Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

तेल चाहियो ? ‘कफि सप’मा आउनुस्

\"petrolकाठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतले चार महिना भन्दा बढी समयदेखि गरेको नाकाबन्दीले नेपालमा चरम इन्धन संकट उत्पन्न भएपछि सीमावर्ती बजारमा इन्धनको कालो धन्दा फस्टाइरहेको छ । इन्धन आयात हुने मुख्य नाका रक्सौलबाट आपूर्ति सूचारु हुन नसक्दा मुलुकको मागअनुसारको इन्धन आइपुगेको छैन । इन्धन अभावका कारण नेपाल आयल निगमले अत्याश्यक तथा सार्वजनिक सवारी साधनलाई आलोपालो गरी तेल वितरण गर्दै आएको छ । निजी सवारी साधनलाई लटअनुसार एकाध पटक मात्रै तेल बाँडिएको छ । जसले गर्दा उपभोक्ताहरुले तस्कर र कालाबजारियाबाटै महंगोमा इन्धन खरिद गर्न बाध्य छन् । यहि मौकामा सीमावर्ती बजारमा मात्र होइन, राजधानीमै खुला रुपमा कालोबजारी भइरहेको छ । \"petrol माथिको तस्विरमा देखिएको माथिको दृष्य कहाँको होला ? तपाईँलाई लाग्न सक्छ, नेपालको कुनै सीमावर्ती बजारको हो । तर होइन, यो दृष्य काठमाडौंको थापाथलीको हो । थापाथलीस्थित नर्भिक तथा प्रसूति अस्पताल जाने बाटोको चोकैको कफि पसलमा यसरी तेल विक्री गरिँदै आएको छ । दिउँसै धमाधम चोकमा बसेर तेल बेचिरहँदा एक महिला ट्राफिक प्रहरी तमासे बनिरहेकी थिइन् । राजधानीकै मुख्य चोकमा सडकमा बसेर प्रहरीको छेउमा तेलको कालोबजारी भइरहेको दृष्य कैद गरिएपछि पनि उनीहरु निर्धक्क तेल बेचिरहेका थिए । उनीहरुले आफ्ना साथीभाइलाई मात्रै दिइएको स्वीकार गरेका उनीहरु कैद गरिएको तस्विर हटाउन धम्की दिए । ‘आयल निमगकै कर्मचारीले ठूलो परिमाणमा इन्धनको कालोब्यापारी भइरहेकोमा कहिँ समाचार आउँदैन’, तेल बेच्दै गरेका युवकले भने, ‘हामीले आफ्नै लागि ल्याएका हौं, कफि सप देखिने फोटो ‘डिलेट’ गर्नुस् ।’ \"petrolथापाथली चोकमा मात्रै होइन, मुलुक नै अहिले यसरी नै कालोबजारी र तस्करहरुबाट नै सञ्चालन भइरहेको छ । घर घरमा पाइपलाइनबाट ग्यास आउने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्रै लोडसेडिङ मुक्त गर्ने हावादारी भाषण गर्दै हिड्ने सरकारले बरु कालोबजारी नियन्त्रण गर्न पहल गर्ने कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending