Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यसकारण हटाईयो फुटसलको प्रतिबन्ध

काठमाडौं । प्रहरीले काठमाडौंका सबै फुटसलहरु बन्द गराएको २४ घण्टा नबित्दै सञ्चालन गरिएको छ । शारीरिक तन्दुरुस्तीका लागि फुटसल खोलिए पनिलागू अाैषध प्रयाेगकर्ताकाे अखडा बनेकाे भन्दै अनिश्चितकालका लागि भन्दै प्रहरीले विहीबारदेखि फूटसलमा प्रतिबन्ध लगाएकाे थियाे । तर व्यवसायीहरूले भने ब्यवसाय मर्यादित बनाउने प्रतिबद्धतापछि प्रहरीले एकैदिनपछि फुटसल सञ्चालनमा लगाएकाे प्रतिबन्ध फुकुवा गरेकाे हाे । विश्वमा वर्षौं पुरानो भैसकेको फुटसल नेपालमा भने करिब ४ वर्ष अगाडिमात्रै भित्रिएको हो । फुटबलको गतिलो विकास हुन नसकिरहेका बेला पछिल्लो समय राजधानीमा फुटबलजस्तै शैलीको, सानो मैदानमा खेलिने फुटसल खेल टोल टोलमा घुसेको छ । चार वर्ष नपुग्दै काठमाडौंमा मात्र करिब ५१ वटा फटसलहरु खुलेका छन् । फुटबलजस्तै खेल भएकाले सुरुका दिन फुटबल प्रेमीहरुका लागि आकर्षकको केन्द्र बनिरहेको फुटसलमा पछिल्लो समय विकृति भित्रिएको बन्दै बिहीबार प्रहरीले काठमाडौंका फुटसलहरु बन्द गराएको थियाे । \"footsal\" शुक्रबार नै फेरि फुटसल सञ्चालन गर्न दिने गरी फुकुवा गरिएको छ । काठमाडौंका कतिपय फुटसलहरुले खेलाडीभन्दा विकृति उत्पादन गरिरहेको गुनासो बढ्न थालेपछि नियमन गराउन खोजेको हो, प्रहरीले बन्द गर्न नखोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । एसएसपी थापाले भने ‘कलेज तथा स्कुल हिँडेको विद्यार्थी फुटसल खेल्ने ठाउँमा पुगेको गुनासो आउन थाल्यो, कलेजमा तिर्न पठाएको पैसा फुटसलमा सिध्याएको गुनासो अविभावकले गरे ।’ कतिपय फुटसलहरुमा मादक पदार्थ, गाँजादेखि लिएर चक्कुसमेत भेटिएपछि यसलाई नियम गर्नुपर्ने देखिएको उनले बताए । फुटसललाई सधैंका लागि नभएर केही दिनका मात्रै लागि बन्द गरिएको एसएसपी थापाले स्पष्ट पारे । काठमाडौं प्रहरी र जिल्ला प्रशासन कार्यालयले काठमाडौंका सबै फुटसल व्यवसायीहरुबिचको छलफलमा व्यवसायीहरुले फुटसल बन्द गरेर प्रहरीले आफ्नो व्यवसाय नै धरापमा पार्न खोजेको आरोप त्यहाँ लगाए । तर, प्रहरी र जिल्ला प्रशासनले भने व्यवसायका नाममा हुने विकृति रोक्न प्रशासनले कदन चालेकाले नियम बनाएर नियमको दायरामा ल्याउन खोजिएको भन्दै व्यवसायीहरुको प्रतिवाद गरे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले खेल र शारीरिक तन्दुरुस्तीका लागि फुटसल खोलेको हो भने त्यसको सामान्य माप्दण्ड पूरा गर्नुपर्ने भन्दै व्यवसाय मर्या्दित बनाउन आग्रह गरे । व्यवसायीहरुका अनुसार एउटा फुटसल खोल्न कम्तिमा एक करोड लगानी गर्नुपर्छ । अलि व्यवस्थित गराउनेहरुले योभन्दा बढी पनि लगानी गरेका छन् । त्यो हिसाबले काठमाडौंमा खुलेका फुटसलहरुमा १ अर्ब २० करोड लगानी भएको व्यवसायी बताउँछन् । यति ठूलो लगानी भएको व्यवसाय कुनै जानकारीविना बन्द गराउनु गलत भएको भन्दै सिडियो र प्रहरीसँग व्यवसायीले गुनासो गदैँ फुटसलमा कतिपय खेलाडीहरु नै आउने र कतिपय विद्यालयहरुले नै विद्यार्थीहरु ल्याउने गरेको भन्दै यसलाई विकृति नमान्न व्यवसायीले आग्रह गरे । उनीहरुले पनि यदि कुनै फुटसलभित्र गलत गतिविधि हुन्छ भने त्यसलाई नियमन गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न आफूहरु पनि तयार रहेको बताए । यो पनि पढ्नुस्  जुवा खेल्न छुट, फुटसल खेल्न प्रतिबन्ध !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: