Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

पुननिर्माण महाअभियानको उद्घाटन गरिँदै, काम सुरु तीन महिनापछि

\"earthquake-restructure-office\" काठमाडौं । वैशाख १२ को विनाशकारी महाभूकम्पपछिको पुनर्निर्माणको महाअभियान शनिवारबाट शुरु गरिने भएको छ । भूकम्पले क्षति पु¥याएको राजधानी काठमाडौंबाट पुनर्निर्माण अभियानको प्रारम्भ गरिने भएको छ । काठमाडौंको रानीपोखरी र ललितपुरको बङ्मतिबाट अभियानको प्रारम्भ गरिने भएको छ । पुनर्निर्माण महाअभियानको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । रानीपोखरीमा राष्ट्रपति भण्डारीले अभियानको उद्घाटन गर्ने र बुङ्मतिमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । माघ २ गतेको भूकम्प सुरक्षा दिवसको अवसर पारेर पुनर्निर्माण अभियानको शुभारम्भ गर्न लागिएको हो । १९९० सालमा माघ २ गते नै भूकम्प गएकोले आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको छ । राष्ट्रपति भण्डारीले अहिले ११ बजेर ५६ मिनेट जाँदा रानीपोखरीमा अभियानको शुभारम्भ गरेकी छन् ।  वैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा भूकम्प गएको समय पारेर उद्घाटन गरिएको हो । यस्तै, प्रधानमन्त्री ओलीले भने १९९० सालको भूकम्पको समय पारेर दिउँसो २ बजेर २४ मिनेटमा बुङमतिमा अभियानको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले पुनर्निर्माण अभियानको आजको महत्वपूर्ण दिन पारेर उद्घाटन गर्न लागे पनि पुनर्निर्माणको काम भने तीन महिनापछि मात्रै शुरु गरिने भएको छ । वैशाख १२ मा शक्तिशाली भूकम्प गएकाले वैशाख १२ गतेसम्ममा सवै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अभियान थालिसक्ने प्राधिकरणको योजना छ । प्रारम्भक चरणमा भूकम्पबाट प्रभावित १४ जिल्लामा तथ्यांक संकलन गरिने भएको छ । इन्जिनियरसहितको टोलीले तथ्यांक संकलन गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । पुनर्निर्माणका लागिस्थानीय तहमा उपलब्ध निर्माणकर्मी, स्थानीय इच्छुक व्यक्ति र भूकम्प प्रभावित क्षेत्रबाहिर रहेका निर्माणकर्मीलाई तालिम प्रदान गरिनेछ । भूकम्पले भत्किएका घर तथा संरचनाहरुको पुनर्निर्माणका लागि गुणस्तर र मापदण्ड भए नभएको अनुगमनका लागि भूकम्प अतिप्रभावित सात ठाउँमा प्राधिकरणको उपक्षेत्रीय कार्यालय समेत खडा गरिने बताइएको छ । भूकम्प प्रभावित जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद गठन गरिने प्राधिरकणले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending