Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

वैदेशिक रोजगार न्यायधिकरणकै कमर्चारीले नै घुस मागेपछि .....

\"sarbochchaकाठमाडौं । धादिङ नौबिसेकी अप्सरा कोइरालाले वैदेशिक रोजगार न्यायाधिकरणले नै घुस मागेको भन्दै सर्वोच्च अदालतमा उजुरी दिएकी छन् । वैदेशिक रोजगारी लैजाने भन्दै ठगी गरेको आरोपमा आफ्नो श्रीमान छत्रबहादुर श्रेष्ठमाथि न्याधिकरणमा परेको मुद्दामा आफूसँग न्याधिकरणका रजिष्टार केदार पौडेलसहितका कर्मचारीले आफूसँग घुस मागेको आरोप लगाउँदै कोइरालाले सर्वोच्चमा उजुरी दिएकी हुन् । उपचारको क्रममा भारतको दिल्लीमा रहेका आफ्ना श्रीमान छत्रबहादुरलाई महेश केसी, विजय डंगोल, जेपी पोखरेल लगायतले अपहरण गरी बन्धक बनाई उल्टै बाग्लुङ्का डीएसपी प्रेम बस्नेतसहितको मिलेमतोमा झुठो आरोप लगाई थुनामा राखिएको अप्सराले प्रधान न्यायधिसलाई दिएको उजुरीमा उल्लेख छ । ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट बैदेशिक रोजगार विभाग हुँदै  बैदेशिक रोजगार न्यायाधिकरणमा पुगेको मुद्दाका क्रममा ५८ लाख धरौटी माग गरिएपछि धरौटी बुझाउन नसक्दा अस्पराका पति छत्रबहादुर  २०७१ माघदेखि भद्र कारागारमा थुनामा राखिएका छन् । न्यायाधिकरणका रजिस्ट्रार केदार पौडेल र नायव सुब्वाहरु रामशरण आचार्य र नारायणप्रसाद सेढाइले आफ्नो भाइ रमेश आचार्यसँग ५५ हजार लिएको भन्दै सो रकम फिर्ता गराई उनीहरुमाथि कारबाही गर्न पनि अप्सराले माग गरेकी छन् । श्रीमानको मुद्दा मामिलाको क्रममा मालपोतमा जग्गा कारोबारका क्रममा अप्सरासँग घुस लिँदै गर्दा नापी कार्यालय धादिङका कर्मचारी लेखनाथ बुर्लाकोटीलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो । न्याय खोज्ने क्रममा न्यायदिने न्यायधिकरणदेखि र जनताको सेवा गर्ने प्रहरीसमेत भ्रष्टाचारमा लिप्त भएको भन्दै न्याय खोज्दै सर्वोच्च पुगेको अप्सराले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: