Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

चर्चामा पाल्पाको ऐतिहासिक बल्ढेङगढी

कमल रायमाझी बल्ढेङगढी । पाल्पाको ऐतिहासिक गढीको रुपमा परिचित बल्ढेङगढीले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चा पाएको छ । चौधौं सताव्दीमा राजा बलिहाङले स्थापना गरेको मगर राज्यको उद्गम स्थलका कारण चर्चामा आएका बल्ढेङगढी प्राचिनकालिन दरवारको अवशेष,कलात्मक कटकिल्ला र यहा बाट देखीने मनोरम दृष्यले राष्ट्रिय तहमा परिचित हुदै आएको छ । \"balldhengadi-600\" अन्तराष्ट्रिय क्षेत्रमा समेत यसले अहिले चर्चा पाउन थालेको छ । लुम्बिनीमा शान्ति शहरको परिकल्पनाकार कोरियन नागरिक प्रो.क्वाकले बल्ढेङगढीको अनुसन्धात्मक भ्रमण गरेपछि यसको चर्चा अन्तराष्ट्रिय क्षेत्रमा समेत पुगेको हो । विभिन्न शहर र धार्मिक क्षेत्रको योजनाकार प्रो.क्वाकले यो ठाउलाई विश्वको स्वर्गको शिखर भन्दै यहाको गरिमाको वयान समेत गरेका छन् । उनले भनेका छन्,‘संसारमा कुनै ठाउ छ ।जहा वाट संसारको सुन्दरक्षेत्र हिमाल र विश्वको शान्तिक्षेत्र लुम्बिनी देखिन्छ भने त्यो एकमात्र स्थान हो बल्ढेङगढी ।’ एकातिर हेर्दा तराईको समतल भुमी देखिन्छ, अर्को तिर हेर्दा सेतै हिम शिरिङखला आखै अगाडी उभिएको पाइन्छ बल्ढेङगढी बाट । यो ठाउको अहिले चर्चा र परिचर्चा निकै हुने गरेको छ ।\"DSCN0581-600\" राष्ट्रिय तहमा यसको आफ्नै इतिहास रहेको जानाकारहरु बताउछन् ।इतिहासकार राजाराम सुबेदीलेको अनुसन्धात्मक लेखमा मगर राजा बलिहाङ रानामगरले स्थापना गरेको यो राज्य १४ औ सताव्दीमा स्थापना भै १६ औ सताव्दीमा अन्त्य भएको हो । बाह्रमगरात लाई एकिकरण गरि बलिहाङगढी राज्यको अन्तिम राजा भने रनबिर राना मगर रहेको पाइन्छ । अन्तिम राजा रनबिर रानामगरलाई बलिहाङगढी पछि स्थापना भएका अन्य राज्यहरु मुसीकोट, अर्घा, पाल्पा, खाची, धुर्कोट, इस्मा र गुल्मी राज्यहरुले एकै पटक आक्रमण गरि १६ औ सताव्दीमा अन्त्य गराएको समेत सुबेदीको कितावमा भेटिन्छ । यो ठाउमा राजाको पाला देखी चलिआएको कुवारीदेवीको मन्दिरमा भव्य रुपमा सयौ दर्शानार्थीहरु बैसाके पुर्णीमा, असारे पुर्णीमा, दशैको पुर्णीमा, मंसीरे न्यागीमा पुजाआजा गर्न आउने स्थानिय शेखर रास्कोटी बताउछन् । गढीको तल पटि राजाले स्थापना गरेको र पछि स्थानिय नरवहादुरले सर्बसाधरणलाई पुजाआजाका लागी सुरुवात गरेको कालिको मन्दिर पनि रहेको छ । यी दुई मन्दिरको महत्वका कारण स्थानियहरु यहाको गरिमा बुझ्दछन् भने आन्तरिक पर्यटकहरु गढीको भग्नाशेष रहेको दरवार, गढी वरिपरीको मनोरम दृष्य, यहाको रानी वन हेर्न यहा पुग्ने गर्दछन् । यो गढीको तल पट् गुफा समेत रहेको छ । गुफामा अझ सम्म कोहि पनि छिरेका छैनन् । स्थानिय महिला नेतृ तुला रास्कोटीकाले प्राकृतीक सुन्दरता र ऐतिहासीक महत्व बोकेको बल्ढेङगढीलाई राज्यको तह वाट अझ सम्म कुनै किसिमको खोज अनुसन्धान हुन नसकेको जनाइन् । उनले भनिन,‘वाहिर बाट हेर्दा सबैले वाइवाई गर्दछन् ।गढीमा आउने र यसको महत्व सवैले छ भने पनि यसको अनुसन्धान र उत्खननमा चासो राख्दैनन् । प्रो.क्वाकले भने यो ठाउको महत्व ऐतिहासीक गढीका कारण नभई प्राकृती सुन्दरता र हिमाल लुम्बिनी देखिने एउटा मात्र दुर्लभक्षेत्र बल्ढेङगढी भएकाले यहा पुगेको बताउछन् । यो गढी वाट रातिको समयमा गोरखपुरमा रेल हिडेको समेत सहजै देख्न सकिन्छ भने हिमालका धौलागिरि देखी माछापुच्छरे सम्म एकै ठाउमा वसी हेर्न पाइन्छ । \"12-600\" प्रचार प्रसार र विकासको हिसावले पछाडी परेको यो ठाउ पाल्पा जिल्लाको विगट गाउको रुपमा परिभाषित भएको छ । यहा खानेपानीको ,विद्युत र अस्पताल पुगेको छैनन् । यहाका स्थानिय हरुले रातिको समयमा गढी वाट तराईमा वल्ने विजुली हेर्छन भने दिउसोमा महेन्द्र राजमार्गमा हिडने मोटरहरु हेरेर विकासको अनुभव गर्ने गरेको स्थानिय हरि वहादुर रायमाझीले वताउछन् । अहिले गाउलेहरुले आफै खनेर कच्ची मोटर वाटो यहा पुराएका छन् भने अलि सम्पन्न परिवारले सोलार वाट वत्ती वाल्दछन् । रुपन्देहीको सालझण्डी देखी १६ किलोमिटर कच्ची मोटर वाटो वाट पुगिने यो ठाउमा पाल्पाको सदरमुकाम देखी देखी ५० किलोमिटर मोटर वाटो वाट यहा पुगिन्छ । सडकको राम्रो व्यवस्था भए यो ठाउ पर्यटक गन्तव्य हुने देखिन्छ । आन्तरिक पर्यटक र भारतिय लगायत अन्य देशका पर्यटक यहाको मनोरम सुन्दरताको स्वाद लिन यहा पुग्ने जानाकारहरु वताउछन् । अहिले यो ठाउको विकासको लागी भन्दै प्रो.क्वाकको योजना अनुसार अङकुर नेपालका केन्द्रिय अध्यक्ष गंभिर गुरुङको पहलमा स्थानिय सरोकार समितिहरु समेत वनाई विकास गर्ने योजना अगाडी वढाइएको छ । यहा क्वाक फाउन्डेसन बलिहाङगढी क्षेत्र बिकास समिति अन्तरगत प्रत्यक समितिमा ८ जना रहेको कार्यसमिति,सल्लाहकार समिति, राजनिति समिति, सरोकारवाला समिति र महिला समिति समेत वनाइएको छ । प्रो.क्वाकको व्यक्तिगतरुपमा ९ लाख सहयोग प्राप्त भै खानेपानीको काम समेतअगाडी वढिरहेको छ । खानेपानीमा टयाङकी र अन्य काम पुरा भएपनि नेपाल सरकारको तर्फ बाट सोलारपावरमा दिने अनुदानमा ढिलाई हुदा समयमानै काम सम्पन्नगर्न नसकीएको स्थानियहरु बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending