Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

याे अवस्थामा पृथ्वी नष्ट हुन सक्छ

यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले पृथ्वीलाई एक निमेषमै सर्लक्कै निल्न तथा धुलोपिठो बनाउन सक्छन् । पृथ्वी नै नभएपछि प्राणीको कुरा के गरिराख्ने ? यो पृथ्वीमा पहिले पनि अस्तित्वमा रहेका ९९.९ प्रतिशत प्राणी नष्ट भएका थिए । फेरि पनि त्यस्तै प्रक्रियाहरु निश्चित दोहोरिने पृथ्वीका आफ्नै अवस्था अथवा चक्रहरु पनि छन् । तर ठ्याक्कै कहिले भन्ने तिथिमिति कसैलाई पनि थाहा छैन । [caption id=\"attachment_56551\" align=\"alignleft\" width=\"253\"]\"गाैतम गाैतम उदय[/caption] ब्रमाण्डमा हाम्रो आकाश गंगा (Milky Way Galaxy) जस्तै असंख्य Galaxy हरु छन् | आकाश गंगाको नजिकमा एण्ड्रोमेडा (Andromeda Galaxy) सहितका केही अन्य ग्यालक्सीहरु पनि छन् । आज अथवा यो घडीसम्मको अवस्थामा पनि Milky Way Galaxy र Andromeda Galaxy एकापसमा ठोकिनको लागि प्रतिघन्टा चार लाख दुर्इ हजार किलोमिटरको बेगमा हुइँकिरहेका छन् । भविष्यमा यिनीहरुको बेगमा यदि कुनै चमत्कारी परिवर्तन भएन भने अबको करिब चार अर्ब वर्षमा यिनीहरु अवश्य ठोकिने छन् । त्यसपछि अहिलेको सौर्यपरिवारमा रहेका पृथ्वीसहितका ग्रहहरु तथा अन्य आकाशीय पिण्डहरु कतिपय धुलोपिठो हुनेछन् भने कतिपय ब्रमाण्डमा कतै टाढा उछिटिने छन् । यी दुवै ग्यालेक्सी ठोकिनेक्रममा अन्य केही ग्यालेक्सीहरु पनि मिसिने सम्भावना छ । यिनीहरु ठोकिएको अर्बौं वर्षमा यी दुवै ग्यालेक्सी मिलेको एउटा बिशाल नयाँ ग्यालेक्सी बन्न पनि सक्नेछ । यदि नियममै रहेर ठोकिए भने यो अहिलेकै पुस्ताले हतोत्साही हुनुपर्ने कुराभित्र पर्दैन । किनकी Milky Way र Andromeda Galaxy हरु करिब २५ लाख प्रकाश-वर्ष टाढा छन् । बिचमा अबरोध भएन भने प्रकाश एक-सेकेन्डमा २,९९,७९२ किलोमिटर यात्रा गर्दछव । त्यसैले एक प्रकाश-वर्ष भनेको करिब-करिब ९,४६०,५२८,४००,००० किलोमिटर हुन आउँछ | सूर्यबाट क्रमशः नजिकदेखि टाढाको हिसाबले भन्नुपर्दा बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), र बरुण (Neptune) र यम (Pluto) ग्रहहरु पर्दछन् | मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षकोबीचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, केही मिटरदेखि लिएर ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) नामक घुमिरहने बस्तुहरु छन् । मान्छेको नाङ्गो आँखाले पृथ्वीबाट यिनीहरुलाई देख्न सकिन्न तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै देख्न सकिन्छ । करिब १२ हजारजतिलाई बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर । यी धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् । यिनीहरु धेरैजसो Asteroid Belt मै रहे पनि यस्ता हजारौं पिण्डहरु सूर्य, पृथ्वी, र यमग्रहको जनिक समेत आइरहन्छन् । कतिपय अवस्थामा यिनीहरु अचानक खस्न पनि सक्छन् भने कतिपय अवस्थामा घुम्ने क्रममा यिनीहरु र पृथ्वी एउटै समयमा कक्षको उही बिन्दुमा पुग्दा ठोकिन गई पृथ्वी नै टुक्रिने, असन्तुलित हुने अथवा अर्को कक्षसम्म हुत्तिने सम्भावना पनि उत्तिकै छ ।
हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठूलो सूर्यको भन्दा अर्बौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृद्धि भैरहेको छ । यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन् कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन । आगामी ८ वर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ ।
सन् १९८९ मा एउटा सानो Asteroid पृथ्वीको कक्षको कुनै एक बिन्दुमा पृथ्वी कटेको ठिक ६ घन्टामा त्यही ठाउँमा पुगेको थियो । यो एउटा सानो Asteroid थियो । तथापि यदि यसले पृथ्वीलाई हिर्काएको भए त्यो शक्ति एक हजार वटा आणविक बम एकैचोटी पड्काए बराबरको हुने थियो । यस्तै, कुनै ठूलै Asteroid ले कुनै पनि बेला पृथ्वीलाई हिर्काउन सक्ने सम्भावना हरेकक्षण छ । सन् २०१२ मा पनि DA14 नामक सानो Asteroid पृथ्वीको नजिक नजिक आइपुगेको थियो । अर्को एउटा Asteroid पनि Antarctica महादेशतर्फ सोझिंदै सन् २०२० मा आइपुग्दैछ । यो पृथ्वीमै खस्ने सम्भावना त कम छ, यदि खासिहाल्यो भने यसले सम्पूर्ण प्राणी नै नष्ट गर्ने त छैन, तर मानव इतिहासमा नभएको अकल्पनीय क्षति भने गर्नेछ | सन् १०१३ को फेब्रुअरी १५ मा रुसमा खसेको उल्का (meteor) पनि त्यस्तै कारक हो । \"Earth_The_End_by_roweig-750\" हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठूलो सूर्यको भन्दा अर्बौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृद्धि भैरहेको छ । यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन् कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन । आगामी ८ वर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ । यदि यसको घुम्ने गति अकल्पनीय रुपले बढ्दै गयो भने पृथ्वीलगायतका सौर्यपरिवारका सबै सदस्यहरुलाई यसले छिटै नै निल्नेछ । पृथ्वी आफैमा रहेको संयन्त्र पनि सदैब परिवर्तनशील छ | अहिले हामीले देख्दै र भोग्दै आएको पृथ्वी पहिले यस्तो थिएन । समुद्र, महादेश, पर्बत, सधै नै हिउँ जमिरहेका ठाउँ, मरुभूमी आदि पनि न त सदैब यस्ता थिए न त यस्तै रहिरहने छन् । पृथ्वीको सतहको स्वरूप इतिहासको कालखण्डमा धेरै पटक परिवर्तन भएको छ । फेरि पनि कुनै बेला परिवर्तन हुनसक्छ । वास्तवमा पृथ्वीको केन्द्रभन्दा बाहिरको सतह भनेको Plate Tectonics भनिने टुक्राटुक्रा परेको मासको थुप्रो हो । पृथ्वीको भित्री सतहमा रहेको म्यानटलमाथि रहेका टेक्टोनिक प्लेटहरु त्यही भित्री सतहको तापको शक्तिको कारणले सदैब चलिरहन्छ अथवा एक-आपसमा ठोकिने, छुटिने, घोटिने, भाषिने, माथि उठ्ने, अटस्मटस् गर्ने गरिरहन्छन् । यसरी नै हिमाल, पर्बत, समुद्र सबै बनेका हुन् । समय आइपुग्नु भन्दा पहिले नै कुनै कारणले दुर्घटना भएर अचानक तुरुन्तै ठुलो प्रलय भएन भने अबको करिब २५ लाख बर्षभित्रमा हालको महादेशको स्वरूप एकदम बदलिने छ । २५ लाख बर्ष पहिले पनि पृथ्वीको मास् (Landmass) एकैठाउँमा जम्मा भएर पान्जिया (Pangea) नामक एउटै बिशाल महादेश बनेको थियो । त्यतिबेलाका ९० प्रतिशत जीवहरु यो महादेशको बातावरण अनुकुल नभएर उन्मुलन भएका थिए । अफ्रिका महादेश पहिले जस्तै पुनः युरोपसँग ठोकिने छ । अहिलेको इटाली, ग्रिस लगायतको मेडीटरीयन क्षेत्र अफ्रिका महादेशकै भागहरु हुन । अस्ट्रेलिया पनि युरेशियन महादेशमा गाभिने छ । अहिले आन्ध्र महासागरको पिँध उत्तर-दक्षिण गरी दुई भागमा फाटेको छ, जुन पानीभित्र रहेका पहाडी सतहहरु भत्किदै खस्दै गर्दा भरिँदो छ। यही कारणले यसका दुई भागहरु बिस्तारै एक-आपसबाट टाढा हुँदैछन् । यी भागहरु टाढा-टाढा हुँदैगर्दा आन्ध्र महासागर पनि फैलिँदो छ, जसको कारण अमेरिकी महादेश पनि युरोप र अफ्रिकादेखि टाढा पुग्ने छ | यदि आन्ध्र महासागरको पश्चिमपट्टिबाट Subduction Zone सुरु भयो भने त्यसको कारणले गर्दा आन्ध्र महासागरको पिँध पृथ्वीको केन्द्र-भाग मेन्टलतर्फ तानिन थाल्नेछ, अनि महासागर पुनः साँघुरिन थाल्नेछ । त्यसो हुने प्रक्रियामा अमेरिकी महादेश पुनः युरो-अफ्रिकन महादेशमा ठोकिने छ, र त्यो ठोकिने ठाउँमा हिमालयजास्ता बिशाल पर्बत श्रृंखला बन्न पुग्नेछन । यसो हुँदा पृथ्वीको प्रायः Landmass एकै ठाउँमा जम्मा हुन गर्इ बिशाल “Pangea Ultima” बन्ने छ । त्यसो हुन गयो भने अहिलेको पृथ्वीमा हुने धेरै जसो प्राणीको अस्तित्व समाप्त हुनेछ । कालान्तरमा अर्कै प्रकारका प्राणी, बनस्पति तथा अर्कैखाले मानव वा मानव जस्तै प्राणी बन्न पनि सक्नेछन् । पृथ्वीमा यसको आफ्नै बनोट र आफैभित्रको संयन्त्रको कारणले पनि, अनि अन्य आकाशीय पिण्डहरुको गतिबिधिहरुको कारणले असंख्य साधारण प्रकारका तथा बेलाबखतमा थुप्रै प्रलयकारी उथलपुथलहरु आइरहन्छन, भइरहन्छन् । संसारको धेरै भागमा असंख्य संख्यामा रहेका डाइनोसोरहरु लगायतका अन्य प्राणी र बनस्पति लोप हुनुका सिद्धान्तहरुमध्ये कुनै Asteroid ले पृथ्वीलाई हिर्काउँदा निस्केको Shock Wave को कारणले पृथ्वीको थुप्रै भागमा बिशाल ठूला ज्वालामुखीहरु बिष्फोटन हुन गई निस्केको लाभा, म्याग्मा र खरानीले कैयौं बर्षौंसम्म पृथ्वीलाई ढाक्दा त्यतिबेलाका धेरैजसो प्राणी र बनास्पतिहरु उन्मुलन भएको हुन सक्ने, अथवा उक्त Asteroid ठोकिंदा त्यसको असरको कारणले बायुमण्डल नै बर्षौंसम्म बाक्लो धुलो र धुँवाले भरिएर सूर्यको प्रकाश नै पृथ्वीसम्म आउन नपाई बनस्पति र तिनीहरुमा आश्रित प्राणीहरु नै लोप भएको भनिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies