Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पर्शुराम रंगेली घटनाको मुख्य मतियारः मोर्चा

\"rangeli-jhadap\"विराटनगर । विहीबार मोरङ्को रंगेलीमा भएको घटनाको मुख्य मतियार युवा संघका सचिव पर्शुराम बस्नेत भएको आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आरोप लगाएको छ । युवा संघले भने शुक्रबार काठमाडौंको बुद्धनगरमा आफ्नै संगठनको कार्यालयमा पत्रकार सम्मेलन गरी रंगेली घटनाको योजनाकार मोर्चाका नेता तथा सद्भावना अध्यक्ष राजेन्द्र महतो भएको आरोप लगाएको थियो । रंगेली घटनाको मुख्य मतियार युवा संघका सचिव पर्शुराम भएको भन्दै मोर्चाले उनीमाथि ज्यान मुद्दा चलाउनसमेत माग गरेको छ । युवा संघले राजधानीमा पत्रकार सम्मेलन गरी रंगेली घटनाका योजनाकार महतो भएको आरोप लगाइरहँदा मोर्चाले विराटनगरमा पत्रकार सम्मेलन गरी बस्नेतकै निर्देशनमा सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवामाथि संघातिक आक्रमण भएको मोर्चाले जनाएको थियो । बस्नेतले आफ्नो निर्देशनमा धाडेवामाथि आक्रमण भएको स्वीकार गरिसकेकाले उनीमाथि मुद्दा चलाउनुपर्ने मोर्चाका अर्का स्थानीय नेता थता संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले माग गरे । मोर्चाले पर्शुराममाथि ज्यान मुद्दा चलाउनुपर्नेसहित ५ बुँदे माग राखेको छ । मोर्चाले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार, क्षतिपूर्ति र सिडिओ तोयम रायमाझी, एसपी तारणी लम्साल र युवा संघका बस्नेतमाथि कारवाहीको माग गरेको छ । आफूहरुको माग पूरा नभएसम्म रंगेली र डायनियामा मारिएका आफ्ना कार्यकर्ताको शव परिवारले नबुझ्ने बताएको छ । युवा संघले मोर्चाका नेता महतोलाई घटनाको योजनाकार भएको आरोप लगाउँदै गर्दा मोर्चाले भने घटनाको मुख्य मतियार युवा संघका सचिव पर्शुराम भएको आरोप लगाएको हो । पर्शुराम विराटनगरका ‘डन’का रुपमा पनि परिचित छन् । उनका नाममा प्रहरीमा पनि थुप्रै उजुरीहरु अहिले पनि रहेका छन् । पर्शुरामको विरुद्धमा निकै आलोचनाहरु भए पनि युवा संघका पूर्व अध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतका भाइ पर्शुरामलाई महेशले नै संरक्षण गर्दै आएका थिए । मोर्चाको विरोधकाबीच युवा संघले रंगेलीमा मधेस जागरण सभा आयोजना गरेपछि मोर्चाले स्थगित गर्न माग गर्दै आएको थियो । तर युवा संघले आफ्नो शक्ति प्रदर्शन गर्न भन्दै जर्बजस्त कार्यक्रम आयोजना गरिेपछि मोर्चाले विथोल्ने प्रयास गर्दा झडप भएको थियो । दुई पक्षबीचको झडप रोक्न प्रहरीले गोली चलाउँदा रंगेलीमा दुई जना र डायनियामा एक जनाको मृत्यु भएको थियो । यो पनि पढ्नुस् रंगेली घटनाको योजनाकार महतोः युवा संघ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: