Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डोलेश्वर मन्दिर पुननिर्माणका लागि १ करोड बजेट विनियोजन

भक्तपुर ।  केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना निर्माणका लागि नागरिक तथा पर्यटन मन्त्रालयले १ करोड बजेट छुट्याएको छ । कृष्णगोपाल श्रेष्ठका सपरिवारले मूलमन्दिर पुनर्निर्माणका लागि पाँच करोड एक सय एघार रुपैयाँ प्रदान गरिएकोमा पहिलो किस्ता स्वरुप १ करोड ५० लाख एक सय एघार रुपैयाँ प्रदान गरिसकेका छन् । मन्दिर पुनर्निर्माणको सम्पूर्ण लगानी ब्यहोर्ने गरी श्रेष्ठले सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । \"IMG_9815केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको सातौ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल सरकारले मन्दिरको गुरुयोजना पूरा गर्न उक्त बजेट विनियोजन गरिएको बताए । मन्त्री पोखरेलले पर्यटक डोलेश्वर भित्र्याउनको लागि सक्दो पहल गर्नुपर्नेमा जोड दिदै पर्यटन प्रवद्र्धनको लागि डोलेश्वर महत्वपूर्ण स्थान हुने बताए मन्त्री पोखरेलले देशको पर्यटन प्रवद्र्धनमा आफूले विभिन्न योजना सारेर अगाडि बढेको बताउँदै सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । पुर्व उद्योगमन्त्री महेश बस्नेतले डोलेश्वर गुरुयोजना पूरा गर्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिर्दै धेरै तीर्थ स्थल जिल्लामा रहेको अवस्थामा धार्मिक पर्यटकलाई विकास गराउन लागि मन्त्रालयस्तरबाट छलफल भइरहेको जानकारी दिए । डोलेश्वर, अनन्तलिंगेश्वर मन्दिरलाई धार्मिक पर्यटकको केन्द्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिदै उनले सरकारले अनन्तलिंगेश्वर र डोलेश्वर मन्दिर पुननिर्माणका लागि १÷१ करोड बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गरे । उनले मन्दिरको आकषर््ाण पछिल्लो समय बढ्दै गएको बताउँदै भक्तपुरको विकासको लागि सबै क्षेत्रबाट आफूले सक्दो पहल गरिरहेको बताए । सांसद केदार सञ्जेलले गुरुयोजना चाँडै कार्यान्वयन गरी डोलेश्वरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए । समितिका कोषाध्यक्ष विश्वराम थापाका अनुसार मन्दिर पुर्ननिर्माणका लागि धेरै दाताहरुले इच्छा ब्यक्त गरिरहेको छन् । गत आर्थिक वर्षसम्म करिब भक्तजनहरुबाट मात्र ९८ लाख २२ हजार रुपैयाँ संकलन भएको थापाले जानकारी दिए । मन्दिरको लागि गुरुयोजना निर्माणका लागि ५५ करोड लाग्ने अनुमान गरिएको छ । त्यस्तै, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माणका लागि ५ करोड लाग्ने अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: