Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाबुराम किन गर्दैछन्, मालेमावादको विरोध ?

\"baburam-bhattarai1\"काठमाडौं । एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका डा.बाबुराम भट्टराईले केही दिनमै नयाँ पार्टी घोषणा गर्दैछन् । केही दिनमा नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका उनले आफ्नो पार्टीलाई नत माक्र्सवादी बनाउँदैछन् नत माओवादी न कम्युनिष्ट नै । उनले दश वर्ष जनयुद्ध लडेर आएका माओवादी नेता कार्यकर्तालाई पनि साथै लिएर नयाँ पार्टी बनाउँदैछन् । तर उनले आफूले बनाउन लागेको पार्टीमा गैरकम्युनिष्ट पनि रहने बताएका छन् । गैरकम्युनिष्ट विचारका मान्छे पनि आफ्नो पार्टीमा अटाउने भएपछि कम्युनिष्ट नाम राख्नु उनले आवश्यक नठान्नु स्वभाविक हो । तर प्रश्न उठेको छ कि कम्युनिष्ट र गैरकम्युनिष्ट विचारका सबैलाई समेटेर उनले पार्टी बनाउन लागेका छन कि मोर्चा ? एमाओवादी परित्याग गरी नयाँ शक्ति भन्दै हिँडेका भट्टराईको पक्षमा पछिल्लो समय केही लहर पनि देखिएको छ । तर पनि लहर चलेको छ र उनको अभियानमा लागेको घोषणा गर्दैछन्, ती सबै आफूलाई सच्चा कम्युनिष्ट भन्ने नेता कार्यकर्ताहरु नै उनको पछि लागिरहेका छन् । खासगरी नेपालका बौद्धिक तप्का तथा शिक्षित वर्ग र मुलुकको आर्थिक समृद्धि चाहने युवाहरुलाई समेट्ने डा. भट्टराईले बताइरहेका छन् । भट्टराईले एमाओवादी परित्याग गरेर गएपछि उनी पक्षधरका अधिकांश नेता कार्यकर्ताले पनि एमाओवादी छाडेर उनकै अभियानमा लागेका छन् । अहिलेसम्म सबै पार्टीका परिवर्तनका पक्षधर जोशिलो युवाहरुलाई आफ्नो अभियानमा समेट्ने बताए पनि अहिलेसम्म गैरकम्युनिष्ट अझ भन्ने हो भने गैरमाओवादीलेसमेत साथ दिएका छैनन् । जनवादी क्रान्ति सम्पन्न गर्न जनयुद्ध नै जरुरी भएको भन्दै जनयुद्धको कार्यदिशा पारित गरेर अघि बढेको विप्लव माओवादीका तीन केन्द्रीय नेताहरु बुधबार मात्रै भट्टराईकै नयाँ शक्तिमा लाग्ने घोषणा गरेका थिए । तर उनीहरु जनयुद्धको तयारी गरेको विप्लव माओवादी छाडेर बाबुरामको पार्टीमा आएको घोषणा गरिरहँदा बुधबार नै भट्टराईले आफ्नै निवास सानेपामा पत्रकार सम्मेलन गरी आफ्नो पार्टीले मालेमावादलाई स्वीकार नगर्ने स्पष्ट पारे । उनले पार्टीको नाम माक्र्सवादी, लेनिनवादी, माओवादी वा कम्युनिष्ट नै नरहने स्पष्ट मात्र गरेनन्, नेपालमा ‘माओवाद’को उपयोगिता सकिएको तर्क गरे ।  अबको नेपालको ऐतिहासिक आवश्यकता माओवादबाट पुरा हुन नसक्ने दाबी गर्दै उनले मुलुकको अहिलेको आवश्यकता तीब्र आर्थिक वृद्धि भएको उल्लेख गरे । भट्टराईले आर्थिक रुपमा विकसित मुलुक चीनको चर्चा त गरे तर आर्थिक विकासका लागि माओवादीलाई छाडेर देङ्गको नीति लिनु परेको तर्क गरे । यसअघि माफूलाई माओवादी भनेर गर्व गर्ने भट्टराईले चीनमा माओको क्रान्तिपछि संसारभरी नै क्रान्तिकारी देखिन पार्टीको नाम माओवादी राख्ने गरिएको भन्दै आलोचनात्मक टिप्पणी गरे । माक्र्सवाद, लेनिनवाद र माओवादलाई मान्नेहरुसँग गैरकम्युनिष्टहरु कसरी अटाउन सक्लान् ? भन्ने मात्र होइन, जस्तोसुकै विचार बोक्नेहरु पनि अटाउन सक्ने कस्तो खिचडी पकाउँदैछन् अन्याैलकाे विषय भएकाे छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: