Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

संयन्त्रलाई संसद्माबाट बैधानिकता दिने तीन दलको निर्णय

काठमाडौं । आज बिहान प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु र कार्यदलको संयुक्त बैठकमा सीमांकनको विवाद मिलाउन बन्ने राजनीतिक संयन्त्रलाई संसद्माबाट बैधानिकता दिने निर्णय गरेको छ । आन्दोलनरत मधेसी मोर्चाले प्रमुख दलबाट गठित राजनीतिक संयन्त्र र त्यसको कार्यक्षेत्रबारेमा प्रश्न उठाएपछि तीन दलको बैठकले संसद्बाट संयन्त्रलाई बैधानिकता दिने निचोड निकालेको हो । \"3 ‘राजनीतिक संयन्त्रलाई बैधानिकता दिन संसद्मा लैजाने सहमति भएको बताउदै एमाले नेता तथा कानुन मन्त्री अग्नि खरेलले भने ‘मधेसी दलले उठाएको सीमांकनको मुद्दालाई टुंगोमा र्पुयाउन पनि आजको बैठकमा कुराकानी भएको छ ।’ बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याएरै माघ ५ मा संविधान संशोधन विधेयक पारित गराउने सहमति गरेको कांग्रेसका उपसभापति रामचन्द्र पौडलले जानकारी दिए । पाँच महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न तीन दलले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेपनि त्यसको बैधानिकता र कार्यक्षेत्रबारेमा मोर्चाले प्रश्न उठाउँदै आएको छ । राजनीतिक संयन्त्रलाई संसद्बाट बैधानिकता दिने निर्णयपछि मधेसी दलहरु सहमतिमा आउने कुरामा तीन दल विश्वस्त देखिएका छन् । ’मधेसी मोर्चाको हस्ताक्षरसहितको संविधान संशोधन विधेयक पारित गराउनेछौं’, एमालेका वरिष्ठ नेता झलनाथ खनालले भने ’कार्यदललाई पनि संसद्मा लगेपछि अब विवादको विषय बाँकी छैन ।’ उनीहरुले चार गतेसम्ममा मधेसी मोर्चासँगको वार्तालाई निचोडमा र्पुयाएर पाँच गते संविधान संशोधन विधेयक पारित गराउने सहमति गरेका छन् । तीन दल र मधेसी दलको कार्यदलस्तरीय बैठकमा एमालेका उपाध्यक्ष भीम रावलले सीमांकनको विवादलाई राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र टुंग्याउन गरेको प्रस्तावमा मधेसी मोर्चा सकारात्मक भएपछि वार्ता निचोडमा पुग्न लागेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending