Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

इन्धन वितरण पारदर्शी नभए कारबाही गर्ने अख्तियारको चेतावनी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलगायतलाई बोलाएर इन्धन वितरणमा देखिएको सबै समस्या समाधान गर्न निर्देशन दिएको हो । आयोगले मङ्गलबारमात्रै पत्र काटेर वितरणमा भइरहेको अनियमितताका सम्बन्धमा जानकारीसहित उपस्थित हुन आग्रह गरेको थियो । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन ।\"akhtiyar-600\" पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारणमात्रै गरिराख्नुका कारण के हो भन्दै आज उपस्थितिका लागि पत्र काटिएको थियो । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्तमात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन । हाल तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिइएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्नेगरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएकामा आपूर्ति सचिव लम्साल, निगम प्रमुख खड्काले जनताले अनुभव गर्ने गरी इन्धन वितरण गरिने प्रतिबद्धता जनाएका थिए । थानकोट डिपो भरिएका कारण काठमाडौँ भित्रिएको इन्धन भण्डारण गर्न समस्या भए पनि निगमले सवारी साधनको लामो लामो लाइन लागेका पम्पलाई इन्धन दिएको थिएन । यस्तै अति विशिष्ठ व्यक्ति र अत्यावश्यकीय सेवाका लागि भन्दै मौज्दात राखिएको इन्धनमा समेत कालोबजारी भएको उजुरी आयोगमा परेको थियो । यस्तै काठमाडौँ भित्रिएको इन्धनको परिमाणबारे पनि फरक फरक तथ्याङ्क सार्वजनिक भएको थियो । आयोगका प्रवक्ता कृष्णहरि पुस्करले मौज्दात इन्धन समानुपातिक तवरले वितरण गर्न निर्देशन दिइएको जानकारी दिए । रासससँग कुरा गर्दै प्रवक्ता पुस्करले पेट्रोल पम्पमा मौज्दात रहेको इन्धनको समेत सत्यतथ्य जानकारी सार्वजनिक गरेरमात्रै थप इन्धन दिनसमेत निर्देशन दिइएको छ । पेट्रोल पम्पमा इन्धन वितरण गर्दा पारदर्शी प्रणाली अपनाउन र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, स्थानीय प्रशासनलाई समेत सहभागी गराउन र त्यसको जानकारी आयोगलाई समेत दिन आग्रह गरिएको छ । आयोगलेसमेत इन्धन वितरण प्रक्रियाको स्थलगत अनुमगन गर्ने भएकाले तथ्य तथा तथ्याङ्क फरक परेको खण्डमा सम्बन्धित अधिकारी कारबाहीको दायरामा आउने भन्दै आयोगले सचेतसमेत गराएको छ । इन्धन वितरणमा कुनै नियम नै नभएको भन्दै आयोगले उपभोक्ताले बुझ्ने र थाहा पाउने गरी नियम बनाउन, त्यसको वस्तुनिष्ठ कार्यान्वयन गराउन तथा भ्रष्टाचार र अनियमिततामा संलग्न कर्मचारीलाई कारबाही गर्नसमेत सचेत गराएको छ । उपभोक्ताको तहबाट आगामी दिनमा कुनै गुनासो आए, त्यसको जवाफदेही सम्बन्धित निकाय हुनुपर्छ र कारबाहीको समेत भागीदार बन्नुपर्छ भनेर हामीले सचेत गराएका छौँ । आयोग प्रवक्ता पुस्करले भने – अटेर गरिए र जनताले अझै पनि समस्या भोग्नुपरे कारबाही गर्नुको विकल्प रहन्न ।” यस्तै आयोगले खाना पकाउने ग्यास वितरणमा भइरहेको अनियमतता पनि तत्काल नियन्त्रण गर्न भित्रिएको ग्यासको समानुपातिक वितरण गर्न तथा वितरण प्रणाली सहज बनाउन निर्देशन दिइएको छ । आयोगलाई आपूर्ति सचिव लम्साल, निगम प्रमुख खड्का थानकोट डिपो प्रमुख घिमिरे, प्रवक्ता घिमिरेलगायतले इन्धन आयात र वितरणको समग्र अवस्थाका बारेमा जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: