Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रत्नपार्कमा चहल पहलको कमि

काठमाडौं । पुनःनिर्माणका लागि करिब एक वर्ष बन्द गरिएको काठमाडौंको रत्नपाक आज देखि खुलेको छ । पछिल्लो समायमा रत्नपार्कको नयाँ स्वरुप र साजसज्जाका कारण मानिसको आगमनमा उल्लेख्य वृद्धि भएको थियो । रत्नपार्क व्यवस्थापन इकाई समितिका सहायक प्रमुख उमेश भण्डारले भारतको नाकाबन्दीका कारण इन्धन अभाव लगायतका समस्या भएपछि अहिले रत्नपार्कमा मानिसको चहलपहल घटेकोे बताए । नाकाबन्दी अघिसम्म दैनिक नौ सयको हाराहारीमा अवलोकनकर्ता आउनेमा अहिले घटेर पाँच सय पनि नपुग्ने दाबी गर्दै भडारीले पहिले दैनिक रु २५ हजारसम्म टिकटबाट रकम सङ्कलन हुने गरेकोमा अहिले घटेर रु १२ हजार पुगेको तथ्याङ्क जानकारी ग\"ratnapark-620x320\"राए । रत्नपार्कमा विद्यार्थी र सर्वसाधारण गरी दुई प्रकारका टिकट लिन सकिन्छ । विद्यार्थीका लागि रु १५ र सर्वसाधारणका लागि रु २५ को टिकट लिनुपर्ने ब्यबस्था छ । नाकाबन्दीको असरपछि अवलोकनकर्ताको सङ्ख्यामा वृद्धि हुन नसकेको बताउँदै भण्डारीले भने–‘अहिले चिसोका कारण पनि मानिस कम आउन थालेका हुन् । रत्नपार्क खुल्ने वित्तिकै यसको नयाँ स्वरुप हेर्नका लागि आउनेको सङ्ख्या निकै भए पनि अहिले निकै कम छ ।’ नयाँ स्वरुपमा रत्नपार्क खुलेको समयमा त्यहाँ फोटो खिच्न, घाम ताप्न अनि भेटघाटका लागि गन्तव्य बनाउनेको सङ्ख्या राम्रै थियो–उनले भने । पछिल्लो समय यही वर्षको असार १५ गतेबाट खुलेको रत्नपार्कमा शनिवारका दिन आउने मानिसको सङ्ख्यामा निकै वृद्धि हुने गरेको थियो । समितिका अनुसार शनिबार प्रायले भेट्ने थलोको रुपमा रत्नपार्कलाई लिने भएको सो दिन रु ३० हजार भन्दा बढीको टिकट बिक्री हुने गर्दथ्यो । पुनःनिर्माण हुनुअघि व्यवस्थितरुपमा पार्क सञ्चालन नभएका कारण पार्क क्षेत्रमा अनैतिक क्रियाकलाप समेत हुने गरेको भनेर व्यापक जनगुनासो आउन थालेपछि समितिले यसलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याएको हो । त्यसअघि पार्क प्रवेशका लागि टिकटको व्यवस्था गरिएको थिएन । सडक विस्तारअघि ४३ रोपनीमा फैलिएको पार्क अहिले ४० देखि ४२ रोपनीमा सिमित छ । समितिले पार्क अवलोकनका लागि आउनेलाई इन्टरनेटको सुविधा समेत दिने उद्देश्यले निःशुल्क वाइफाई सेवाका लागि ‘टेन्डर’ समेत आह्वान गरिसकेको छ । यसका साथै पार्क्भित्रै चमेनागृह, शौचालयलगायतका सेवा प्रदान गर्ने क्रममा रहेको समितिका सहायक प्रमुख भण्डारीले जानकारी दिए । ‘राजधानीको केन्द्रमा रहेको सो पार्कलाई व्यवस्थित र सुन्दर बनाई नमूना पार्क बनाउन सोहीअनुसारका कार्यक्रम तय भएको छ’–उनले भने । विसं २०६२÷६३ को आन्दोलनका क्रममा पार्क्भित्र राखिएको तत्कालीन बहामहारानी रत्नको सालिक समेत तोडफोड गरिएको थियो । पार्कको पुनःनिर्माणपछि रत्नको सालिक भने राखिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: