Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

मोर्चाको धम्कीले एमाओवादीको विस्तारित बैठक स्थगित

\"maoists_election\"बीरगञ्ज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धम्कीका कारण एकीकृत नेकपा माओवादीको विस्तारित बैठक स्थगित भएको छ । मोरङ्को रंगेलीमा विहीबार भएको घटनालाई लिएर मोर्चाको बारा र पर्साका मोर्चा नेता कार्यकर्ताले प्रमुख तीन दल नेपाली कांग्रेस, एकीकृत माओवादी र एमालेलाई कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन् । बारा र पर्साका मोर्चाका अगुवा कार्यकर्ताको भेलाले दुई जिल्लामा प्रमुाख तीन पार्टीलाई कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय गरेका छन् । उनीहरुले आफ्नो आग्रहलाई वेवास्ता गरी कार्यक्रम गरिए जस्तो पनि परिणाम आउन सक्ने चेतावनी दिएका छन् । एमाओवादीको विस्तारित बैठक वीरगञ्जमा गर्ने कार्यक्रम रहेको थियो । मोर्चाको यस्तो चेतावनीपछि मोर्चासँगको सहमतिमै कार्यक्रम गर्ने भन्दै वैठक स्थगित गरिएको एमाओवादीले जनाएको छ । मोर्चाले कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनीपछि कांग्रेस, एमाले र एमाओवादीका प्रदेश नम्बर २ का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमाले युवा संघले जर्बजस्ती रंगेलीमा कार्यक्रम घरी घटना निम्त्याएको भन्दै मोर्चा प्रमुख तीन दलविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । प्रमुख तीन दलसँगको वार्ता भाँडिएपछि आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै मधेसी मोर्चाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । मोर्चाको एक घटक संघीय समाजवादी फोरमको शुक्रबारदेखि केन्द्रीय समिति बैठक चलिरहेको छ । फोरम बैठकमा जनजाती बाहुल्य क्षेत्रमा आन्दोलन चर्काउनेबारेमा छलफल गरेका छन् । धनुषामा कांग्रेसको कार्यक्रम अवरोध मधेसी मोर्चाका कार्यकर्ताले शनिवार धनुषा नेपाली कांग्रेसको कार्यक्रम अवरोध गरेका छन् । आसन्न महाधिवेशनको प्रचारप्रसारमा नेपाली कांग्रेस जुटिरहेको छ । शनिवार का सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा कार्यक्रममा मोर्चाले अवरोध गरेको हो । उम्मेदवार रामपल्टन साहले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका कार्यकर्ताले कांग्रेस मधेश विरोधी भएको आरोप लगाउँदै सम्मेलनमा अवरोध गरेका थिए । मोर्चाले मधेसी दलबाहेक कसैलाई पनि कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन् । मोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमा सरकार र तीन दलविरुद्ध नाराबाजी पनि गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending