Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

याे अवस्थामा पृथ्वी नष्ट हुन सक्छ

यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले पृथ्वीलाई एक निमेषमै सर्लक्कै निल्न तथा धुलोपिठो बनाउन सक्छन् । पृथ्वी नै नभएपछि प्राणीको कुरा के गरिराख्ने ? यो पृथ्वीमा पहिले पनि अस्तित्वमा रहेका ९९.९ प्रतिशत प्राणी नष्ट भएका थिए । फेरि पनि त्यस्तै प्रक्रियाहरु निश्चित दोहोरिने पृथ्वीका आफ्नै अवस्था अथवा चक्रहरु पनि छन् । तर ठ्याक्कै कहिले भन्ने तिथिमिति कसैलाई पनि थाहा छैन । [caption id=\"attachment_56551\" align=\"alignleft\" width=\"253\"]\"गाैतम गाैतम उदय[/caption] ब्रमाण्डमा हाम्रो आकाश गंगा (Milky Way Galaxy) जस्तै असंख्य Galaxy हरु छन् | आकाश गंगाको नजिकमा एण्ड्रोमेडा (Andromeda Galaxy) सहितका केही अन्य ग्यालक्सीहरु पनि छन् । आज अथवा यो घडीसम्मको अवस्थामा पनि Milky Way Galaxy र Andromeda Galaxy एकापसमा ठोकिनको लागि प्रतिघन्टा चार लाख दुर्इ हजार किलोमिटरको बेगमा हुइँकिरहेका छन् । भविष्यमा यिनीहरुको बेगमा यदि कुनै चमत्कारी परिवर्तन भएन भने अबको करिब चार अर्ब वर्षमा यिनीहरु अवश्य ठोकिने छन् । त्यसपछि अहिलेको सौर्यपरिवारमा रहेका पृथ्वीसहितका ग्रहहरु तथा अन्य आकाशीय पिण्डहरु कतिपय धुलोपिठो हुनेछन् भने कतिपय ब्रमाण्डमा कतै टाढा उछिटिने छन् । यी दुवै ग्यालेक्सी ठोकिनेक्रममा अन्य केही ग्यालेक्सीहरु पनि मिसिने सम्भावना छ । यिनीहरु ठोकिएको अर्बौं वर्षमा यी दुवै ग्यालेक्सी मिलेको एउटा बिशाल नयाँ ग्यालेक्सी बन्न पनि सक्नेछ । यदि नियममै रहेर ठोकिए भने यो अहिलेकै पुस्ताले हतोत्साही हुनुपर्ने कुराभित्र पर्दैन । किनकी Milky Way र Andromeda Galaxy हरु करिब २५ लाख प्रकाश-वर्ष टाढा छन् । बिचमा अबरोध भएन भने प्रकाश एक-सेकेन्डमा २,९९,७९२ किलोमिटर यात्रा गर्दछव । त्यसैले एक प्रकाश-वर्ष भनेको करिब-करिब ९,४६०,५२८,४००,००० किलोमिटर हुन आउँछ | सूर्यबाट क्रमशः नजिकदेखि टाढाको हिसाबले भन्नुपर्दा बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), र बरुण (Neptune) र यम (Pluto) ग्रहहरु पर्दछन् | मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षकोबीचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, केही मिटरदेखि लिएर ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) नामक घुमिरहने बस्तुहरु छन् । मान्छेको नाङ्गो आँखाले पृथ्वीबाट यिनीहरुलाई देख्न सकिन्न तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै देख्न सकिन्छ । करिब १२ हजारजतिलाई बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर । यी धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् । यिनीहरु धेरैजसो Asteroid Belt मै रहे पनि यस्ता हजारौं पिण्डहरु सूर्य, पृथ्वी, र यमग्रहको जनिक समेत आइरहन्छन् । कतिपय अवस्थामा यिनीहरु अचानक खस्न पनि सक्छन् भने कतिपय अवस्थामा घुम्ने क्रममा यिनीहरु र पृथ्वी एउटै समयमा कक्षको उही बिन्दुमा पुग्दा ठोकिन गई पृथ्वी नै टुक्रिने, असन्तुलित हुने अथवा अर्को कक्षसम्म हुत्तिने सम्भावना पनि उत्तिकै छ ।
हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठूलो सूर्यको भन्दा अर्बौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृद्धि भैरहेको छ । यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन् कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन । आगामी ८ वर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ ।
सन् १९८९ मा एउटा सानो Asteroid पृथ्वीको कक्षको कुनै एक बिन्दुमा पृथ्वी कटेको ठिक ६ घन्टामा त्यही ठाउँमा पुगेको थियो । यो एउटा सानो Asteroid थियो । तथापि यदि यसले पृथ्वीलाई हिर्काएको भए त्यो शक्ति एक हजार वटा आणविक बम एकैचोटी पड्काए बराबरको हुने थियो । यस्तै, कुनै ठूलै Asteroid ले कुनै पनि बेला पृथ्वीलाई हिर्काउन सक्ने सम्भावना हरेकक्षण छ । सन् २०१२ मा पनि DA14 नामक सानो Asteroid पृथ्वीको नजिक नजिक आइपुगेको थियो । अर्को एउटा Asteroid पनि Antarctica महादेशतर्फ सोझिंदै सन् २०२० मा आइपुग्दैछ । यो पृथ्वीमै खस्ने सम्भावना त कम छ, यदि खासिहाल्यो भने यसले सम्पूर्ण प्राणी नै नष्ट गर्ने त छैन, तर मानव इतिहासमा नभएको अकल्पनीय क्षति भने गर्नेछ | सन् १०१३ को फेब्रुअरी १५ मा रुसमा खसेको उल्का (meteor) पनि त्यस्तै कारक हो । \"Earth_The_End_by_roweig-750\" हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठूलो सूर्यको भन्दा अर्बौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृद्धि भैरहेको छ । यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन् कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन । आगामी ८ वर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ । यदि यसको घुम्ने गति अकल्पनीय रुपले बढ्दै गयो भने पृथ्वीलगायतका सौर्यपरिवारका सबै सदस्यहरुलाई यसले छिटै नै निल्नेछ । पृथ्वी आफैमा रहेको संयन्त्र पनि सदैब परिवर्तनशील छ | अहिले हामीले देख्दै र भोग्दै आएको पृथ्वी पहिले यस्तो थिएन । समुद्र, महादेश, पर्बत, सधै नै हिउँ जमिरहेका ठाउँ, मरुभूमी आदि पनि न त सदैब यस्ता थिए न त यस्तै रहिरहने छन् । पृथ्वीको सतहको स्वरूप इतिहासको कालखण्डमा धेरै पटक परिवर्तन भएको छ । फेरि पनि कुनै बेला परिवर्तन हुनसक्छ । वास्तवमा पृथ्वीको केन्द्रभन्दा बाहिरको सतह भनेको Plate Tectonics भनिने टुक्राटुक्रा परेको मासको थुप्रो हो । पृथ्वीको भित्री सतहमा रहेको म्यानटलमाथि रहेका टेक्टोनिक प्लेटहरु त्यही भित्री सतहको तापको शक्तिको कारणले सदैब चलिरहन्छ अथवा एक-आपसमा ठोकिने, छुटिने, घोटिने, भाषिने, माथि उठ्ने, अटस्मटस् गर्ने गरिरहन्छन् । यसरी नै हिमाल, पर्बत, समुद्र सबै बनेका हुन् । समय आइपुग्नु भन्दा पहिले नै कुनै कारणले दुर्घटना भएर अचानक तुरुन्तै ठुलो प्रलय भएन भने अबको करिब २५ लाख बर्षभित्रमा हालको महादेशको स्वरूप एकदम बदलिने छ । २५ लाख बर्ष पहिले पनि पृथ्वीको मास् (Landmass) एकैठाउँमा जम्मा भएर पान्जिया (Pangea) नामक एउटै बिशाल महादेश बनेको थियो । त्यतिबेलाका ९० प्रतिशत जीवहरु यो महादेशको बातावरण अनुकुल नभएर उन्मुलन भएका थिए । अफ्रिका महादेश पहिले जस्तै पुनः युरोपसँग ठोकिने छ । अहिलेको इटाली, ग्रिस लगायतको मेडीटरीयन क्षेत्र अफ्रिका महादेशकै भागहरु हुन । अस्ट्रेलिया पनि युरेशियन महादेशमा गाभिने छ । अहिले आन्ध्र महासागरको पिँध उत्तर-दक्षिण गरी दुई भागमा फाटेको छ, जुन पानीभित्र रहेका पहाडी सतहहरु भत्किदै खस्दै गर्दा भरिँदो छ। यही कारणले यसका दुई भागहरु बिस्तारै एक-आपसबाट टाढा हुँदैछन् । यी भागहरु टाढा-टाढा हुँदैगर्दा आन्ध्र महासागर पनि फैलिँदो छ, जसको कारण अमेरिकी महादेश पनि युरोप र अफ्रिकादेखि टाढा पुग्ने छ | यदि आन्ध्र महासागरको पश्चिमपट्टिबाट Subduction Zone सुरु भयो भने त्यसको कारणले गर्दा आन्ध्र महासागरको पिँध पृथ्वीको केन्द्र-भाग मेन्टलतर्फ तानिन थाल्नेछ, अनि महासागर पुनः साँघुरिन थाल्नेछ । त्यसो हुने प्रक्रियामा अमेरिकी महादेश पुनः युरो-अफ्रिकन महादेशमा ठोकिने छ, र त्यो ठोकिने ठाउँमा हिमालयजास्ता बिशाल पर्बत श्रृंखला बन्न पुग्नेछन । यसो हुँदा पृथ्वीको प्रायः Landmass एकै ठाउँमा जम्मा हुन गर्इ बिशाल “Pangea Ultima” बन्ने छ । त्यसो हुन गयो भने अहिलेको पृथ्वीमा हुने धेरै जसो प्राणीको अस्तित्व समाप्त हुनेछ । कालान्तरमा अर्कै प्रकारका प्राणी, बनस्पति तथा अर्कैखाले मानव वा मानव जस्तै प्राणी बन्न पनि सक्नेछन् । पृथ्वीमा यसको आफ्नै बनोट र आफैभित्रको संयन्त्रको कारणले पनि, अनि अन्य आकाशीय पिण्डहरुको गतिबिधिहरुको कारणले असंख्य साधारण प्रकारका तथा बेलाबखतमा थुप्रै प्रलयकारी उथलपुथलहरु आइरहन्छन, भइरहन्छन् । संसारको धेरै भागमा असंख्य संख्यामा रहेका डाइनोसोरहरु लगायतका अन्य प्राणी र बनस्पति लोप हुनुका सिद्धान्तहरुमध्ये कुनै Asteroid ले पृथ्वीलाई हिर्काउँदा निस्केको Shock Wave को कारणले पृथ्वीको थुप्रै भागमा बिशाल ठूला ज्वालामुखीहरु बिष्फोटन हुन गई निस्केको लाभा, म्याग्मा र खरानीले कैयौं बर्षौंसम्म पृथ्वीलाई ढाक्दा त्यतिबेलाका धेरैजसो प्राणी र बनास्पतिहरु उन्मुलन भएको हुन सक्ने, अथवा उक्त Asteroid ठोकिंदा त्यसको असरको कारणले बायुमण्डल नै बर्षौंसम्म बाक्लो धुलो र धुँवाले भरिएर सूर्यको प्रकाश नै पृथ्वीसम्म आउन नपाई बनस्पति र तिनीहरुमा आश्रित प्राणीहरु नै लोप भएको भनिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending