Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

फागुन १ मा सबै माओवादी एकता गर्ने अभियान चल्यो

\"5_maoist_2\"काठमाडौं । विभाजित हुँदै गएका माओवादी पार्टीहरुलाई फेरि एक ढिक्का बनाउने अभियान चलाउन थालिएको छ । मुलुकको आमूल परिवर्तका लागि एक ढिक्का भएर हतियार उठाएको माओवादी शान्ति प्रक्रियामा आएपछि विभाजित भइ कमजोर बनेको भन्दै सबै माओवादीबीच एकता गर्ने अभियान चलाइएको हो । विभिन्न माओवादीहरुमा आस्था राख्ने युवा नेता तथा सुभेच्छुकहरुले सबै माओवादीलाई फागुन १ गतेको ऐतिहासिक दिनमा एकता गराउने पहल स्वरुप अभियान चलाएका चलाएका छन् । माओवादी पार्टीहरुको एकता भएको देख्न चाहने नागरिकहरुको समूह भन्दै उनीहरुले सबै माओवादीका नेताहरुलाई भेट गरी एकताका लागि ध्यानाकर्षण गराएको अभियानका सदस्य दीपेन्द्र रोकायाले बताए । फागुन १ मै एकता गर्न मणि थापा तयार उक्त समूहले शुक्रबार क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी)का संयोजक मात्रिका यादवलाई भेट गरी एकताका लागि दबाब दिएका छन् । एकता दबाब अभियान टोलीसँगको भेटमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी पार्टीहरुको एकताको लागि आफु र आफ्नो पार्टी पुरै सहमत रहेको बताए । पार्टी फुटका विभिन्न पृष्ठभूमि रहेको र विगतका गल्ती कोट्याउनुभन्दा भविश्यका बारेमा सोच्न आवश्यक रहेको बताए । उनले फागुन १ को ऐतिहासिक दिनमा पार्टी एकता गर्न तयार रहेको बताए । उनले माओवादी पार्टीहरुबीच एकता गर्न अब ढिला गर्न नहुने उनले बताए ।  माओवादीलाई एक्ल्याउन देशी विदेशी शक्ति लागेको चर्चा गर्दै थापाले आफूहरु सबैले गरेका कमी कमजोरी महसुुस गरिसकेका बताए । एकतामा बाधक नभइ साधन बन्छुः मात्रिका टाेलीले शुक्रबार नै नेकपा (माओवादी) का संयोजक मातृका यादवलार्इ पनि भेट गरी दबाब दिएका छन् । काठमाडाै बाहिर रहेका यादवले पार्टी एकताका सम्बन्धमा आफू पुरै सहमत रहेको अाफूहरूलार्इ टेलिफाेनमा बताएकाे राेकायाले जानकारी दिए । पार्टी, क्रान्ति र नेपाली जनताको पक्षमा हुने एकतामा आफू बाधक नभइ साधन बन्ने यादवले बताए । माओवादी पार्टीहरुको एकता दबाब अभियान टोलीमा शान्ता श्रेष्ठ, प्रा.डा. गोपाल शिवाकाटी, दीपेन्द्र रोकाया, बोर्णबहादुर कार्की, रामचन्द्र हुमागाई, निलम प्रभा, ठक्कर शर्मा, देवकी तिमल्सिना, डा. अष्टमान किसी महर्जन, प्रा. अमन श्रेष्ठ, दीपकबहादुर बुढा लगायत छन् । उक्त नागरिक टोलीले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’  र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि भेट्ने कार्यक्रम रहेको रोकायाले बताए । दबाब अभियान टोलीले आउदो फागुन १ गते पार्टी एकता भएको देख्न पाइयोस् भन्दै नेतृत्वले देश, जनता र पार्टी कार्यकर्ताको मनोभावना बुझ्न पर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending