी छ । त्यसको लागि देशको उत्पादकत्व वृद्धि हुनु पर्दछ । तर नेपालमा आर्थिक क्षेत्रमा पनि राज्यले सामुदायिक वहिष्करणको नीति लिन पुगे । नेपालको स्रोत साधनहरुलाई खास खास समुदायको हातमा केन्द्रीत गर्ने प्रयत्न भयो । मनिसको जन्मसिद्ध खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सम्पूर्ण मौलिक हकहरू प्रदान गर्न सक्ने राज्य व्यवस्थाको स्थापनाले मात्र जनताको समृद्धि सम्भव हुन्छ । अहिलेका राजनीतिक दलहरुमा मुलुकलाई एकाइसौं शताव्दीको समृद्ध समाजवादी मुलुक वनाउने क्षमता र इच्छाशक्ति कमजोर रहेको छ । त्यसैले नेपाली जनताको सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको आकाँक्षालाई पुरा गर्न पनि नयाँ शक्तिको आवश्यकता रहेको छ । १०. जनताको सार्वभौमकता स्थापित गर्नको लागि जनताले आफ्नो निमित्ति आपैm संबिधान वनाउने मान्यता नै सवैभन्दा लोकतान्त्रिक मान्यता हो । तर जनताको यो आकाँक्षा प्रमुख दलहरुको राष्ट्र र जनता प्रतिको विश्वासघातको कारण सफल हुन सकेन । जनताको ६ दशक लामो संघर्षवाट प्राप्त यो उपलव्धिलाई गुम्न नदिनको लागि जतिसुकै कष्टसाध्य संघर्ष गर्न पनि हामी तयार हुनु पर्दछ । नेपालका यथास्थितिवादी शक्तिहरु २००७ सालमा जस्तै यो अधिकार खोस्न पुनः संसदीय निर्वाचनको छलकपटपूर्ण प्रयासमा लागेका छन् । यसलाई नेपाली काँग्रेस र नेकपा (एमाले)ले पनि टेवा दिइ रहेको छ । अतः नेपाली समाज परिवर्तनको यस घडीमा यथास्थितिवादी शक्ति र परिवर्तनकारी शक्तिवीच भइ रहेको संघर्षलाई निर्णायक विन्दूमा पु¥याउन तथा संविधानसभाकै माध्यमवाट संविधान वनाउनको लागि सवै परिवर्तनकारी शक्तिलाई एकजुट वनाउन पनि नयाँ शक्ति निर्माणको आवश्यकता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies