Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

साझा प्रकाशनलाई जोगाउन पूर्ण सहयोग हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले इतिहास बोकेको साझा प्रकाशनलाई जोगाउन र यसको श्रीवृद्धिका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । ‘साझा बचाउ अभियान’का तर्फबाट आज प्रचण्डलाई बुझाइएको ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले संस्थालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने विश्वास दिलाए ।\"prachanda\" अध्यक्ष दाहालले भने  “साझा जस्तो इतिहास बोकेको साहित्यिक संस्था मुलुकमा वामपन्थीको सरकार भएका बेला डुब्ने भन्ने हुन सक्दैन, यसलाई बचाउन म तत्कालै प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा राख्छु ।” गौरवमय इतिहास बोकेको संस्थालाई दीर्घजीवी बनाउन आफ्नो तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउने र काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उनको कथन थियो । प्रचण्डले संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने योजना ल्याउन र त्यसको पूर्ण कार्यान्वयन हुने वातावरण मिलाउन आफ्नो तर्फबाट के गर्न सकिन्छ त्यसबारेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताए । साझाको समग्र उन्नयन प्रक्रियामा सहयोगी बन्न र संस्थालाई बचाउन आग्रह गर्दै अभियानले यसअघि राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गरिसकेको छ । सञ्चालक समितिका सदस्य प्रदीप नेपालले गौरव बोकेको संस्था डुबाउनु भनेको दलाल पुँजीवादलाई भित्र्याउनु हो भन्दै तत्काल सुधारको अभियान थाल्नुपर्ने आवश्यकता औँल्याएका थिए । साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाको समग्र अवस्था, सुधार कार्ययोजना र आगामी नीति तथा कार्यक्रमका बारेमा अध्यक्ष दाहाललाई जानकारी गराए । संस्थाले सरकारसँग सहुलियतपूर्ण दरमा रु ४० करोड रकम उपलब्ध गराउन तथा विभिन्न सुधारका कार्यक्रम सुरु गर्न अनुमति माग्दै आएको छ । सोसम्बन्धी प्रस्ताव हाल अर्थ तथा शिक्षा मन्त्रालयमा विचाराधीन रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending