Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

कविको प्रश्न : मोर्चामा राष्ट्रियता खै ?

नरेश के.सी भैरहवा । साहित्यकार तथा कविहरुले तराई मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुमा राष्ट्रियता हराउदैं गएमा चिन्ता व्यक्त गरेका छन् । सिद्धार्थ साहित्य परिषदद्वारा भैरहवामा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यका विद्वान तथा कविहरुले भने ‘ जारी आन्दोलनमा राष्ट्रियताको एजेन्डा नै छैन । भारतद्वारा निर्देशित छ । ‘ कविहरुले जारीे आन्दोलन यत्तिकै तुहिने संकेत गर्दै भने नेपाली हुनुमा गर्व गर्न नसक्ने तर क्षेत्रीयवादी चिन्तन र जातिगत चिन्तन बोकेर हिड्नेहरुले देशलाई संकटमा फसाईरहने हुदां सरकार राष्ट्रियता विरोधी गतिविधीमा कडा रुपमा प्रस्तुत हुनुपर्दछ । सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टाराईको अध्यक्षता तथा लेखक उदयराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न परिषदको १ सय ८२ औं मासिक संगममा कवि रुद्र ज्ञवालीले गेयात्मक शैलीको कवितामा भने ‘उतैको छ गोली, निशाना उतैको । छ बोक्सी उतैको र धामी उतैको ।। सलाई उतैबाट कोरी पठाए । र, यो देशलाई खरानी बनाए ।। भन्दै मोर्चा र नाकाबन्दी गर्ने भारतीय व्यवहारप्रति आक्रोस व्यक्त गरे । कार्यक्रममा प्राज्ञ बुंद रानाले राज्य जित्नु ठूलो कुरा होइन । राज्य संगै साथ रहदैन ।। मन जित्नु जस्तो ठूलो कुरो...संसारमा कहि कतै छैन भन्दै गीत गाएका थिए । वरिष्ठ गजलकार समेत रहेका रानाले सदियौंदेखीको सामाजिक सद्भाव विथोल्ने ध्ययेले अहिले मधेसमा आन्दोलन चर्किएको जनाउदैं सि.के राउत प्रर्वितीको अन्तयकोलागी सबै एक हुनुपर्नेमा जोड दिए ।\"bhairahawa\" प्राध्यापक डा. कपिलदेव लामिछानेले नेपाली भाषा साहित्य र समाजकोलागी परिवर्तन आवश्यक भएता पनि अहिले चलिरहेको आन्दोलनको तुक नभएको बताए । उक्त अवसरमा शिक्षावीद बालकृष्ण भट्टराई, कवि भरत कुमार पोखरेल, बनमाली निराकार, रामबहादुर श्रेष्ठ, माधव प्रसाद पन्थि, के एन मिश्र उन्मूक्त, लक्ष्मी अधिकारी, केशब शर्मा बेलबासे, सन्तोष पाण्डे, प्रकाश चन्द्र भट्टाराई, सीता काफ्ले, प्रशान्त न्यौपाने लगायतले कविता मार्फत राष्ट्रियता संकटमा परेको बेला सबै नेपाली एक भएर लाग्नुपर्नेमा आग्रह गरेका थिए । परिषदका सचिव नरेश के.सी.को सन्चालन तथा उपाध्यक्ष रामबहादु्र श्रेष्ठको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा मणिराम भट्टराई, सोनु गुरुंग, युवराज खनाल लगायतको आतिथ्यता रहेको थियो । विक्रम सम्बत २०३८ सालमा स्थापना भएको परिषदले नियमित रुपमा साहित्यीक गोष्ठी, मासिक संगम तथा समसामायीक विषयमा बौद्धिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending